गाउँ सरकार चुन्न उत्साहसाथ उम्मेदवारी: उम्मेदवार दुलाहा-दुलही जस्ता
१२ वैशाख २०७९
•
३ मिनेट पाठ
गाउँ सरकार चुन्न उत्साहसाथ उम्मेदवारी: उम्मेदवार दुलाहा-दुलही जस्ता
तस्बिरहरु: ध्रुव/नागरिक
गणतान्त्रिक व्यवस्थामा दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयनपत्र (उम्मेदवारी) दर्ताको क्रममा सिन्धुपाल्चोकमा राजनीतिक दलहरुले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दिएका छन्।  




जिल्लामा क्रियाशील ठूला चार राजनीतिक शक्ति कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले सयौँ कार्यकर्ता उतार्दै शक्ति नै देखाए। साना दलको उत्साह पनि कम थिएन। गावै रित्याएर दलका नेता, कार्यकर्ता गाउँ, नगरको केन्द्रस्थित निर्वाचन अधिकृतको कार्यालय झरेका थिए।

  बाजागाजा, नाचगान, झाँकीसहित सयौँ नेता, कार्यकर्ताको बीचमा उम्मेदवार सजिएका थिए। निधारमा टीका, फूल, दुबोको माला र खादा पहिरिएका उनीहरु दुलाहा, दुलही जस्तै देखिन्थे। अधिकांश महिला उम्मेदवार सारी, चोली र पुरुष उम्मेदवार दौरासुरुवाल, सर्ट पाइन्ट, भादगाउँले र ढाका टोपीमा सजिएका थिए।  

‘निकै उत्साही छु। कार्यकर्तामा उत्साहको बेग छ,’ दुवोको माला पहिरिएका माओवादी केन्द्रबाट चौतारा–साँगाचोकगढी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णप्रसाद सापकोटाले भने। कांग्रेसबाट प्रमुखकै उम्मेदवार केशवराज गिरीले कार्यकर्ताको उत्साहले रोमाञ्चित बनाएको बताए। ‘कार्यकर्तामा देखिएको उत्साहले हौस्याएको छ,’ यहीँबाट एमालेका प्रमुखका उम्मेदवार इन्द्रबहादुर नेपालले ढाकाटोपी मिलाउँदै कार्यकर्ताको बीचबाट भने। 

बाजा गाउँसहित नारावाजीसाथ दलीय चिह्न र झण्डा फहराउँदै नेता, कार्यकर्ता केन्द्रमा झरेका थिए। केन्द्रस्थित पार्टी कार्यालयमा भेला भएर उनीहरुले उम्मेदवारहरुलाई टीका, माला र खादा पहिर्‍याउँदै सगुन खुवाएर निकालेका थिए। सयौँ कार्यकर्ता एक ठाउँमा जुट्दा त्यो बिजय उत्सव झैँ लाग्थ्यो। वरिपरीबाट हेर्ने स्थानीयलाई नमस्कारको अभिवादन गर्दै उम्मेदवारहरु मतदाता आकर्षित गर्ने प्रयास गर्थे।

  

‘नयाँ भूमिकाले रैसिएको छु। कार्यकर्ताको उत्साह उत्कर्षतिर छ,’ मनोनयन दर्तापछि बाह्रविसे नगरपालिकामा कांग्रेसबाट प्रमुखको  टिकट पाएका बालकृष्ण बस्नेतले भने। कार्यकर्तासँग गफिँदै उम्मेदवार बिबाहकै झल्को आएको भनेर ठट्टा गर्थे। मनोनयन दर्ता जुलुसमा युवाको बर्चस्व थियो। प्रौढ र वृद्धावृद्धको उपस्थिति पनि उल्लेख्य थियो। स्थानीय चुनावले सबै उमेर समूहका मतदातामा उत्साह ल्याएको यसले पुष्टि गरेको छ।

अन्तिम समयमा यताउता, आंशिक गठबन्धन

मनोनयनपत्र दर्ता गर्ने १२ घण्टाभित्र धेरैले पार्टी परिवर्तन गरे। उनीहरुले विभिन्न दलबाट टिकटसमेत पाए। सबै स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन सकेन। समाजवादी र माओवादीबीच भने सबै तहमा गठबन्धन भएको छ। जुगलका कांग्रेस जयबहादुर लामा अन्तिम समयमा एमाले प्रवेश गरे। उनले एमालेबाट जुगल अध्यक्षको टिकट पाए। प्रभावशाली नेता लामा एमाले गएपछि त्यहाँ अन्तिम समयमा कांग्रेस र माओवादीबीच गठबन्धन भयो। गठबन्धनबाट माओवादीका रेशम स्यांबो अध्यक्ष र कांग्रेसका हिमाल श्रेष्ठले उपप्रमुखको उम्मेदवारी दर्ता गराए।  

पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ। त्यहाँ माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष भागबण्डा गरेका छन्। चौतारा साँगाचोकगढी नगरपालिकामा निवर्तमान पालिका प्रमुख अमानसिं तामाङले बागी उम्मेदवारी हालेका छन्। उनी माओवादी नेता हुन्। पार्टीले टिकट नदिएपछि उनले बिद्रोह गरेका हुन्। 

उनी एमाले प्रवेश गरेर उम्मेदवारी बन्न खोजे पनि पार्टीले आश्वासन दिएर रोकेको थियो। तर टिकट भने दिएन। यहाँ गठबन्धन गरेका माओवादी कृष्णप्रसाद सापकोटाले प्रमुख र समाजवादीकी सीता थापाले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्। एमाले सबै तहमा एक्लै प्रतिस्प्रर्धामा उत्रिएको छ। माले, राष्ट्रिय जनमोर्चा लगायत दलले पनि केही तहमा मनोनयन दर्ता गरेका छन्।

अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस