ओलीसँग सहकार्यको सम्भावना छैनः नेपाल
२० चैत्र २०७८
•
२ मिनेट पाठ
ओलीसँग सहकार्यको सम्भावना छैनः नेपाल
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः पुष्पराज/नागरिक
नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। स्थानीय निर्वाचनमा केपी ओली बाहेकका अरु जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बताएका हुन्।  




आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले केपी ओलीलाई प्रतिगामीको संज्ञा दिँदै भने, ‘प्रतिगामीका विरुद्धमा अग्रगमनकारीबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य हुन्छ, त्यसका लागि हामी छलफलमै छौँ।’

उनले स्थानीय निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक पार्टीबीच तालमेल हुने बताउँदै भने,‘प्रतिगमनका विरुद्धमा हामी अग्रगमनकारीबीच तालमेलको सहमति हुन्छ, त्यसलाई इमान्दारीका साथ सबैले पालना गर्नुपर्छ।’ अध्यक्ष नेपाल कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दसहित सोही नगरपालिकाका अधिकांश वडा अध्यक्षलाई पार्टी प्रवेश गराउनका लागि सुदूरपश्चिम पुगेका अध्यक्ष नेपालले समाजवादीमा प्रवेश गर्नेको देशभर लहर चलेको पनि बताए।  

नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नेको जनलहर देखेर केपी ओलीको दिमाग हडबडिएको बताउँदै उनले भने,‘हाम्रोमा प्रवेश गर्नेहरुलाई ओली समूहले न्वारनदेखिको बल लगाएर रोक्ने प्रयास गरिरहेका छन्, तर पनि कुनै पार लाग्नेवाला छैन।’ आफ्नो पार्टी सही विचार, सही नीति, सही मूल्य र मान्यताले अघि बढेकाले पार्टीप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको नेता नेपालले बताए। उनले भने,‘हाम्रो सिद्धान्त, विचार, नीति तथा मूल्य र मान्यता सही भएकै कारण हामीप्रति आकर्षण बढ्दो छ।’ पत्रकारहरुको जिज्ञासामा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउनु स्वभाविक भएकाले त्यसबारे केन्द्रमा छलफल भइरहेको पनि उनले बताए।

‘स्वभाविक रुपमा कांग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउनु पर्छ,’ उनले भने,‘यसका लागि स्थानीय निर्वाचन अगाडि या पछाडि के गर्ने भन्नेमा हामी चाँडै छलफल गर्नेछौँ।’ गठबन्धनमा वडादेखि स्थानीय तहसम्मको तालमेलको कुरा अहिल्यै नभन्ने बताउँदै उनले भने,‘कहाँ कसरी तालमेल हुन्छ त्यो कुरा अहिल्यै भनिदियो भने प्रतिगमनकारीलाई विज्ञापन भइहाल्छ, तसर्थ त्यो अहिल्यै भन्दिन।’ उनले आफूहरुको गठबन्धनको तालमेललाई पनि गोप्य राख्न चाहेको भाव प्रकट गरे।
अर्को समाचार
ओलीसँग सहकार्यको सम्भावना छैनः नेपाल
२१ चैत्र २०७८
•
२ मिनेट पाठ
ओलीसँग सहकार्यको सम्भावना छैनः नेपाल
एमालेका अध्यक्ष केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। स्थानीय निर्वाचनमा केपी ओलीबाहेकका अरू जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बताएका हुन्।




आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनम एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीलाई प्रतिगामीको संज्ञा दिँदै भने, ‘प्रतिगामीका विरुद्धमा अग्रगमनकारीबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य हुन्छ, त्यसका लागि हामी छलफलमै छौं।’ उनले स्थानीय निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक पार्टीबीच तालमेल हुने बताउँदै भने, ‘प्रतिगमनका विरुद्धमा हामी अग्रगमनकारीबीच तालमेलको सहमति हुन्छ, त्यसलाई इमानदारीका साथ सबैले पालना गर्नुपर्छ।’ अध्यक्ष नेपाल कञ्चनपुरको वेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दसहित सोही नगरपालिकाका अधिकांश वडा अध्यक्षलाई पार्टी प्रवेश गराउन सुदूरपश्चिम पुगेका अध्यक्ष नेपालले समाजवादीमा प्रवेश गर्नेको देशभर लहर चलेको पनि बताए।

एकीकृत समाजवादीमा प्रवेश गर्नेको जनलहर देखेर केपी ओलीको दिमाग हडबडिएको बताउँदै उनले भने, ‘हाम्रोमा प्रवेश गर्नेहरूलाई ओली समूहले न्वारानदेखिको बल लगाएर रोक्ने प्रयास गरिरहेका छन्। तर पनि कुनै पार लाग्नेवाला छैन।’ आफ्नो पार्टी सही विचार, सही नीति, सही मूल्य र मान्यताले अघि बढेकाले पार्टीप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको नेता नेपालले बताए।

उनले भने, ‘हाम्रो सिद्धान्त, विचार, नीति तथा मूल्य र मान्यता सही भएकै कारण हामीप्रति आकर्षण बढ्दो छ।’ पत्रकारहरूको जिज्ञासामा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउनु स्वाभाविक भएकाले त्यसबारे केन्द्रमा छलफल भइरहेको पनि उनले बताए।

‘स्वभाविक रूपमा कांग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउनुपर्छ,’ उनले भने, ‘यसका लागि स्थानीय निर्वाचनअगाडि या पछाडि के गर्ने भन्नेमा हामी चाँडै छलफल गर्नेछौं।’ गठबन्धनमा वडादेखि स्थानीय तहसम्मको तालमेलको कुरा अहिल्यै नभन्ने बताउँदै उनले भने, ‘कहाँ कसरी तालमेल हुन्छ, त्यो कुरा अहिल्यै भनिदियो भने प्रतिगमनकारीलाई विज्ञापन भइहाल्छ, तसर्थ त्यो अहिल्यै भन्दिनँ।’ उनले आफूहरूको गठबन्धनको तालमेललाई पनि गोप्य राख्न चाहेको भाव प्रकट गरे।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस