सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। नेकपा (माओवादी केन्द्र)बाट गठबन्धनमा परेका दिर्घराज श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगले दर्ता प्रणालीमा समावेश नुहँदा खारेज भएको हो। गठबन्धन दलबाट माओवादी केन्द्रका श्रेष्ठको उम्मेदवारी खारेजी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जनता समाजवादी पार्टीबाट केही महिना अगाडि मात्रै माओवादी प्रवेश गरी गठबन्धन दलबाट कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवार सिफारिस भई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका श्रेष्ठको उम्मेदवारी खारेज भएको हो। जनता समाजवादी पार्टीको समानुपातिक प्रणालीको बन्द सूचीको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा इन्ट्री हुन नसकेको मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटाले जानकारी दिए। समानुपातिकको बन्द सूचीमा नाम रहेका उम्मेदवारले अहिलेको प्रणालीमा उम्मेदवारी दिन नपाउने भएकाले उनको उम्मेदवारी खारेजी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 'उम्मेदवार सिफारिसमा परेका श्रेष्ठको अब इन्ट्री हुँदैन,' मुख्य निर्वाचन अधिकृत सापकोटाले भने, 'अनलाईन इन्ट्री नभएकाले प्रक्रियामै जाँदैन हामीले यो कुरा उम्मेदवार स्वयंलाई जानकारी गराइसकेका छौ।'
कमलामाई नगरपालिकामा उनीसहित १० जनाको उम्मेदवारी इन्ट्री नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। '२९४ उम्मेदवारको दर्ता आएकोमा गठबन्धनका उपमेयर श्रेष्ठसहित १० जनाको रित नपुगेकाले इन्ट्री हुन सकेन, हामीले त्यहि अनुसार सूचना टाँस गरेर जानकारी गराएका छौं,' सापकोटाले भने।
अनलाईन प्रणालीमा रितपूर्वक दर्ता नभएको अवस्थामा त्यो प्रक्रयामै नजाने भन्दै उनले २ सय ८४ ओटा प्रक्रियामा गएको र बाँकी १० जनाको स्वतः रद्ध भएको बताए। उपमेयरमा पार्टीबाट गठबन्धनमा सिफारिसमा परेका श्रेष्ठ बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी हुँदै जनता समाजवादीका केन्द्रीय सदस्य थिए। श्रेष्ठको जनता समाजवादी पार्टीमा एकता हुनु पूर्व नयाँ शक्ति पार्टीमा रहँदा नै २०७४ सालको निर्वाचनमा संघीय समानुपातिक सांसद पदमा पार्टीका तर्फबाट बन्द सूचीमा नाम रहेको थियो। उम्मेदवारी खारेजीमा परेका अन्य राप्रपा, एकीकृत समाजवादी पार्टी लगायतका उम्मेदवार तथा प्रस्तावक र समर्थकहरुको विवरण नमिलेका कारण इन्ट्री नभएको मुख्य कार्यालयले जनाएको छ।