स्थानीय तह निर्वाचन: दैला-दैलामा दल
१४ वैशाख २०७९
•
५ मिनेट पाठ
स्थानीय तह निर्वाचन: दैला-दैलामा दल
इलाम नगरपालिका–११, सोयाकमा १०२ वर्षीया वृद्धासँग भोट माग्दै इलाम नगरपालिकाको मेयरका एमाले उम्मेदवार धीरेन चेम्जोङ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट इलाम नगरपालिकाको मेयर उम्मेदवार बनेका धीरेन चेम्जोङ बुधबार बिहान वडा ११ की १०२ वर्षीया धनमाया नेम्बाङलाई भेट्न उनको घरमै पुगे। सिकुवामा सुतिरहेकी वृद्धा धनमायासँग ओछ्यानमै पुगेर चोम्जोङले आफूलाई जिताइदिन ‘आशीर्वाद’ मागे।




चेम्जोङले आफ्नो दल र आफूले चुनावपछि वृद्धवृद्धालाई दिने सुविधाबारे वृद्धालाई सुनाए। विश्वास दिलाउने प्रयास गरे। शारीरिक अशक्तता भएपनि वृद्धा नेम्बाङले चेम्जोङलाई टाउकामा हात राखेर ‘आशीर्वाद’ दिइन्। चेम्जोङ खुसी भए र फर्किए। चेम्जोङ अघिल्लो दिन पनि वडा ४ का मतदाताको घर–घर पुगेका थिए। उनी बुधबार वडा ११ मा चुनावी अभियान सकेर वडा २ पुग्दैछन्।

यही नगरपालिकाको मेयरका अर्का उम्मेदवार केदार थापा बुधबार वडा १, साखेजुङ पुगे। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थापा मनोनयन दर्ता गरेपछि वडा २ का मतदाताको घर–घर गएका थिए। नेपाली काङ्ग्रेसका नेता थापाले मतदातालाई आफूले नगरका लागि ल्याएका नयाँ योजना सुनाए। आफू मेयर भएपछि नागरिकले विकास र परिवर्तनको आभाष पाउने बताइदिए।

सूर्याेदय नगरपालिकाका निवर्तमान मेयर तथा नयाँ मेयरका उम्मेदवार रणबहादुर राई करिब ३ महिनायता चुनावी दौडजस्तै अभियानमा छन्। नेकपा (एमाले)बाट छुट्टिएको नेकपा (एकीकृत समाजवादी)मा लागेपछि उनी पार्टी विस्तार गर्दै वडा–वडा घुमिरहेकै थिए, अब उनको घुमाइ भोट माग्ने अभियानमा परिणत भएको छ। आउँदो स्थानीय तहमा गठबन्धनको तर्फबाट पुनः मेयरकै उम्मेदवार बनेपछि उनलाई एकै घन्टा फुर्सद छैन। ‘अहिले म जनतासँगै छु, हामीलाई जनताले जिताउनुहुन्छ भन्ने विश्वास पलाइसकेको छ,’ उनले भने, ‘अघिल्लो कार्यकालमा गरेका सयौं उदाहरणीय काम पूरा गर्न पनि अबको एक कार्यकाल पुनः मलाई जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास भएको छ।’

सूर्याेदय नगरमै एमालेबाट मेयरको उम्मेदवार बनेका काजीमान कागते सामान्यतः अरूबेलै पनि घर बस्दैनथे। १ नम्बर प्रदेशसभा सदस्य भएका बेला पनि उनी प्रायः सूर्याेदय नगरपालिकाकै चिया किसानका घर–घरमा भेटिन्थे। अत्यन्त सामान्य जीवनशैलीमा रमाउने कागते प्रदेशसभा सदस्यबाट राजीनामा दिएर अहिले मेयरमा विजयी हुन लागिपरेका छन्। ‘मेरो जीवन नै जनताको घरमा बितेको छ,’ उनी भन्छन्, ‘जित सुनिश्चित नै भएपनि सबै मतदाताले मलाई देखून् भनेर सकेसम्म धेरै ठाउँ घुम्दैछु। म जति नै ठूलो भनिएको पदमा पुगेपनि मेरा छिमेकी, साथीभाइ र शुभेच्छुकबाट टाढा रहनै सक्दिनँ। सांसद् भएर पनि मलाई पार्टीले पुनः गाउँ फर्केर नागरिकको सेवा गर्न अह«ाएकाले यता आएको हुँ।’

स्थानीय तह निर्वाचन आउन अब करिब २ सातामात्र बाँकी छ। वैशाख ११ र १२ मा उम्मेदवारको मनोनयन दर्ता भएपछि दलहरू, तिनका उम्मेदवार, नेता–कार्यकर्ता र कतिपय मतदाता अहिले भोट माग्दै मतदाताको घर–घर पुगिरहेका छन्। उनीहरूले मतदातालाई आफ्नो पक्षमा पार्न सबैखाले प्रयास गरिरहेका छन्। वृद्धवृद्धादेखि बालबालिकासम्मलाई भेटेर मत माग्न व्यस्ता छन् उनीहरू। ‘मतदातालाई उम्मेदवार चिनाउन र उनीहरूको विश्वास जित्न पनि एकपटक भेट्नु राम्रो हुनेरहेछ,’ इलाम नगरको मेयरका उम्मेदवार थापा भन्छन्, ‘मनोनयनपछि मतदाताका घरसम्म जाँदैछौं।’

अहिले इलाम र सूर्याेदय नगरपालिकामात्र होइन, जिल्लाका ४ वटै नगर र ६ गाउँपालिकामै चुनावी रौनक छाइसकेको छ। दलबाट उम्मेदवारी दिएका र स्वतन्त्र उम्मेदवार मतदाता रिझाउन उनीहरूको घरका दैला–दैलामा पुग्दैछन्। उम्मेदवारहरू सामूहिक रूपमा र एक–दुई जना व्यक्तिगत हिसाबले समेत मतदातासम्म पुगिरहेका छन्। इलामसहित सूर्याेदय, देउमाई र माई नगर, माइजोगमाई, फाकफोकथुम, रोङ, चुलाचुली, माङ्सेबुङ र सन्दकपुर गाउँपालिकाका उम्मेदवार अहिले चुनावी घरदैलोमा जुटेका छन्।  

विभिन्न अन्योलबीच स्थानीय तहको निर्वाचन हुने पक्का भएपछि मतदातासमेत निर्वाचनप्रति आकर्षित हुँदैछन्। ‘नेपालका राजनीतिक दल र तिनको नेताको व्यवहार देख्दा समयमै निर्वाचन होला कि नहोलाजस्तो अन्योल थियो,’ चुलाचुली गाउँपालिकाका मतदाता ७६ वर्षे डम्बरध्वज लिम्बूले सुनाए, ‘उम्मेदवारहरू घर–घर आएको देख्दा अब चाहिँ चुनाव हुने रहेछ भन्ने लागेको छ।’  

स्थानीय तह निर्वाचनमा जिल्लाका १० पालिका र ८१ वडामा गरी ४ सय २५ जना निर्वाचित हुन्छन्। आफूले जित्ने दाबीसहित यी पदका लागि १ हजार ४ सय ५६ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उम्मेदवारहरू अहिले जिल्लादेखि स्थानीय तह र वडासम्मका पार्टीका इकाई प्रयोग गरी निर्वाचनमा जुटेका हुन्। काङ्ग्रेस इलामका सचिव पूर्णप्रसाद गौतमले सबै तहका पार्टी समिति चुनावी प्रचारमा होमिएको बताए। ‘गठबन्धन भएका ठाउँमा गठबन्धनबाटै र नभएका ठाउँमा पार्टी आफ्नै हिसाबले प्रचारप्रसार र चुनावी अभियानमा छौं,’ उनले भने, ‘उम्मेदवारसहित सिंगो समिति अहिले गाउँमै खटिएको छ।’

नेकपा (एमाले) जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख रवीन्द्र सुवेदीले पार्टीका सबै तहका कमिटी र उम्मेदवार यतिबेला गाउँ र टोल–टोलमा पुगेको बताए। ‘हाम्रा उम्मेदवारलाई जिताउन, पार्टीका अवधारणा मतदातासम्म लैजान पार्टीका नेता–कार्यकर्ता र उम्मेदवार सबै क्रियाशील भएका छौं,’ उनले भने।

गठबन्धन भएको ठाउँमा र नभएपनि पार्टीबाट उम्मेदवारी परेका ठाउँमा नेकपा (माओवादी केन्द्र)सहित अन्य दलहरू पनि चुनावी प्रचारमा छन्। गठबन्धन भएकामा संयुक्त र नभएका ठाउँमा पार्टीका नेता–कार्यकर्ता र उम्मेदवार मतदातासम्म पुगिरहेको माओवादी इलामका जिल्ला समन्वय कमिटी प्रमुख विजय राईले जानकारी दिए। ‘अहिले हाम्रो पार्टी मतदातासम्म पुगेर उहाँहरूको विश्वास आर्जन गर्ने प्रयास भइरहेको छ,’ राईले भने, ‘उम्मेदवारहरू मतदाताका घर–घरमै पुग्दैछन्, हामी पुग्दैछौ।’  

स्थानीय तह निर्वाचनमा इलाममा १७ दलले चुनाव चिह्न पाउने छन्। अहिले उम्मेदवारी दिएका सबै दलका नेता–कार्यकर्ता र उम्मेदवार चुनावी अभियानमा जुटिसकेका छन्। निर्वाचन कार्यालयका अनुसार एमाले, काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी मान्यताप्राप्त राष्ट्रिय दल हुन्।  

यीसहित इलाममा मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मौलिक जरोकिलो पार्टी, किरात खम्बुवान साझा पार्टी, उन्नत लोकतन्त्र पार्टी, जनसमाजवादी पार्टी नेपाल, राप्रपा नेपाल र आमूल परिवर्तन मसिहा पार्टी नेपालले दलको चुनाव चिह्नमै प्रतिस्पर्धा गर्नेछन्।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१६ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस