नेपाली कांग्रेसका पूर्वसभापति हिमालय कमाचार्यले शनिबार बिहान सामाजिक सञ्जालमा लेखे– ‘इलाममा तालमेलको सम्भावना न्यून। हिजो र अस्ति भएको पाँचदलीय गठबन्धनको बैठकमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको दाबीलाई विश्लेषण गर्दा हाम्रो इलाम जिल्लामा तालमेलको सम्भावना देखिँदैन। अन्ततः नेपाली काङ्ग्रेसले एक्लै चुनाव लड्नुपर्ने सम्भावना देख्दैछु।’
उनको भनाइ सामाजिक सञ्जालमा आएपछि नेपाली काङ्ग्रेसको बैठक बस्यो। बैठकले ‘पाँचदलीय गठबन्धनलाई कायम राख्न अधिकतम् प्रयास गर्ने’ निर्णय गर्यो। बैठकपछि आइतबार बिहान पुनः पाँचदलीय गठबन्धनको बैठक बस्यो। तर, लामो समयदेखि भइरहेको छलफल र वार्ता अझै निष्कर्षमा पुग्न सकेन।
बरु, इलाम काङ्ग्रेसबाट छलफल टोलीको संयोजक बनाइएका अगुवा नेता बेनुपराज प्रसाईंले ‘सहमति हुन नसकेकै कारण’ संयोजक पदबाट राजीनामा दिए। तर, उनले राजीनामापत्रमा लेखेका छन्–‘हालसम्म गठबन्धनको सम्बन्धमा तथ्यांकगत छलफलहरू र गठबन्धनका दलहरूबाट प्रस्तावित सबै विवरण अद्यावधिक गरिएका छन्। कुन पार्टीलाई कुन पदीय जिम्मेवारी दिने भन्नेबारे कुनै निर्णय भइनसकेको कुरा सभापतिलाई अवगतै छ।’
नेपाली काङ्ग्रेसको माइजोगमाई गाउँपालिकाका कार्यसमिति सचिव प्रदीप खड्काले गत चैत ३० गते पदबाट राजीनामा दिए। उनले राजीनामापत्रमा काङ्ग्रेसलाई आउँदो चुनावमा जसरी पनि जिताउन लागिपरेको अवस्थामा अरू दलसँग गठबन्धन हुने भएको र अर्कै पार्टीको मान्छे गाउँपालिका अध्यक्ष हुने बुझेपनि आफूले राजीनामा दिएको उल्लेख गरेका छन्।
‘माइजोगमाईमा काङ्ग्रेस नै पहिलो पार्टी हुन्छ,’ उनले नागरिकन्युजसँग भने, ‘तर, अर्काे पार्टीको मान्छेलाई अध्यक्ष बनाउनेगरी गठबन्धन भएकाले मैले राजीनामा दिएको हुँ।’ उनले स्थानीय कार्यकर्ताको भावनविपरीत गठबन्धन हुन लागेकामा आफूलाई चित्त नबुझेको बताए। ‘माइजोगमाई गाउँपालिकाको अध्यक्ष पद काँग्रेसलाई दिइँदैन भने काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी पनि हालिने छ,’ उनले भने, ‘हामी गठबन्धनका नाममा पार्टीमाथि हानी हुँदा चुप बस्दैनौं।’
सरकारी गठबन्धनका पाँच दलमध्ये इलाममा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी गरी चार दल सक्रिय छन्। उनीहरू केन्द्रीय सर्कुलरअनुसार आउँदो स्थानीय तह चुनावमा गठबन्धन गरेर अघि बढ्न पटक–पटक छलफल गरिरहेका छन्। सुरुमा फराकिलो घेरामा छलफल गर्दै घेरा साँघुरो बनाएर जिल्ला तहका शीर्ष नेताको इकाईसम्म आइपुग्दा पनि पालिकाको पद बाँडफाँटमा सहमति हुन सकेको छैन।
काङ्ग्रेसले जिल्लाका चारै नगर र छ वटै गाउँपालिका अध्यक्ष पाउनुपर्नेमा दाबी कायमै राखेको छ। केही दिनअघि सत्ता गठबन्धनको बैठकले केन्द्रबाट उम्मेदवारको मापदण्ड घोषणा गर्दै नेकपा (एकीकृत समाजवादी)लाई उसले नेतृत्व गरेका पालिकामा उसैलाई प्रमुख उम्मेदवार बनाउने निर्णय गर्यो। जिल्लाका माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई नेकपा (एमाले)बाट २०७४ सालको चुनाव जितेका पालिका प्रमुख हुन्। उनीहरू दुवै जना अहिले नेकपा (एकीकृत समाजवादी)मा छन्। गठबन्धनको मापदण्डअनुसार यी दुवै पालिकाको प्रमुख एकीकृत समाजवादीकै भागमा पर्ने देखिएको छ। र, दुवै जना पुनः त्यही पदमा उम्मेदवार बन्ने चर्चासमेत छ।
तर, गठबन्धनको प्रमुख दल काङ्ग्रेसले जिल्लाका १० वटै पालिकाको प्रमुख आफूले पाउनुपर्ने दाबी गरेको छ। काङ्ग्रेस नेता निरोज खड्गी भन्छन्, ‘गठबन्धनलाई बचाएर लैजानुपर्छ भन्नेमै छौं तर अहिलेसम्म काङ्ग्रेसले १० वटै पालिकाको प्रमुख पद दाबी गरेको छ।’ उनले पटक–पटक गठबन्धनका दलबीच छलफल भइरहेको र सोमबारसम्ममा कुनै न कुनै निर्णय आउने जानकारी पनि दिए।
एकीकृत समाजवादी केन्द्रको मापदण्डअनुसार सूर्याेदय नगरको मेयर र माइजोगमाईको अध्यक्ष आफ्नो दलको भागमा पर्नेमा विश्वस्त छ। त्यसबाहेक एकीकृत समाजवादीले देउमाई नगरपालिकाको मेयर, सन्दकपुर र चुलाचुली गाउँपालिकाको अध्यक्ष तथा रोङ गाउँपालिका उपाध्यक्ष र इलाम नगरपालिकाको उपमेयरमा दाबी गरेको छ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त केसी छलफलक्रममा सहमतिमा आउन सकिने बताउँछन्। ‘सहमति हुनेक्रममा केही तल–माथि होला तर छलफल सकारात्मक हिसाबले नै अघि बढेको छ,’ उनले भने, ‘एकीकृत समाजवादीले बढी भाग खोज्यो भन्नु चाहिँ गठबन्धनका अन्य दलका साथीहरूको व्यक्तिगत विचार होला, व्यक्तिगत कुरा त हाम्रा पार्टीका नेता–कार्यकर्ताको पनि अझ धेरै छ नि।’ उनले गठबन्धनको मापदण्ड तल–माथि भए केन्द्रीय तहबाट आफ्नो पार्टीसहित अरू पार्टीमाथि पनि ‘डन्डा चल्ने’ बताए। ‘कि गठबन्धनको निर्णय मान्दिनँ भन्नुपर्यो, कि त्यहीअनुसार निर्णय गर्नुपर्यो,’ उनले भने, ‘मलाई लाग्छ, गठबन्धन इलाममा सफल हुन्छ।’
नेकपा (माओवादी केन्द्र)ले जिल्लाको माई नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष आफ्नो दललाई हुनुपर्ने प्रस्ताव गरेको छ। पार्टीका जिल्ला समन्वय कमिटी संयोजक तेजबहादुर राई (विजय)ले जिल्लामा गठबन्धनबीच सहमति भए या नभएपनि सोमबारसम्ममा निर्णय आउने बताए।
‘अहिलेसम्म चरण–चरणमा छलफल चलिरहेको छ, गठबन्धन दलबीच आएका प्रस्तावमा पार्टीभित्र पनि छलफल गर्नुपर्ने भएकाले लम्बिएको हो,’ उनले सोमबार साँझ भने, ‘भोलिसम्ममा सहमति भएपनि नभएपनि जिल्लाको निर्णय प्रदेशमा जान्छ।’ उनले माई नगरपालिकाको प्रमुख र चुलाचुुलीको अध्यक्षसहित अन्य पालिकाका केही पदमा आफ्नो पार्टीको प्रस्ताव रहेपनि ‘सबै मेरै मागमात्र पूरा हुनुपर्छ भन्ने पक्षमा माओवादी नरहेको’ जनाए।
जनता समाजवादी पार्टीले माङ्सेबुङ गाउँपालिका अध्यक्ष, माई नगरको उपमेयर र चुलाचुली वा फाकफोकथुम गाउँपालिकाको उपाध्यक्षमा दाबी गरेको छ। जसपाका नेता विनोद नेम्बाङले जिल्लाका विभिन्न पालिकाका ११ वडाध्यक्ष र २० वडा सदस्य आफ्नो दलको भागमा रहनुपर्ने दाबी गरेको बताए। तर, नेता नेम्बाङले जिल्लामा गठबन्धनबीच सहमति हुन नसक्ने अवस्था रहेको पनि खुलाए। ‘जिल्ला तहमा गठबन्धनबीच उम्मेदवारी भागबन्डामा सहमति हुने सम्भावना अब छैन,’ उनले भने, ‘भोलि जिल्लाको निर्णय जस्ताको तस्तै प्रदेशमा पठाउने र प्रदेशतिरै छलफल गर्ने कुरा भएको छ।’ उनले सबै दलको दाबी हेर्दा सहमतिको सम्भावना जिल्ला तहमा चाहिँ नदेखेको बताए।
२०७४ सालको स्थानीय तह निर्वाचनमा इलामका ४ नगर र ६ गाउँपालिकामध्ये नेकपा (एमाले)ले चारै नगरको मेयर–उपमेयर, २ गाउँपालिका अध्यक्ष र पाँच गाउँपालिका उपाध्यक्ष जितेको थियो। काङ्ग्रेसले ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्ष जितेको थियो। जिल्लाका ८१ वडामध्ये एमालेले ४७, काङ्ग्रेसले ३१ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीले १–१ वडा जितेका थिए। माओवादीले जितेको वडाका वडाध्यक्ष भने एमालेमा प्रवेश गरिसकेका छन्।