कार्यदलको भित्र बैठक, बाहिर नाराबाजी
०४ वैशाख २०७९
•
२ मिनेट पाठ
कार्यदलको भित्र बैठक, बाहिर नाराबाजी
स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलले जिल्ला स्तरमा गठबन्धन गर्नका लागि बसेको बैठकस्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्।




अन्य दलसँग गठबन्धन गर्न पार्टी कार्यालयभित्र बैठक बसिरहेको बेला कार्यालयबाहिर कार्यकर्ताले चुनावी तालमेल नगर्न नहुने भन्दै नाराबाजी गरेका हुन्। नाराबाजी गर्ने समूहले नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुलाई ध्यानाकषर्णपत्रसमेत बुझाए।

शुक्रबार विराटगरस्थित कांग्रेसको जिल्ला पार्टी कार्यालयमा गठबन्धनका लागि बैठक भइरहँदा बाहिर कांग्रेसका स्थानीय नेता कार्यकताहरूले मोरङमा दलीय गठबन्धन नगर्न नहुने भन्दै नाराबाजी गरेर पार्टी नेतृत्वलाई दबाव दिएका हुन्।

शुक्रबार बसेको बैठकबाट केही निर्णय नभएको जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले बताए। उनले गठबन्धन दलबीच चुनावी तामेल गर्ने नगर्ने भन्ने बारे निर्णय गर्ने अन्तिम समय सीमा शनिबारसम्म रहेको हुँदा शनिबार बस्ने बैठकले ठोस निर्णय दिनेछ।

‘छलफल जारी रहेको हुँदा शनिबारसम्म बैठकले गठबन्धनको अन्तिम निर्णय गर्ने छ,’ अध्यक्ष यादवले भने, ‘जिल्लामा चार दलीय गठबन्धनको सम्भावना भएको र त्यसका लागि छलफल जारी राखेका छौं।’

मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बुले गठबन्धनका लागि गठन भएको जिल्लास्तरीय कार्यदलले चाँडै आवश्यक निर्णय गर्ने बताए। काँग्रेस मोरङभित्र सम्मानजनक गठबन्धनको पक्षमा रहेको बताउँदै लिम्बूले विराटनगरको हकमा भने एकल प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।

महानगपालिकामा कांग्रेसले अघिल्लो चुनावमा जित हासिल गरेको थियो। सभापति लिम्बुले अन्यत्र सम्मानजनक गरिने भए पनि महानगरमा वडा तहबाटै कार्यकर्ता तालमेल नगर्न माग गरेकाले कार्यकर्ताको माग बमोजिम महानगरपालिकामा काँग्रेसले एकल उम्मेद्ववादी दिन्छ।

विराटनगर वडा–६ का सचिव प्रकाश मण्डलको समूहले विराटनगरमा चुनावी तालमेल नगर्न माग राख्दै पार्टी सभापतिलाई ध्यानाकर्षणपत्र बुझाएको छ। मण्डलले तालमेलले विराटनगरमा काँग्रेसलाई असर पुग्ने भएकाले आफूहरू तालमेलको विपक्षमा रहेको बताए।

गठबन्धनमा आवद्ध ४ दलले गठन गरेको कार्यदलमा कांग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकीकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल बैठकमा सहभागी थिए।
अर्को समाचार
भित्र कार्यदलको बैठक, बाहिर नाराबाजी
०२ वैशाख २०७९
•
२ मिनेट पाठ
भित्र कार्यदलको बैठक, बाहिर नाराबाजी
स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलले जिल्ला स्तरमा गठबन्धन गर्नका लागि बसेको बैठक स्थल बाहिर काँग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्। अन्य दलसँग गठबन्धन गर्न पार्टी कार्यालयभित्र बैठक बसीरहेको बेला कार्यालय बाहिर कार्यकर्ताले चुनावी तालमेल नगर्न नहुने भन्दै नाराबाजी गरेका हुन्।  




नाराबाजी गर्ने समूहले नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई ध्यानाकषर्णपत्रसमेत बुझाए। शुक्रबार विराटगरस्थित नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा गठबन्धनका लागि बैठक भइरहँदा बाहिर काँग्रेसका स्थानीय नेता कार्यकताहरुले मोरङमा दलीय गठबन्धन नगर्न नहुने भन्दै नाराबाजी गरेर पार्टी नेतृत्वलाई दबाव दिएका हुन्। शुक्रबार बसेको बैठकबाट केही निर्णय नभएको जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले बताए। 

उनले गठबन्धन दलबीच चुनावी तामेल गर्ने नगर्ने भन्ने बारे निर्णय गर्ने अन्तिम समय सीमा शनिबारसम्म रहेको हुँदा शनिबार बस्ने बैठकले ठोस निर्णय दिनेछ। ‘छलफल जारी रहेको हुँदा शनिबारसम्म बैठकले गठबन्धनको अन्तिम निर्णय गर्ने छ,’ अध्यक्ष यादवले भने, ‘जिल्लामा चार दलीय गठबन्धनको सम्भावना भएको र त्यसका लागि छलफल जारी राखेका छौं।’  

मोरङ काँग्रेसका सभापति डिगबहादुर लिम्बूले गठबन्धनका लागि गठन भएको जिल्लास्तरीय कार्यदलले चाँडै आवश्यक निर्णय गर्ने बताए। काँग्रेस मोरङभित्र सम्मानजनक गठबन्धनको पक्षमा रहेको बताउँदै लिम्बूले विराटनगरको हकमा भने एकल प्रतिष्पर्धा गर्ने स्पष्ट पारे। महानगपालिकामा काँग्रेसले अघिल्लो चुनावमा जित हासिल गरेको थियो। सभापति लिम्बूले अन्यत्र सम्मानजनक गरिने भए पनि महानगरमा वडा तहबाटै कार्यकर्ता तालमेल नगर्न माग गरेकाले कार्यकर्ताको माग बमोजिम महानगरपालिकामा काँग्रेसले एकल उम्मेद्ववादी दिन्छ।    

विराटनगर वडा–६ का सचिव प्रकाश मण्डलको समूहले विराटनगरमा चुनावी तालमेल नगर्न माग राख्दै पार्टी सभापतिलाई ध्यानाकषर्ण पत्र बुझाएको छ। मण्डलले तालमेलले विराटनगरमा काँग्रेसलाई असर पुग्ने भएकाले आफूहरु तालमेलको विपक्षमा रहेको बताए।  

गठबन्धनमा आवद्ध ४ दलले गठन गरेको कार्यदलमा काँग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकीकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल बैठकमा सहभागी थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस