म गणेशमानको बुहारी र प्रकाशमानको श्रीमती मात्र होइन: काठमाडौंकी मेयर उम्मेदवार सिंह
२० वैशाख २०७९
•
३ मिनेट पाठ
म गणेशमानको बुहारी र प्रकाशमानको श्रीमती मात्र होइन: काठमाडौंकी मेयर उम्मेदवार सिंह
नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिएकी सिर्जना सिंहले भ्रष्टाचारमुक्त र सुशासनयुक्त महानगर लक्ष्य लिएकी छिन्। कांग्रेसको मात्र नभई अहिले उनी सत्तारुढ गठबन्धनकै उम्मेदवार बनेकी छिन्। सिंहले नागरिकन्यूजसँग भनिन्, ‘मैले जिते भने स्वच्छ र सफा महानगरमा भ्रष्टाचारमुक्त र सुशासनयुक्त पद्धतीको थालनी हुनेछ।’ 




त्यसो त उनका सपना यत्तिकैमा सीमित छैनन्। उनले काठमाडौं महानगर विकासका सात संकल्प अघि सारेकी छिन्। ती संकल्पमध्येकै एउटा मुद्दाको व्याख्या गर्दै सिंह भन्छिन्, ‘मेयरमा निर्वाचित भएँ भने सुरुमा काठमाडौं सफा गर्छु। यहाँको फोहाेर व्यवस्थापन गर्छु।’

फोहोर व्यवस्थापन उनको पहिलो प्राथमिकता हो। त्यसका लागि उनले आफ्नो योजना सुनाउँदै भनिन्, ‘मेरो योजनामा जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा राखेकी छु। घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गर्न सकियो भने सयमा सय म्यानेजमेन्ट गरियो भने फोहोर जिरो हुनेछ।’

कांग्रेस नेतृ सिंहकै दृष्टिकोणमा उनीसँग अर्को महत्वपूर्ण एजेण्डा पनि छ। त्यो हो, काठमाडौं महानगरभित्रका बाटो र सडक पेटीहरु। उनी भन्छिन्, ‘बाटोघाटोका समस्याहरु पनि त्यत्तिकै छन्। ती समस्या समाधान गरेर हिँड्न योग्य सहर बनाउनेछु,’ प्रदूषणरहित सहर, ट्राफिक जाममुक्त सहर बनाउनेछु। जताततै खाल्डाखुल्डी रहेको सडक व्यवस्थापन गर्नतिर लाग्नेछु।’

सिंहले अघि सारेका संकल्पमा, ‘सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहर’ छन्। त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीलाई पनि उनले समेटेकी छिन्।

आफू महिला प्रतिनिधि भएकाले महिलाको पीडा देखेको र भोग्दै आएको भन्दै ती समस्या समाधानका लागि प्राथमिकता दिने उनले बताइन्। ‘एउटा महिला प्रतिनिधि भएकाले महिलाहरूको लागि विशेष योजना अघि सार्नेछु। काठमाडौंमा विभिन्न किसिमका महिलाहरू छन्। आर्थिक विपन्नता भएका महिलाहरू पनि छन्,’ उनले भनिन्, ‘विपन्न वर्गका महिलाहरूलाई लक्षित गरेर श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउनेछु। घरमा बस्ने महिलाको श्रमको कुनै सम्मान छैन। उनीहरूका लागि विशेष प्याकेज ल्याउनेछु।’

उनले पुरुष मेयरले गर्न नसकेका काम आफूले गरेर देखाउने बताएकी छन्। ‘२५औं वर्षदेखि पुरुष मेयरले काठमाडौं महानरलाई चलाउन नसकेर लथालिङ्ग बनाए, पुरुष मेयर धेरै हेर्‍यौं, महिला निर्वाचित भए परिवर्तन आउँछ भन्ने मेरो सोच हो’, सिंहले भनिन्, ‘अब महिलालाई पालो दिनुस म देखाउँछु महानगर कसरी चलाउने?’

गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवार नभएको सिंहको भनाइ छ। ‘मेरो आफ्नै राजनीतिक इतिहास छ। विद्यार्थीकालदेखि राजनीतिमा होमिएकी हुँ। विभिन्न राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निवाह गरेकी छु।’ राजनीतिमै ४५ वर्ष बिताएको उनले सुनाइन्।

‘म गणेशमान र मंगलादेवी सिंहको बुहारी, राजनीतिक परिवारबाट आएको शिक्षित महिला हुँ। बहुदलीय व्यवस्था ल्याउनका लागि हाम्रो परिवारको ठूलो योगदान थियो। रैतीलाई नागरिक बनाउन भनेर अग्रसर भएको परिवारको सदस्य हुँ,’ सिंहले भनिन्। देश परिवर्तनका लागि आफ्नो परिवारको भूमिका महत्वपूर्ण रहेको बताउँदै सिंहले मेयर पदका लागि आफू नै उपयुक्त भएको दाबी गरिन्। 

‘प्रधानमन्त्री बन्न आएको प्रस्ताव मेरो ससुराले त्याग्नुभएको थियो। सासुको सम्पूर्ण जीवन महिला हक अधिकारका लागि खर्च भएको थियो। मेरो परिवारले अहिलेसम्म देशको लागि केही नराम्रो काम गरेको छैन। देशका लागि अग्रपंत्तिमा रहेर योगदान गरेको परिवारको उम्मेदवार भएकाले सबैले मतदान गर्नुहुन्छ भन्ने लाग्छ।,’ उनले भनिन्।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
२५ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस