न्यायिक समितिको क्षेत्राधिकार बढाउनु पर्छः राष्ट्रपति
१४ चैत्र २०७८
•
४ मिनेट पाठ
न्यायिक समितिको क्षेत्राधिकार बढाउनु पर्छः राष्ट्रपति
न्यायिक सम्मेलनको उद्घाटन शत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः उमेश पुन/नागरिक
पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको छ। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो। सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्।




सम्मेलनमा देशभरका न्यायिक समितिका प्रमुखहरुको सहभागिता रहेको छ। आयोजक पोखरा महानगरपालिका न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङका अनुसार देशभरका करिब ७ सय जना न्यायिक समितिका प्रमुखहरुको सम्मेलनमा सहभागिता रहेको छ।

सम्मेलनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले न्यायिक समितिको क्षेत्रअधिकार बढाउनुपर्नेमा जोड दिएका छन्। न्यायिक समितिको क्षेत्रअधिकार अपर्याप्त हुँदा पूर्ण न्याय पाउने अवस्था नभएकाले यसको क्षेत्रअधिकार बढाउनुपर्ने उनीहरुको भनाई छ।

सम्मेलनको उद्घाटनमा राष्ट्रपति भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको बाहक भएको बताईन्। यसले पीडित सर्वसाधारणलाई न्याय दिलाउँदै न्यायको प्रत्याभूति दिलाउने उनको भनाई थियो। राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड र जरिवाना गर्ने कुरा चानचुने कुरा नभएकाले यसमा गाम्भीर्यता जरुरी रहेको बताईन्। ‘विभिन्न समूहको दवाबबाट माथि बसेर न्याय सम्पादनमा सक्षम हुनुपर्छ,’ उनले भनिन्। 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको क्षेत्रअधिकार किटान गरेकाले सो अनुसार न्याय सम्पादन गर्न आग्रह गरे। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्यायिक समितिको क्षेत्राधिकार बिस्तार गरेर सामान्य प्रकारका न्यायका लागि अदालत जानुपर्ने बाध्यता हटाउनुपर्ने बताए। ‘न्यायिक समितिको क्षेत्राधिकारसहित श्रोत र साधन सम्पन्न बनाउनुपर्छ,’ उनले भने। त्यसका लागि प्रदेश सरकार सदैव सकारात्मक रहेको उनको भनाई थियो।

उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले न्यायिक समितिको क्षेत्राधिकार अपर्याप्त भएको बताए। ‘न्यायिक समिति भनेको जन निर्वाचित न्यायाधिश हुन् तर यसको क्षेत्रअधिकार अपर्याप्त हुँदा पूर्ण न्याय दिने अवस्था छैन। त्यसैले यसको क्षेत्रअधिकार बढाउनुपर्छ,’ उनले भने। उनले न्यायिक समितिलाई श्रोत र साधनको अभाव हुनुका साथै क्षमता अभिवृद्धि र समर्पणको खाँचो भएको समेत औंल्याए। उनले भने, ‘न्यायिक समितिलाई श्रोत र साधन सम्पन्न बनाउने, दक्षता अभिवृद्धिका लागि वर्षेनी तालिमको आयोजना र दलीय भावना त्यागेर न्याय दिलाउने समर्पण भाव जगाउन जरुरी छ।’

जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले न्यायिक समिति प्रभावकारी बन्दै गएको बताए। उनले समितिको क्षेत्रअधिकार बढाउनुका साथै श्रोत र साधन सम्पन्न बनाउँदै लैजानुपर्नेमा जोड दिए।  

जिल्ला समन्वय समिति महासंघका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीतादेवी सुन्दासले न्यायिक समितिले सिमित श्रोत र साधनका बाबजुद गौरवपूर्ण जग बसाल्न सफल भएको बताईन। उनले समितिलाई अझ प्रभावकारी बनाउनका लागि श्रोत र साधन सम्पन्न बनाउने, सचिवालय स्थापना गर्ने लगायतका काम गर्नुपर्ने औंल्याईन्।

सम्मेलनको उद्घाटनशत्रमा कार्यपत्र प्रस्तुत गर्दै पोखरा महानगरपालिका न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले लामो, झञ्झटिलो, महंगो एवं औपचारिक न्याय प्रणालीबाट प्रताडित सर्वसाधारणलाई स्थानियस्तरमा नै न्याय प्रदान गर्ने र मेलमिलाप गराउने कार्य गरेर न्यायिक समितिलाई एक आशलाग्दो विवादको समाधान गर्ने तरिकाका रुपमा स्थापित गर्न सफल भएको दाबी गरिन्। उनले न्यायिक समिति र अदालत दुबैतर्फ उजुरी गर्न मिल्ने दोहोरो क्षेत्राधिकारको प्रयोगले न्याय सम्पादनमा विरोधाभास र अन्यौलता सिर्जना गरेको टिप्पणी गरिन्।  

त्यस्तै म्याद तामेली प्रक्रियामा जाँदा पालिका भन्दा बाहिरको कार्यक्षेत्रमा म्याद तामेली प्रक्रिया चुनौतिपूर्ण रहेको, विवादको फैसला र मानाचामल भराउन आदेश दिदा फिल्डमा गएको अवस्थामा बिना प्रमाण पक्षका कुरा सुन्ने प्रवृत्तिले मुद्धाको मिसिलमा प्रमाण तथा अभिलेख नरहने तथा लिखत एवं सोको वैद्यता नहुने समस्या रहेको उल्लेख गरिन्। त्यस्तै, निर्णय वा फैसला कार्यान्वयन गर्न आफ्नो छुट्टै संयन्त्र नहुँदा जटिलता उत्पन्न भएको, मिलापत्र गराउँदा त्यसको कार्यान्वयन नभएमा दण्डित गर्नसक्ने अधिकार भएपनि कार्यान्वयन प्रभावकारी नभएको, तालिम, कार्यक्षेत्रगत ज्ञानको अभाव लगायतका कारण पनि न्याय सम्पादन चुनौतिपूर्ण रहेको उनको कार्यपत्रमा उल्लेख छ।

न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा देशभरका न्यायिक समितिका प्रमुखहरुले आफ्नो जिम्मेवारी सम्हालेका अनुभव आदानप्रदान गर्नेछन्। त्यस क्रममा उनीहरुले न्याय सम्पादनमा भएका सफलता, देखिएका समस्या र चुनौतिसँगै समाधानका उपायबारे आ–आफ्नो धारणा राख्ने न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले बताईन्।

‘हामी सम्मेलनमा न्यायीक समितिले गरेका असल अभ्यास र चुनौतिका विषयमा छलफल गछौर्,ं’ उनले भनिन्। उनले अहिले जे जति गर्न सकियो त्यसको समीक्षा गर्दै आगामी समितिलाई सुधार्नका लागि सुझाव दिने सम्मेलनको उद्देश्य रहेको स्पष्ट पारिन।  अन्त्यमा सम्मेलनले घोषणा पत्र जारी गर्ने गुरुङले जानकारी दिईन्। पोखरा घोषणा पत्रमार्फत न्यायिक समितिलाई थप बलियो र प्रभावकारी बनाउनका लागि सुझाव दिने उनको भनाई छ।
अर्को समाचार
महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो दुई सय ८१ उजुरी
२९ चैत्र २०८०
•
२ मिनेट पाठ
महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो दुई सय ८१ उजुरी
वीरगञ्ज महानगरपालिका अन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ।  




महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा गठित समितिमा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म दर्ता भएका तीन ५३ उजुरीमध्ये दुई सय ८१ वटा किनारा लगाएको हो। उपप्रमुख इम्तियाज आलम संयोजकत्वको टोलीले चालु आव २०८०/८१ को आठ महिनामा चारवटा उजुरी फछ्र्यौट गरेको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिए।

न्यायिक समितिमा चालु आवमा दर्ता भएको २३ वटा र अघिल्लो आव २०७९/८० बाट सरेर आएको ४९ वटा गरी ७२ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको अधिवक्ता थापाले बताए। उनका अनुसार न्यायिक समितिले आव २०७४/७५ मा एक सय २६ वटा, आव २०७५/७६ मा ७७ वटा, आव २०७६/७७ मा ५४ वटा, आव २०७७/७८ मा आठवटा, आव २०७८/७९ मा चारवटा र आव २०७९/८० मा चारवटा उजुरी किनारा लगाएको छ।

वीरगञ्ज महानगरपालिकामा गत आव २०७४/७५ देखि नै न्यायिक समिति गठन भएर कार्य गर्दै आएको छ। न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवादसम्बन्धी नै रहेको उनको भनाइ छ। न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माण खिचौला, लेनदेन, बालीनाली नोक्सानी, घरभाडा सम्बन्धमा आउने गरेको अधिवक्ता थापाको भनाइ छ।

स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ। उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सम्बन्धबिच्छेद, जग्गा विवाद, घरभाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेको लगायतका विवाद मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ।  

महानगरपालिकाको न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रका मुद्दा मामिलालाई मेलमिलापको सिद्धान्तमा निर्णय गर्दा प्रभावकारी बनेको स्थानीयले बताएको छ। न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको अधिवक्ता थापाले जानकारी दिए।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस