विवादमा न्यायपालिका
०१ वैशाख २०७९
•
७ मिनेट पाठ
विवादमा न्यायपालिका
न्यायपालिकाका लागि २०७८ साल इतिहासमै सर्वाधिक आलोचित रह्यो। प्रधानन्यायाधीशको कार्यपालिकासँगको साँठगाँठ, प्रधानन्यायाधीशविरुद्ध सडकमा आन्दोलन र संसद्मा महाभियोग प्रस्ताव दर्ता, प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसलाले न्यायपालिका विवादसँगै चर्चाको विषय बनिरह्यो।




न्यायपालिकामा विकृति, विसंगति, भ्रष्टाचार, बिचौलिया मौलाएको विषय सार्वजनिक रुपमै आयो। न्यायपालिकाकै प्रमुख प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भयो। त्यसपछि उनी निलम्बित छन्। सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध २०७८ फागुन १ मा महाभियोग प्रस्ताव दर्ता गराए। उनीमाथिको आरोप संसद्ले  पुष्ट्याउन सकेन भने व्यवस्थापिकाले न्यायपालिकामाथि ‘इगो’ साँधेको ठहर हुनेछ।

त्यतिमात्रै होइन, न्यायपालिका सुधार्नका लागि २०७८ साउनमा सर्वोच्च अदालतमा एक प्रतिवेदन पेस भयो। न्यायालयमा हुनसक्ने विकृति, विसंगति, अनियमितता वा भ्रष्टाचार एवं बिचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपाय सम्बन्धमा प्रतिवेदनमा सुझाव दिइएका छन्। सर्वोच्च अदालतकै न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्व, न्यायाधीश प्रकाशमान सिंह राउतसमेत रहेको अध्ययन समितिले प्रतिवेदन प्रधानन्यायाधीश जबरालाई बुझाएपछि न्याय क्षेत्रमै एकखालको हलचल मच्चिएको थियो। प्रतिवेदन कार्यान्वयनका लागि दबाब दिइएको थियो। तर कार्यान्वनयमा आलटाल हुँदा सहकर्मी न्यायाधीशले नै जबराको राजीनामाको मागसम्म राखे, इजलास बहिष्कार गरे, मुद्दा हेरेनन्।

जबराको बहिर्गमनको माग गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीश र नेपाल बार एसोसिएसन २०७८ कात्तिकदेखि आन्दोलनमा उत्रिए। बारको आन्दोलन फागुनसम्म अर्थात् जबराविरुद्ध महाभियोग दर्ता नहुँदासम्म जारी रह्यो। सर्वोच्च अदालतका १९ जना न्यायाधीशले कात्तिक ९ देखि इजलास हेरेनन्। त्यसै दिनदेखि जबराले तोकेको इजलाससमेत उनीहरूले बहिष्कार गरे। कार्की समितिको प्रतिवेदनको सुझावअनुसार मंसिर १५ देखि गोला प्रक्रिया लागू गरियो। गोला प्रक्रियाबाट दैनिक मुद्दाको पेसी तोक्न थालेपछि न्यायाधीशहरू इजलासमा फर्किए।

सर्वोच्च अदालतमा कात्तिकदेखि सुरु भएको विवाद सल्टिन नसक्दा न्याय प्रशासनमा निकै असर पुग्यो।  प्रधानन्यायाधीशको अध्यक्षतामा रहेको न्यायपरिषद्को बैठक, न्यायसेवा आयोगको बैठक लामो समय बस्न नसक्दा न्यायाधीश नियुक्ति, कर्मचारी सरुवा बढुवादेखि, जिल्ला न्यायाधीशको नतिजा प्रकाशनसम्म प्रभावित भयो। जबरालाई महाभियोग लगाएपछि मात्रै कायममुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीको अध्यक्षतामा न्यायपरिषद् र न्यायसेवा आयोगको बैठक बसेर न्यायाधीश नियुक्ति, सरुवालगायतका निर्णय लियो।

सर्वोच्च अदालतको पूर्ण बैठक बस्दा पनि प्रधानन्यायाधीशले र अन्य न्यायाधीशले छुट्टाछुट्टै बसेर निर्णय पुस्तिकामा हस्ताक्षर गरे। एकठाउँमा बैठकसमेत नबसेका न्यायाधीशहरूले जबरासँग इजलास पनि नबस्ने घोषणा गरेका थिए। त्यसैगरी नेपाल बार एसोसिएसनले पनि उनी संलग्न ठाउँमा सहभागी नहुन सार्वजनिक अपिल गरेको थियो।

त्यसकारण वरिष्ठतम न्यायाधीश कार्की न्यायपरिषद्, न्यायसेवा आयोगको बैठकमा सहभागी भएनन्। तर उनले न्यायसेवाको बैठकमा छुट्टै हस्ताक्षर भने गरेका थिए। न्यायाधीश कार्कीमात्र होइन, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधिवक्ता खम्मबहादुर खाती, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पनि जबरासँग बैठक नबसी छुट्टै हस्ताक्षर गरेका थिए।

कार्यपालिकामा भाग खोज्दा महाभियोग

२०७८ असोज २२ मा पाँचदलीय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशका नातेदार गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरे। हमाललाई जबराको भागबाट मन्त्री बनाइएको कुरा बाहिर आएपछि यो विषय विवादमा पर्‍यो।

न्यायपालिका प्रमुखले कार्यपालिकासँग भागबन्डा खोज्नु गलत रहेको भन्दै जबराविरुद्ध आन्दोलन सुरु भएको थियो। तर हमालले मन्त्री भएको दुई दिनमै असोज २४ मा राजीनामा दिए। त्यसपछि कात्तिक ७ बाट आफ्नै सहकर्मीले असहयोग गरेपछि जबरा अप्ठेरोमा परे। विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको पूर्णबैठकमा सुरुमा सर्वोच्चमा उपस्थितमध्ये १४ जना न्यायाधीशले समझदारी गरे। त्यसपछि सर्वोच्चका १९ न्यायाधीश नै जबराको विपक्षमा उभिए।

प्रधानन्यायाधीश जबराको राजीनामालाई ‘बटम लाइन’ बनाएको नेपाल बार एसोसिएसन आन्दोलनको सुरक्षित अवतरणको खोजीमा नेता गुहार्न जुट्यो। प्रधानन्यायाधीश जबराले राजीनामा पनि नदिने, राजनीतिक दलहरू (संसद्) ले महाभियोग पनि नलगाउने देखिएपछि बारलाई आन्दोलन टिकाइराख्न कठिन भएको थियो। आन्दोलनबाट समाधान ननिस्कने र बीचमै छोड्न पनि नमिल्ने देखिएपछि बारका पदाधिकारी राजनीतिक दलको सहयोग खोज्दै नेताका घरदैलोमा पुगे।

नेपाल बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामा माग्न र राजीनामा नआए महाभियोग लगाउन आग्रह गरे। सँगसँगै बारका तत्कालीन पदाधिकारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमै पुगेर महाभियोगका लागि सहयोग मागे।

प्रधानन्यायाधीशको अधिकार कटौती

न्यायालयको इतिहासमा प्रधानन्यायाधीशले लिँदै आएको एउटा अधिकार कटौती यसै वर्ष भयो। अदालतमा समस्याको रूपमा रहेको बिचौलिया हट्ने अपेक्षासमेत लिइएकाले दैनिक रूपमा प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी गोला प्रक्रिया (अटोमेसन) प्रणालीमा लगियो। अदालतमा देखिएको विवादको एउटा जड पेसी व्यवस्थापन थियो। गोला प्रक्रियामा गएपछि मुद्दामा किनबेच, बिचौलिया, भ्रष्टाचार न्यूनीकरण हुने आशा गरिएको छ।

पूर्वन्यायाधीशहरूको विरोध

न्यायालयमा उत्पन्न विवादका विषयमा पूर्वप्रधानन्यायाधीशहरूले पनि संयुक्त विज्ञप्तिमार्फत आफ्नो धारणा राखे। न्यायपालिकामा भैरहेको विवादका विषयमा प्रधानन्यायाधीश जबराले समस्या सिर्जना गरेकाले जवाफदेही उनी आफैं हुनुपर्ने धारणा चारजना पूर्वप्रधानन्यायाधीशले सार्वजनिक गरे। पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीले विज्ञप्तिमार्फत न्यायपालिकामा उत्पन्न विवादको निकास दिन अविलम्ब प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिए। प्रधानन्यायाधीश जबराले गठबन्धन सरकारमा भागबन्डा खोजेको भनी उठेको विवाद सन्दर्भमा पूर्वन्यायाधीशहरूको फोरमले पनि धारण राख्यो। सर्वोच्चसँग जोडिएका विभिन्न खालका विवादले गर्दा न्यायिक स्वच्छता झन् झन् धुमिल हुँदै गएको र न्यायपालिका गम्भीर विवादको भुमरीमा परेको टिप्पणी फोरमले गरेको थियो।

प्रतिनिधिसभा पुनर्स्थापना

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठ ७ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ मा प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति घोषणा गरिन्। विघटनविरुद्ध सर्वोच्च अदालतमा प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवालगायत १ सय ४६ जनाले जेठ १० मा रिट निवेदन दर्ता गरे। सर्वोच्च अदालतले दोस्रो पटक पनि प्रतिनिधिसभा पुनस्र्थापना गर्दै परमादेशको आदेश जारी गर्‍यो।

सर्वोच्चले संविधान उल्लंघन गरेर कोही कसैलाई सत्तामा बस्न छुट नहुने ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्न बार र समय तोकेर राष्ट्रपतिको कार्यालयका नाममा २०७८ असार २८ मा परमादेश जारी गरेको थियो। प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले एक साता (साउन ३) भित्र प्रतिनिधिसभाको बैठक बोलाउन मिति र समय तोेकेको थियो। सर्वोच्चले प्रधानमन्त्री ओलीले गरेको विघटनको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गर्नुलाई संविधानविपरीत भएको ठहर गर्दै रिट निवेदनमा मागेबमोजिम परमादेशको जारी गरेको थियो।

त्यसपछि देशको राजनीतिक परिवेस पनि परिवर्तन भयो। ओली सरकार हट्यो, कांग्रेसले नेतृत्व गरेको गठबन्धन सरकार बन्यो। सर्वोच्चले पटकपटक प्रतिनिधिसभा विघटन गर्दा त्यसले देशमा राजनीतिक अस्थिरता निम्त्याउने व्याख्या गरेको थियो। विघटनको काममा राष्ट्रपति भण्डारीले सीमा नाघेको ठहर गर्दै सर्वोच्चले संविधानको धारा ७६ (५) बमोजिम दलभित्रको ह्विप नलाग्ने ठहर गरेको थियो। अदालतले प्रधानमन्त्री नियुक्तिको आदेश दिन नमिल्ने तर संविधान उल्लंघन भएको भन्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।
अर्को समाचार
'न्यायालयलाई विवादमा तान्दै गठबन्धन'
२४ असोज २०७८
•
४ मिनेट पाठ
'न्यायालयलाई विवादमा तान्दै गठबन्धन'
संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ। तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्यायपालिकामाथि प्रश्न उठाउँदै अभिव्यक्तिहरू आउन थालेका छन्। न्यायपालिकामाथि बेलाबेलामा प्रश्न उठ्ने गरे पनि पछिल्लो साता न्यायपालिका निकै आलोचित हुन पुगेको छ। शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै यसको तह झन् बढेर गएको छ।




प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका विषयमा गरिएको टिप्पणीले सिंगो न्यायपालिकामाथि प्रश्न उठाउन थालिएको छ। अहिलेसम्म न्यायपालिकालाई कार्यपालिकासँग जोडेर यसरी टीकाटिप्पणी भएका थिएनन्। सर्वोच्च अदालतले गरेका फैसलामाथि कहिलेकाहीं आलोचना हुने गरेका थिए। प्रधानन्यायाधीश, न्यायाधीशका विषयलाई लिएर आलोचना नभएका पनि होइनन्। न्यायपालिकामा भ्रष्टाचार, बिचौलिया, अनियमितता बढ्दै गएको गुनासा आएपछि त्यसका लागि अध्ययन गर्न बनेको समितिले प्रतिवेदनसमेत प्रधानन्यायाधीशलाई बुझाइसकेको छ। यसअघि पटकपटक बनेका अध्ययन समितिले न्यायपालिकामा भ्रष्टाचार, बिचौलिया भएको ठहर गरिसकेका छन्। तर, यसरी न्यायपालिकाले कार्यपालिकासँग मन्त्रिमण्डलमा भागै खोजेको विषय भने बाहिर आएको थिएन। यसले न्यायपालिकामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ।

प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदा त्यसमा एकजना गैरसांसद र वर्तमानमा मूलधारको राजनीतिभन्दा केही पर रहेका व्यक्तिलाई मन्त्री बनाएका छन्। पाँच दिनअघि सर्वोच्च अदालतले प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग नखोजेको विज्ञप्तिमार्फत स्पष्ट पारेको थियो। वाणिज्यमन्त्रीमा गजेन्द्र हमाल नियुक्त भएपछि सामाजिक सञ्जाललगायतमा चर्चा चुलिएको छ। उनले कसरी नियुक्ति पाए भन्ने विषय सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँग जोडिएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की भन्छन्, ‘न्यायपालिकाको स्वतन्त्रतालाई कार्यपालिकामा बुझाउने काम प्रधानन्यायाधीशबाट भएको देखियो। न्यायपालिका, कार्यपालिकाको एउटा अंगका रूपमा भएको देखियो।’ 
प्रधानन्यायाधीश जबरा र हमालको पारिवारिक नाता सम्बन्धका कारण चर्चा चलेको हो। प्रधानन्यायाधीश जबराले गत साता सर्वोच्च अदालत बारका पदाधिकारीसँगको भेटमा हमालको विषयमा आफैंले कुरा उठाएका थिए। कार्यपालिका, व्यवस्थापिकामा केही विवाद आए। त्यो विषय न्यायपालिकासँग गएर जोडियो। प्रतिनिधिसभा, राजनीतिक दलभित्र आएका विवादहरू न्यायपालिकामा मुद्दाका रूपमा पुगे।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिए। विघटनपछि सर्वोच्च अदालतमा मुद्दा पर्‍यो। पहिलोपटकको विघटन मुद्दामा प्रतिनिसभा पुनस्र्थापना भयो। दोस्रोपटकको विघटन मुद्दामा प्रतिनिधिसभा पुनस्र्थापनासँगै देउवालाई प्रधानमन्त्री बनाउनु भन्ने परमादेश जारी भयो। तत्कालीन ओली सरकारले संवैधानिक निकायहरूमा नियुक्तिको सिफारिस गर्‍यो। नियुक्तिको सिफारिस हुँदा निकै विवाद भए। विवाद मात्र भएन, सर्वोच्च अदालतमा मुद्दासमेत परे। ती मुद्दा विचाराधीन छन्। संवैधानिक परिषद्बाट भाग खान पल्केको बताउँदै विश्लेषक कृष्ण पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालका नेताहरू र न्यायिक नेतृत्वले मिलेर ध्वस्तै पार्ने भए मुलुकको शासन पद्धति र न्यायपालिका!!!’

संविधानले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था गरेको छ। संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारका लागि तत्कालीन ओली सरकारले अध्यादेश ल्यायो। अध्यादेशमा बहुमतले नियुक्तिको सिफारिस गर्ने व्यवस्था गरियो। संवैधानिक परिषद्को सदस्यको हैसियतले प्रधानन्यायाधीश जबराले बैठकमा भाग लिए। त्यसपछि उनीविरुद्ध सर्वोच्चमै मुद्दा दर्ता भयो। त्यो मुद्दा सुनुवाइमा उनी बस्ने कि नबस्ने भन्नेमा इजलासमै विवाद भयो। मुद्दा विचाराधीन छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की न्यायपालिकालाई विवादमा ल्याउने कार्यपालिका प्रमुख र सत्ता गठबन्धन दलहरू नै भएको बताउँछन्।

‘जुन विवादमा सर्वोच्चले पुनस्र्थापनाको फैसला गर्‍यो, त्योभन्दा अघि नै प्रधानन्यायाधीशले म गरिदिन्छु, मेरो मन्त्री बनाइदिनुपर्छ भन्ने गठबन्धन गरेकोजस्तो देखियो,’ उनले भने, ‘गठबन्धनका शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल पनि दोषी देखिए।’

शक्ति पृथकीकरणको सिद्धान्त, न्यायपालिकाको स्वतन्त्रता भन्ने नदेखिएको कार्कीको तर्क छ। ‘न्यायपालिकाको स्वतन्त्रतालाई कार्यपालिकामा बुझाउने काम प्रधानन्यायाधीशबाट भएको देखियो। न्यायपालिका, कार्यपालिकाको एउटा अंगका रूपमा भएको भन्ने देखियो। आमजनताले त्यही रूपमा बुझे’, पूर्वन्यायाधीश कार्कीले भने, ‘भोलि सत्तारूढ दलले जे भन्यो त्यही गर्ने हो भने जनताले न्याय कसरी पाउँछन्? न्यायपालिकाले भविष्यमा सम्पादन गर्ने काममा पनि असर पर्ने देखियो। यस्तो कामले कसैलाई फाइदा गर्दैन। न्यायपालिकामाथि धब्बा लाग्यो। कार्यपालिकासँग गरिएको लेनदेनजस्तो मान्ने हो भने खत्तम हुन्छ।’

कार्यपालिकाले जहिले पनि न्यायपालिकालाई प्रभाव पार्न खोज्ने पूर्वन्यायाधीश कार्कीको अनुभव छ। विशेष अदालतका पूर्वअध्यक्ष भएको बेलामा पनि उनलाई प्रभाव पार्न लेनदेनका अफर आउँथे। ‘प्रभाव पार्ने कुरा न्यायपालिकाले मान्ने कि नमान्ने? संवैधानिक नियुक्तिमै प्रधानन्यायाधीशको भाग देखिन्छ। उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरिएको छ,’ कार्कीले भने, ‘कार्यपालिकासँग व्यक्तिगत फाइदाका लागि माग गर्ने भन्ने कुरा घातक हो। दोष गठबन्धनकै छ। न्यायपालिकालाई क्षति पुगेको छ। गुमेको जनआस्था फर्काउन गाह्रो पर्छ।’
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस