पर्सामा नेपाली कांग्रेस पार्टीले होली (फागु) पर्वको अवसर छोपेर चुनाव केन्द्रीत शक्ति प्रदर्शन गरेको छ।
पर्सा क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिकामा पर्ने मसियानी गाउँमा होली मिलन समारोहमा कांग्रेसले भारी संख्यामा सहभागि र जिल्ला भरका कांग्रेसी नेताहरुलाई एउटै मञ्चमा उतारेको छ। ‘नेपाली कांग्रेस, होली मिलन समारोह’ उल्लेखित बैनर लगाएर मञ्च सजाइए पनि नेताहरुले आगामी चुनाव उपर केन्द्रीत भएर भाषण गरे।
क्षेत्रीय सभापति श्रीकान्त यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश प्रदेश संयोजक रमेश रिजालले देशमा राजनीतिक क्रान्ति भए पनि आर्थिक र समाजिक क्रान्ति हुन नसकेको र त्यो नेपाली कांग्रेसको अगुवाईमा मात्र सम्भव रहेको दावी गरे।
कांग्रेसको जीतमा सबैको हित निश्कर्ष सुनाउँदै नेता रिजालले होलीको शुभकामना दिन भने छुटाएनन्। अर्का केन्द्रीय अजय चौरसियाले यो पार्टीले मात्र देश तथा जनताको हितमा काम गर्न सक्ने भएकोले सबै तहमा कांग्रेसलाई जिताउन आह्वान गरे।
पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले २ तिहाईको नजिकको बुहमत प्राप्त नेकपाको सरकारले स्थिरता दिन नसक्नुले नेपाली कांग्रेसको विकल्प नरहेको प्रमाणित भएको बताए। कम्युनिष्ट सरकारमा चरम भ्रष्टाचार भएको उनले आरोप लगाए।
पेट्रोलियम इन्धन रसिया युक्रेन युद्धका कारण अन्तराष्ट्रिय स्तरमैं महँगिएकोले यसमा वर्तमान सरकारको दोष नरेको भन्दै सरकारको बचाउ पनि गरे। नेपाली कांग्रेस पर्साका नवनिर्वाचित सभापति जनार्दन सिंह क्षेत्रीले आगामी सबै तहको चुनावमा पार्टीले जसलाई टिकट दिए त्यसलाई जिताउन सबै नेता कार्यकर्ताको साझा र व्यक्तिगत जिम्मेवारी हुने बताए।
उनले पार्टीसँग धोका सह्य नहुने समेत बताए। पार्टीको अधिवेशनमा सभापति क्षेत्रीको प्रतिद्वन्दी रहेका नेता श्याम पटेलले पनि पार्टीको हीतमा लागिपर्न कार्यकर्तालाई आह्वान गरे। बैशाख ३० मा हुन भनिएको स्थानीयतह चुनाव र त्यस लगत्तै हुने अनुमान गरिएको प्रदेश सभा र प्रतिनिधि सभाका सदस्यहरुको आम चुनाव केन्द्रित कार्यक्रम भयो। अवसर भने होली पर्वलाई पारिएको छ।
‘अबिर खेल्ने’देखि ‘माँसाहारी खाजा’सहितको होली मिलन कार्यक्रममा चुनावको रंग भरपुर देखिएको थियो। कुनै समयमा नेपाली कांग्रेसको गढ भनिएको पर्सामा अघिल्लो पटक मधेश केन्द्रीत दल संघीय समाजवादी फोरम र जनता पार्टीको गठबन्धनले सफलता हात पारेको थियो।
चारवटा संसदीय क्षेत्र, आठ वटा प्रदेश सभा क्षेत्रमध्ये २ वटा प्रदेश सभा क्षेत्रमा मात्र कांग्रेसले जित हासिल गरेको थियो। यसपालि पुरानो हैसियत फर्काउने चुनौतिपुर्ण अभियानमा कांग्रेस यहाँ कस्सिएको देखिन्छ। कांगेसको प्रतिस्पर्धा अघिल्लो पटक यहाँ जित हासिल गरेका दलहरुभन्दा नेकपा एमालेसँग हुने जानकारहरु बताउँछन्।