धनुषा जिल्लाका पाँच पालिकाका प्रमुखले राजीनामा नदिएर पदमा कायमै बसेका छन्। राजीनामा नदिनेमा सबैला नगरपालिकाका प्रमुख विजय शंकर साह, कमला नगरपालिकाका प्रमुख रामउदगार गोइत यादव, नगराइन नगरपालिकाका प्रमुख प्रमेश्वर यादव, जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अबदुल बारिक शेख र धनौजी गाउँपालिकाका अध्यक्ष बद्री नरायण सिंह छन्।
निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिहरुलाई उम्मेदवारी दिन पदबाट राजीनामा गर्नुपर्ने प्रावधान तोकेको छ। यी जनप्रतिनिधिहरु पुनः उम्मेदवार नबन्ने भएपछि नयाँ निर्वाचित जनप्रतिनिधि नआउँदासम्म पदमा रहिरहने छन्।
राजीनामा नदिएका यी पाँच वटै पालिकाका प्रमुखहरु २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेका थिए। नेपाली कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि यी पालिकाहरुमा नयाँ अनुहारलाई उतारेको छ।
सबैला नगरपालिकाको प्रमुखमा जगत सुन्दर साह, कमला नगरपालिकाको प्रमुखमा विशेश्वर यादव, नगराइन नगरपालिकाको प्रमुखमा विनोद यादव, धनौजी गाउँपालिकाको अध्यक्षमा राजकुमार साह र जनक नन्दनी गाउँपालिकाको अध्यक्षमा सुधेश चौधरीलाई उम्मेदवार बनाएको छ।