भक्तपुरको आदर्शस्थित सूर्यविनायक कृषि तथा थोक बजार प्रालि सूर्यविनायक भक्तपुरको बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलील उद्घाटन गरेका छन्।
कार्यक्रममा तरकारी बजारका अध्यक्ष एवं चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले वैशाख ३० गतेको स्थानीय निकायको निर्वाचनको परिणामपछि यी दलहरु केपी ओलीले काठमाडौंमा बनाएको धरहटाको टुप्पोमा पुगेर दुरविनले हेर्दा पनि नदेखिने हुने दाबी गरेका छन्।
एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजवादीले चुनावमा एक सिट मात्रै जितेर आयाे भने आफ्नाे भएभरको सम्पत्ति नेकपा एसले चाहेको व्यक्तिलाई पास गरिदिएर आफूले सन्यासी जीवन बिताउने उनले बताए।
कार्यक्रममा पार्टी नेताहरु सुवास नेम्वाग, महेश वस्नेत, एमाले भक्तपुरका अध्यक्ष वचन देउजालगायले आगामी निर्वाचनमा एमाल बलियो पार्टी भएर आउने दाबी गरे।
तरकारी बजार दुई अर्व लगानीमा सञ्चालनमा ल्याएको हो। बजारमा दुई हजार दुई सय स्टल रहेको जनाइएको छ। बजारबाट चार हजार चार सयले रोजगारी पाउने छन्। बजार अहिलेसम्मकै नेपालकै सवैभन्दा ठूलो तरकारी बजार भएको दावी गरिएको छ।
बजार जिल्लाको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्रमा रहेको छ। भक्तपुरकै मुख्य सूर्यविनायक चोक नजिकै दक्षिण पूर्वमा यो बजार रहेको छ। बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।
बजारमा दुई वटा ढोकाहरु रहेका छन्। एउटा अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट करिब दुईतीन सय मिटर पूर्व अरनिको राजमार्गबाटै र अर्काे अरनिको राजमार्ग अन्तर्गत आदर्श वस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमै रहेका छन्।
आधुनिक रुपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रुपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुई वटा ढोका राखिएको जनाइएको छ। कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ। कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ।
बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा विक्री पनि गर्ने जनाइएको छ। तरकारी बजारको निर्माण कार्य २०७५ सालको फागुनदेखि सुरु गरिएको थियो। बजार अरनिको राजमार्ग अन्र्तगत आदर्श वस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा रहेको छ। बजोरभित्र साढे सात सय स्टलहरु रहेको छन। बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ।
काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडी भित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी कुहिने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ। पूर्वी नाकाबाट आउने सवै तरकारीहरु पुर्याएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुर्याउन सकिने जनाइएको छ। जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ। कृषकहरुको बाहुल्यता रहेको जिल्लामा अहिलेसम्म व्यवस्थित कृषि बजार वन्न सकेको थिएन।