स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरू आन्तरिक रूपमा चुनावी अभियान जुटिसकेका छन्।
आउँदो निर्वाचनको परिणाम जसरी भएपनि आफ्नो पक्षमा पार्ने सबैभन्दा ठूलो दौडधुप अहिले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र त्यसबाट फुटेर गएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई देखिएको छ।
जिल्लामा मुख्य चुनावी प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने सम्भावना रहेपनि दल विभाजन र त्यसपछि केन्द्रीय तहका शीर्षनेताबीच देखिएको तिक्तताले एमाले आफ्नो ‘विरासत’ रक्षा गर्न सक्रिय छ। नेकपा (एस) भने एमालेलाई ‘जवाफ’ दिन र आउँदो निर्वाचनमा आफ्नो ‘अस्तित्व’ स्थापना गर्न चुनावी दौडमा ‘एग्रेसिभ’ देखिन्छ।
एमाले नगर, गाउँ र टोलसम्म पुगेर आफ्नो दलका नेता–कार्यकर्ता जोगाउन जुटेको छ भने नेकपा (एस) बढीजसो एमालेकै कार्यकर्तालाई आफ्नो दल प्रवेश गराउन प्रयास गरिरहेको छ। एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको जिल्ला भएकाले पनि पार्टी विभाजनको सोझो असर इलाम जिल्लालाई परेको देखिन्छ।
यसमा पनि खनालले प्रतिनिधिसभा निर्वाचन जितेको इलाम क्षेत्र नम्बर १ दुवै दलका लागि आउँदो निर्वाचनमा ‘महत्त्वपूर्ण’ देखिएको छ। यो क्षेत्रका २ नगर र ३ गाउँपालिकामध्ये सबैभन्दा धेरै मतदाता रहेको सूर्याेदय नगरपालिकाका अधिकतर जनप्रतिनिधि नेकपा (एस)मा प्रवेश गरेका थिए। तर, जनप्रतिनिधिको संख्या धेरै भएपनि मतदाता चाहिँ आफ्नै दलमा रहेको दाबी एमालेले गरिरहेको छ।
यही दाबी सार्थक बनाउन एमालेले क्षेत्र नम्बर १ को फिक्कलमा आउँदो आइतबार आमसभा आयोजना गरेको छ। आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। आमसभाबारे जानकारी दिन एमालेले शुक्रबार फिक्कलमै पत्रकार सम्मेलन आयोजना गर्यो। पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले आमसभामा १० हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको बताए।
आमसभामा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङसमेत सहभागी हुँदैछन्। अध्यक्ष बस्नेतका अनुसार इलाम क्षेत्र १ का केपी शर्मा ओलीले सम्भवतः अहिलेसम्म कुनैपनि औपचारिक कार्यक्रमलाई सम्बोधन नगरेकाले यही क्षेत्रमा आमसभा आयोजना गरिएको बताए।
‘सूर्याेदय नगरपालिकासहित क्षेत्र नम्बर १ मा एमालेका मतदाताको संख्या धेरै छ,’ उनले भने, ‘हिजो पनि यो क्षेत्र एमालेले नै जितेको हो, भोलि पनि जित्नेछ।’ बस्नेतले आइतबारको आमसभा राजनीतिकमात्र नभई यो क्षेत्रको विकास र समृद्धिका लागिसमेत महत्त्वपूर्ण रहने बताए। ‘यो आमसभा कुनै एमालेको राजनीतिक सभामात्र होइन, समग्र राष्ट्रको कार्यक्रम हो,’ उनले भने, ‘यहाँका बासिन्दाको समृद्धिको चाहना पूरा गर्न सहयोगी कार्यक्रम पनि हो।’
नेकपा (एस)का सम्मानित नेता खनालको निर्वाचन क्षेत्रमा एमालेले अध्यक्ष नै ल्याएर शक्ति प्रदर्शन गर्न लागेको हो? भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष बस्नेतले खनाल र नेकपा (एस) लाई लक्षित गर्दै भने, ‘कमजोरका अगाडि शक्ति प्रदर्शन गरिरहनु आवश्यक हुन्छ र!’
आमसभाको तयारीका लागि विभिन्न ९ उपसमिति निर्माण गरिएको आयोजक एमाले सूर्याेदय नगर कमिटी अध्यक्ष दुर्गादेवी भट्टराईले बताइन्। आमसभाको व्यवस्थापन एमाले जिल्ला कमिटीले गरेको छ। आमसभाका कारण फिक्कल क्षेत्रको यातायात व्यवस्थापनका लागि प्रहरी र प्रशासनसँगसमेत समन्वय भइरहेको भट्टराईले बताइन्।