स्थानीय तह निर्वाचनको लागि मनोनयनको पहिलो दिन धादिङमा केही स्वतन्त्र उम्मेदवार र गठबन्धनमा समेत नपरेका साना दलले मात्रै मनोनयन दर्ता गरेका छन्। गठबन्धनले समयमै पालिका प्रमुख र उपप्रमुखको भागबण्डा मिलाउन नसक्दा आइतबार मनोनयन दर्ता गराउन नसकेको हो।
एक साता अघिदेखि चुनावी तालमेलको छलफलमा बसेका ठगबन्धनका दलहरुले मनोनयन नै दर्ता गरेका छैनन्। एक्लै मैदानमा उत्रिन लागेको नेकपा एमाले र अघिल्लो निर्वाचनमा धादिङबाट देशभरकै साख जोगाएको राप्रपाले पनि मनोनयन दर्ता गराएको छैन।
चर्चामा नरहेका साना दलहरुले वडा स्तरमा छिटफुट मनोनयन दर्ता गराएपनि पालिका तहमा भने मनोनयन शुन्य नै छ। प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद रुवालीले भने–‘चर्चामा नरहेका साना दलले केही वडाहरुमा वडा अध्यक्ष र सदस्यमा मनोनयन दर्ता गराएको छ, प्रमुख भनिएका दलबाट मनोनयन दर्ता भएको छैन।’
एमालेले सिद्धलेक बाहेक उम्मेदवार टुंगो लगाएको धुनिबेसी नगरपालिका, गल्छी गाउँपालिका र गंगाजमुना गाउँपालिकामा भने मनोनयन दर्ता गराएको छैन। आकांक्षीहरु धेरै भएर उम्मेदवार टुंग्याउनै सकस परेकोले आइतबार मनोनयन दर्ता गराउन नसकिएको एमाले कार्यालय सचिव भरत ढुंगानाले बताए। सोमबार विहानसम्म उम्मेदवार ढुंग्याएर दिउसो मात्रै मनोनयन दर्ता गरिने उनले बताए।
गठबन्धनसँग एमाले एक्लै
धादिङमा तीन दलबीच गठबन्धनको टुंगो लागेपनि नेकपा एमाले एक्लै चुनावी मैदानमा जाने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गरेर जिल्लाको नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको टुंगो लगाएको हो।
जिल्लामा रहेको २ नगरपालिका सहित १३ स्थानीय तह मध्य कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुख लिएर जिल्लास्तरीय गठबन्धनमा हस्ताक्षर गरेका हुन्। जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा समाजवादीले लिने भएका छन्।
प्रदेश स्तरीय ५ दलिय गठबन्धनको निर्णय बमोजिम नै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टुंगो लगाइएको एकिकृत समाजवादी धादिङका सचिव सुवास खतिवडाले बताए। सहमतिपत्रमा नेपाली कांग्रेसका सभापति रामनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शालिकराम जमरकट्टेल र नेकपा समाजवादीका जिल्ला इन्चार्ज गुरु प्रसाद बुर्लाकोटीले हस्ताक्षर गरेका छन्। गठबन्धनले वडा तहमा भने पालिका स्तरीय कमिटिलाई नै भागबण्डाको जिम्मा लगाएको छ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लामा बहुमत ल्याएको नेकपा एमालेलाई एक्लाउने दाउमा गठबन्धन दलहरु लागि परेका छन्। २०७४ को निर्वाचनमा प्रमुख बनेको एमालेले ढाल्न कांग्रेस, माओवादी र समाजवादी एक भएर चुनावी मैदानमा जाने भएपछि एमाले एक्लै बनेको छ। दलहरु गठबन्धन गरेर वडास्तरदेखि समन्वय समिति र प्रतिनिधिसभा निर्वाचनमा समेत एक भई एमालेलाई एक्लाउने दाउमा छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा तीन पालिकाको नेतृत्व जितेको नेपाली का“ग्रेस गठबन्धन गराएर नेतृत्व पोल्टामा पार्ने दाउमा छन्। नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी भन्छन्,अब हामी नमिलेर विकल्प छैन, जुनसुकै हालतमा गठबन्धन बनाएर चुनावमा जान्छौ।’
जिल्लाको दक्षिणी भेग एमालेको राम्रो पकट क्षेत्र हो। तर अहिले एमाले विभाजित भएको अवस्थामा धक्का पर्नेछ। दक्षिणी भेगको धुनीबेसी नगरपालिका, थाक्रे, गल्छी र गजुरी गाउ“पालिका अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेको स्थानीय तहहरु हुन्। एमाले विभाजनपछि धुनीबेसीको मेयर, उपमेयर, गल्छी गाउँपालिकाका अध्यक्ष, गजुरी गाउँपालिकाका उपाध्यक्षले एकीकृत समाजवादी रोजेका थिए। त्यसले पनि एमालेको आफ्नो साखलाई जोगाइराख्न हम्मे छ। काँग्रेस त्यसको फाइदा लिने दाउमा छन् भने एकिकृत समाजवादी जसरी पनि एमाले हराउने अभियानमा छन्। माओवादी केन्द्र भने जता अवसर त्यतै दौडिरहेका छन्।
एकिकृत समाजवादी धादिङका इन्चार्ज गुरुप्रसाद बुर्लाकोटी भन्छन्,‘अहिलेको गठबन्धन जहाँ जोसंग मिलेर होस् एमाले हराउने हाम्रो अभियान हो।’ गठबन्धन गर्दा एकीकृत समाजवादीलाई फाइदा पनि हुनेछ।
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।
बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...