गठबन्धन दलमा आवद्ध महिलाहरुले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता सुनिश्चित गर्न दवाब दिन थालेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन भएपछि महिलाहरुको सहभागिता न्युन हुन सक्ने भन्दै महिलाहरुले प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य गर्न दलहरुलाई ध्यानाकर्षण गराएका हुन्।
पाँच दलिय गठबन्धन हुँदा प्रमुख र उपप्रमुख फरक-फरक पार्टीबाट उम्मेदवार हुनसक्ने भएकाले दुबै पार्टीले पुरुष उम्मेदवार अगाडी सारेमा महिलाहरु सहभागि हुनबाट बञ्चित हुने भन्दै महिलाहरुले ध्यानाकर्षण गराएका छन्।
दुई पार्टीबाट प्रमुख उपप्रमुखको उम्मेदवारी दिँदा त्यसमा पुरुषकै हावी हुने देखिन्छ, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य गंगा दाहालले भनिन्, गठबन्धनका कारण महिला शुन्य सहभागिता हुनु भएन। उनले संबैधानिक र कानुनीरुपमा महिलाले पाएको अधिकार गठबन्धनबाटै चुनावमा सुनिश्चित हुनुपर्ने उनको भनाई छ। महिलाहरुले जिल्लास्थित गठबन्धन दलमा आवद्ध सबै पार्टीमा ध्यानाकर्षण पत्र बुझाइएका छन्।
गत २०७४ सालको निर्वाचनमा एउटै पार्टीबाट उम्मेदवार हुँदा प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य सहभागिता गराइएको थियो तर अहिले पाँच दलबीच गठबन्धन भएकाले महिला सहभागिता कम हुने देखिएकाले पार्टीमा ध्यानाकर्षण पत्र बुझाइएको नेकपा माओवादी केन्द्रकी नेतृ सबिता कोइरालाले बताइन्। 'हामी हाम्रा पार्टीको नेताहरुको ध्यानाकर्षण गराउन चाहन्छौं, उनले नागरिकसँग भनिन्।
हामीले प्रमुख वा उपप्रमुखमा ५० प्रतिशत अनिवार्य सहभागिताको सुनिश्चत गर्न माग गरेका छौं। गत निर्वाचनमै पचास प्रतिशत महिला सहभागि भएको अभ्यास गरिसकिएकाले आगामी वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनबाटै पचास प्रतिशत कायम गर्नुपर्ने उनको भनाई छ।
शुक्रबार जिल्ला स्थित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका पाँच दलको पार्टी कार्यालयमा गठबन्धनमा आवद्ध दलका महिलाहरुले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका छन्।
गठबन्धन हुँदा हामीलाई महिलाको सहभागिता सुनिश्चित हुन्छ र गुम्छ भन्ने आशंका भएकाले हामीले सबै दललाई ध्यानाकर्षण गराएका हौ, हामी निरन्तर दबाब दिन्छौ, नेकपा एकिकृत समाजवादीकी नेतृ शान्ता पाख्रिनले भनिन्। नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले महिलाको माग जायज भएकाले पार्टीको प्रदेश कार्यसमिति हुदै केन्द्र सम्म महिलाको माग सम्बोधन गर्न आफू लागि पर्ने बताए।