चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा
०४ वैशाख २०७९
•
४ मिनेट पाठ
चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा
नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी घोषणा गरेपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।




जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनमा यादव ६ मतले पराजित भएका थिए। त्यसपछि उनले केन्द्रीय निर्वाचन समितिमा पुनः मतगणनाका लागि निवेदन दिए। समितिले गत चैत ३० गते १ मतले विजयी भएको भन्दै प्रमाणपत्र दिएपछि सप्तरी कांग्रेसमा विवाद चुलिएको हो।

जिल्ला निर्वाचन मत परिणाम अनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन समितिले प्रमाणपत्र दिएको थियो। संस्थापन पक्षबाट उपसभापति उम्मेदवार रामकुमार यादवले १ हजार ५३ र ध्रुवनारायण चौधरीले ९ सय ५४ मत ल्याएका थिए।

उनीहरू निर्वाचनमा पराजित भएका थिए। केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त मतगणनाको रजिस्टर झिकाएर पुनः गणना गर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मत पुगेकाले यादवलाई उपसभापति पदमा विजयी भएको प्रमाणपत्र दिएको जिल्ला सभापति रामदेव साहले बताए।

‘मलाई केन्द्रीय निर्वाचन समितिले भनेको यति हो,’ जिल्ला सभापति साहले भने, ‘असन्तुष्ट पक्षले केन्द्रीय कार्यालयमा दिएको निवेदनमाथि के निर्णय हुन्छ बाँकी कुरा त्यसले निर्धारण गर्छ। म त भन्छु, सबैले केन्द्रीय कार्यालयको निर्णय स्विकारौँ।’

केन्द्रीय निर्वाचन समितिले कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदमा निर्चाचित भएको प्रमाणपत्र रामकुमार यादवलाई दिएपछि संस्थापन पक्षका उपभापति, सचिव, क्षेत्रीय सभापति लगायत पदाधिकारी निर्णय सच्याउन केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

सचिव प्रभुनारायण चौधरीले भने, ‘केन्द्रीय निर्वाचन समितिले गरेको एकोहोरो निर्णय बदर गर्नुपर्छ। एसइईको ‘रिटोटलिङ’ गरेजस्तो निर्वाचनको परिणाम होइन,’ उनले भने, ‘जिल्ला निर्वाचन समितिले दुवै पक्षका प्रतिनिधिलाई राखेर मतगणना गरी सार्वजनिक गरेको परिणाम केन्द्रीय निर्वाचन समितिले एकलौटी ढंगले उल्टाइदिएको छ।’

यता, केन्द्रीय निर्वाचन समितिको निर्णयमा ‘जिल्ला निर्वाचन अधिकृतबाट केन्द्रमा प्राप्त सक्कल मतगणना सिट तथा मतगणना सक्कल पुस्तिकामा उल्लिखित मत परिणाम अनुसार दुई उम्मेदवारमध्ये रामकुमारले कुल १ हजार ५३ मत र रामप्रसादले १ हजार ५२ मत प्राप्त गरेको स्पष्ट हुँदाहुँदै, मत परिणामको कुल योगफल निकाल्दा त्रुटि गरी रामकुमारभन्दा १ मत कम प्राप्त गरेका रामप्रसादको मत बढी देखाई, उनलाई निर्वाचित घोषणा गरेको सप्तरी जिल्ला निर्वाचन अधिकृतको निर्णय प्रथम दृष्टिमै गलत र त्रुटिपूर्ण भएकाले उक्त निर्णय खारेज गरिएको’ दाबी गरिएको छ।

केन्द्रीय निर्वाचन समितिको निर्णयउपर पदाधिकारी साथीहरूले असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यालयलाई पत्राचार गर्नु अस्वाभाविक नभएको सभापति साहले बताए। ‘केन्द्रीय निर्वाचन समितिले दुवै पक्षलाई सन्तुष्ट पारेर निर्णय सार्वजनिक गरेको भए विवाद हुँदैनथ्यो,’ उनले भने, ‘स्थानीय तह निर्वाचनको मुखमा भएको यो निर्णयले जिल्लामा झगडा बढाउने काम गरेको छ।

केन्द्रले यो झगडा सुल्झाउन सक्यो भने सबै राम्रै हुन्छ। नभए जिल्ला अधिवेशनको यो परिणामले स्थानीय निर्वाचनको परिणामलाई नराम्ररी प्रभावित तुल्याउँछ।’ केन्द्रीय निर्वाचन समितिको निर्णय बदर नगरिए आन्दोलनमा उत्रने र राजीनामा गर्नेसम्मको चेतावनी पदाधिकारीले दिएका छन्।

सचिव प्रभुनाराण चौधरीले भने, ‘हामी केन्द्रीय कार्यालयको निर्णय पर्खेर बसेका छौं। निर्वाचित साथीलाई अपमानित बनाउने गरी केन्द्रीय निर्वाचन समितिको निर्णय बदर नभए हाम्रो पक्षका सबै पदाधिकारीले राजीनामा गर्छाैं,’ उनले भने।

संस्थापन पक्षबाट निर्वाचित उपसभापति फतेह मोहम्मद, सचिव प्रभुनारायण चौधरी र सनत मण्डल, सहसचिवद्वय घनश्याम साह र मनोजकुमार खड्का, क्षेत्रीय सभापति ललन गुप्ता, भूपेन्द्रनारायण मण्डल र महानन्दप्रसाद यादव लगायतले केन्द्रीय कार्यालयमा ज्ञापन बुझाएका छन्।

रामप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन समितिले प्रमाणपत्र समेत प्रदान गरिसकेको अवस्थामा र कार्यवाहक निर्वाचन अधिकृत सन्तोष भण्डारीद्वारा पदभार ग्रहण समेत भइसकेको अवस्थामा केन्द्रीय निर्वाचन समितिले बदनियतपूर्ण ढंगले गलत निर्णय गरेको सचिव चौधरीको भनाइ छ।

जिल्ला कार्य समितिको बैठक समेत बसिसकेको र विभिन्न निर्णय गर्दै सबै पदाधिकारी स्थानीय तह निर्वाचनमा होमिएका बेला आएको यस निर्णयले सबैलाई आश्चर्यमा पारिदिएको चौधरीले बताए। यो निर्णय नसच्याए स्थानीय तहको निर्वाचनमा सप्तरी कांग्रेसले नकारात्मक परिणामको सामना गर्नुपर्ने समेत उनको चेतावनी छ।
अर्को समाचार
चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा
०२ वैशाख २०७९
•
४ मिनेट पाठ
चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा
नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी गरिदिएपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।  




यादव जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनमा ६ मतले पराजित भएका थिए। त्यसपछि उनले केन्द्रीय निर्वाचन समितिमा पुनः मतगणनाका लागि निवेदन दिए। समितिले गत चैत ३० गते १ मतले विजयी भएको भन्दै प्रमाण पत्र दिएपछि सप्तरी कांग्रेसमा विवाद चुलिएको हो।  

जिल्ला निर्वाचन मत परिणाम अनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन समितिले प्रमाण पत्र दिएको थियो।  

संस्थापन पक्षबाट उपसभापति उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुवनारायण चौधरी ९ सय ५४ मत ल्याएका थिए। उनीहरु निर्वाचनमा पराजित भएका थिए।

केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त मतगणनाको रजिष्टर झिकाएर पुनः गणना गर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मत पुगेकोले यादवलाई उपसभापति पदमा विजयी भएको प्रमाणपत्र दिएको जिल्ला सभापति साहले बताए।  

‘मलाई केन्द्रीय निर्वाचन समितिले भनेको यती हो,’ जिल्ला सभापति रामदेव साहले नागरिकसँग भने, ‘असन्तुष्ट पक्षले केन्द्रीय कार्यालयमा दिएको निवेदनमाथि के निर्णय हुन्छ बाँकी कुरा त्यसैले निर्धारण गर्छ। म त भन्छु सबैले केन्द्रीय कार्यालयको निर्णय स्वीकारोस्।’

केन्द्रीय निर्वाचन समितिले कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदमा निर्चाचित भएको प्रमाण पत्र रामकुमार यादवलाई दिएपछि संस्थापन पक्षका उपभापति, सचिव, क्षेत्रीय सभापति लगायतका पदाधिकारीहरु असन्तुष्टिसहित निर्णय सच्याउन केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्।  

सचिव प्रभुनारायण चौधरीले भने, ‘केन्द्रीय निर्वाचन समितिले गरेको एकोहोरो निर्णय बदर गर्नुपर्छ। एसईईको ‘रिटोटलिङ’ गरेजस्तो निर्वाचनको परिणाम होइन,’ उनले भने, ‘जिल्ला निर्वाचन समितिले दुबै पक्षका प्रतिनिधिलाई राखेर मतगणना गरी सर्वजनिक गरेको परिणाम केन्द्रीय निर्वाचन समितिले एकलौटी ढंगले उल्टाइदिएको छ।’  

यता, केन्द्रीय निर्वाचन समितिको निर्णयमा ‘जिल्ला निर्वाचन अधिकृतबाट केन्द्रमा प्राप्त सक्कल मतगणना सिट तथा मतगणना सक्कल पुस्तिकमा उल्लेखित मत परिणाम अनुसार दुई जना उम्मेदवारहरुमध्ये रामकुमारले कुल १ हजार ५३ मत र रामप्रसादले १ हजार ५२ मत प्राप्त गरेको स्पष्ट हुँदाहुँदै, मतपरिणामको कुल योगफल निकाल्दा त्रुटी गरी रामकुमारभन्दा १ मत कम प्राप्त गरेका रामप्रसादको मत बढी देखाई, उनलाई निर्वाचित घोषणा गरेको सप्तरी जिल्ला निर्वाचन अधिकृतको निर्णय प्रथम दृष्टिमै गलत र त्रुटीपूर्ण भएकाले उक्त निर्णय खारेज गरिएको’ दाबी गरिएको छ।

केन्द्रीय निर्वाचन समितिको निर्णयउपर पदाधिकारी साथीहरुले असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यालयलाई पत्रचार गर्नु अस्वभाविक नभएको सभापति साहले बताए। 'केन्द्रीय निर्वाचन समितिले दुबै पक्षलाई सन्तुष्ट पारेर निर्णय सार्वजनिक गरेको भए विवाद हुँदैनथ्यो,' उनले भने, ‘स्थानीय तह निर्वाचनको मुखमा भएको यो निर्णयले जिल्लामा झगडा लगाउने काम गरेको छ।’ उनले अगाडि भने, ‘केन्द्रले यो झगडा सुल्झाउन सक्यो भने त सबै राम्रै हुन्छ। नभए जिल्ला अधिवेशनको यो परिणामले स्थानीय निर्वाचनको परिणामलाई नराम्ररी प्रभावित तुल्याउँछ।’

केन्द्रीय निर्वाचन समितिको निर्णय बदर नगरिए आन्दोलनमा उत्रने र पदाधिकारीहरु राजीनामा गर्नेसम्मको चेतावनी दिएका छन्। सचिव प्रभुनाराण चौधरीले भने, ‘हामी केन्द्रीय कार्यालयको निर्णय पर्खेर बसेका छौं। निर्वाचित साथीलाई अपमानित बनाउने गरी केन्द्रीय निर्वाचन समितिको निर्णय बदर नभए हाम्रो पक्षका सबै पदाधिकारी राजीनामा गर्छाैं,’ उनले भने।

संस्थापन पक्षबाट निर्वाचित उपसभापति फतेह मोहम्द, सचिव प्रभुनारायण चौधरी र सनत मण्डल, सहसचिवद्वय घनश्याम साह र मनोजकुमार खड्का, क्षेत्रीय सभापति ललन गुप्ता, भूपेन्द्रनारायण मण्डल र महानन्दप्रसाद यादव लगायतले केन्द्रीय कार्यालयमा ज्ञापन बुझाएका छन्।

रामप्रसाद यादव निर्वाचित भएको जिल्ला निर्वाचन समितिले प्रमाण पत्र समेत प्रदान गरिसकेको अवस्थामा र कार्यवाहक निर्वाचन अधिकृत सन्तोष भण्डारीद्वारा पदभार ग्रहण समेत भइसकेको अवस्थामा केन्द्रीय निर्वाचन समितिले बदनियतपूर्ण ढंगले गलत निर्णय गरेको सचिव चौधरीको भनाइ छ।

जिल्ला कार्यसमितिको बैठकसमेत बसिसकेको र विभिन्न निर्णयहरु गर्दै सबै पदाधिकारी स्थानीय तह निर्वाचनमा होमिएको बेला आएको यस निर्णयले सबैलाई अच्चमित पारिदिएको चौधरीले बताए। यो निर्णय नसच्याए स्थानीय तहको निर्वाचनमा सप्तरी कांग्रेसले नकारात्मक परिणामको सामना गर्नुपर्ने समेत उनको चेतावनी छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस