नेकपा एमालेको तर्फबाट धादिङको थाक्रे गाउँपालिका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य पार्टीको आधिकारिक उम्मेदवार बनेका छन्। एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीबाटै पत्र ल्याएर आफ्नो उम्मेदवारी सुनिश्चित गराएका हुन्।
अध्यक्ष पदमा एमालेबाटै दुई जनाको उम्मेदवारी परेपछि पार्टीको आधिकारिक को हुन् भन्नेमा अलमल थियो। आचार्यको नाममा ओलीले हस्ताक्षर गरेको आधिकारिक पत्र आएपछि अर्का उम्मेदवार कृष्ण पन्तको उम्मेदवारी रद्द भएको छ।
आचार्य र पन्त दुबै जनाले बलजफ्ती टिकट फुत्काएर मनोनयन दर्ता गराएका थिए। निर्वाचन आयोगको सफ्टवयरमा भने पन्तको नाम दर्ता भएको थियो। एउटै पार्टीबाट एउटै पदमा दुई जनाको नाम सफ्टवयरले नलिने भएकाले आचार्यको नाम हस्तलिखित रजिस्टरमा मात्रै थियो। अहिले पहिला मनोनयन दर्ता गराएर सफ्टवयरमा नाम चढेका पन्तलाई हटाएर पछि मनोनयन दर्ता गराएका आचार्यलाई एमालेले आधिकारिक पत्र पठाएको हो।
निर्वाचन अधिकृतको कार्यालय थाक्रेमा एमाले अध्यक्ष ओलीले नै हस्ताक्षर गरेको पत्र आएको छ। रामकुमार आचार्य पार्टीको आधिकारिक उम्मेदवार भएको पत्र आएको छ, निर्वाचन आयोगको निर्णय र पार्टीको आधिकारिक पत्र अनुसार कृष्ण पन्तको मनोनयन रद्द हुन्छ,’ थाक्रेका निर्वाचन अधिकृत महेन्द्र साखीले भने।
कुनै राजनीतिक दलबाट २ वटा मनोनयन परेको अवस्थामा सम्बन्धित पार्टीको आधिकारिक पत्रको आधारमा उम्मेदवार आधिकारिक बनाउने निर्वाचन आयोगले निर्णय गरेको छ। एमालेले पठाएको पत्र र आयोगको निर्णय अनुसार आचार्य एमालेको आधिकारिक उम्मेदवार बनेको साखीले बताए।
यहाँ पनि रोचक के छ भने, पन्तले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने बेला निर्वाचन अधिकृत महेन्द्र शाखीले एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेलाई सोधेका रहेछन्। टेलिफोन कुरा गर्दै तपाईको हस्ताक्षर भएको पत्रसहित कृष्ण पन्तको अध्यक्षमा मनोनयन आएको छ, यो हस्ताक्षर तपाईको आधिकारिक हो कि होइन? उहाँको मनोनयन दर्ता गर्न के गर्ने? भन्दा प्रदेश अध्यक्ष पाण्डेले ‘आधिकारिक हो गरिदिनुस्’ भनेका रहेछन्। निर्वाचन अधिकृत शाखी भन्छन्, ‘सुरुमा मैले हस्ताक्षर रुजु गर्ने क्रममा कृष्ण पन्तको नाम पनि सोधेकै थिएँ, हो भन्नुभएको थियो। तर पन्तले मनोनयन दर्ता गरेको हल्लाखल्ला भइसकेपछि एमाले बागमतीका अध्यक्ष पाण्डेले पार्टीको उम्मेदवार आचार्य भएको सुनाउनुभयो, त्यतिबेला पन्तको नाम सफ्टवयरमा चढिसकेको थियो।’
मनोनयन रद्द भएका पन्तले भने केन्द्रसम्म पावर भएकै कारण आफ्नो टिकट खोसिएको बताएका छन्। टिकट खोसिएपछि पन्तले थाक्रे गाउँपालिका कमिटीको अध्यक्षबाट राजीनामा दिएका छन्। ‘मेरो नाममा जिल्ला कमिटीले बकाइदा निर्णय गरेर टिकट लिएको हुँ, मनोनयन नै रद्द गराएपछि नैतिकताको आधारमा पदबाट राजीनामा दिए,’ पन्तले भने।
पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएपछि पन्तले स्वतन्त्र उम्मेदवार गोकर्ण रुपाखेतीलाई सहयोग गर्ने घोषणा गरेका छन्।
टिकट चोर आरोपित पनि आधिकारिक
टिकट चोरेर मनोनयन दर्ता गरेको आरोप लागेका नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार राजन बराइली पनि पार्टीको आधिकारिक उम्मेदवार बनेका छन्।
बराइलीले पनि नेपाली कांग्रेस बागमती प्रदेश कोषाध्यक्ष दिर्घमान श्रेष्ठबाट पत्र लिएर पार्टीबाटै उम्मेदवारी कायम राखेका हुन्। निर्वाचन आयोगमा कांग्रेसको तर्फबाट आधिकारिक हस्ताक्षर श्रेष्ठको नै थियो। बराइली आधिकारिक बनेपछि कांग्रेसले यसअघि आधिकारिक भन्दै आएको रामहरि लम्सालको मनोनयन रद्द भएको छ।
थाक्रे गाउँपालिका अध्यक्षका उम्मेदवार र नीलकण्ठ–९ का वडाध्यक्षका उम्मेदवारको विषयमा निर्वाचन आयोगले आधिकारिक पत्र दिन दुबै पार्टीलाई पत्र पठाएबमोजिम नै पार्टीले आधिकारिक पत्र पठाएका हुन्। राजनीतिक पावरकै भरमा आधिकारिकता पाएको भन्दै समर्थकहरुले असन्तुष्टी जनाएका छन्।