धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष विन्देश्वर यादवले राजीनामा दिएको छैन। निर्वाचन आयोगले बहालवला जनप्रतिनिधिले उम्मेदवारी दिंदा मात्रै पदबाट राजीनामा गर्ने नियम बनाएको छ। तर यादव पुनः उम्मेदवारी नदिंदा नयाँ निर्वाचित जनप्रतिनिधि नआउँदासम्म पदमा कायम रहने छ।
यादव तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए। तर यसपटकको निर्वाचनमा उनी आफैं निर्वाचनमा भाग नलिइ छोरा शत्रुधन यादवलाई (जसपा) बाट उम्मेदवार बनाइएको छ। स्थानीय कार्यकर्तालाई पखां लगाइ चिकित्सक पेशामा संलग्न रहेको छोरालाई टिकट दिनलगाएको भन्दै उनको आलोचना भैइरहेको छ।
‘जसलाई राजनीतिकको बारेमा थाहा छैन। पार्टीमा लगानी छैन त्यस्ता व्यक्तिलाई गाउँपालिका अध्यक्षको छोरा भएको कारण मात्रै टिकट दिनु पार्टीको दुर्भाग्य रहेको स्थानीय अनिल यादव बताउँछन्।’ अध्यक्ष यादवले छोरालाई उम्मेदवार बनाएको भन्दै वडा–६ बगेवाका शत्रुधन यादव (जसपा) बाट छाडेर स्वतन्त्र उम्मेदवारी दिएको छ। पार्टीमा सुरुदेखि लागेको कार्यकर्ता भएपनि पार्टीका शिर्षनेतारु आफूलाई वाइपास गरेर पार्टीमा परिवारवादको राजनीति सुरु गरेको स्वतन्त्र उम्मेदवार यादवले आरोप लगाए।
लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष पदका २५ र उपप्रमुखको लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट भोगी मिश्र, एमालेलेबाट अजय यादव, एकीकृत समाजवादीबाट डाक्टर किरण यादव र जनमतबाट डाक्टर जितेन्द्र यादवले उम्मेदवारी दिएको छ।