नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा संस्थापनका उम्मेदवार जंगबहादुर तामाङ निर्वाचित भएका छन्। संस्थापनइतर पक्षका उम्मेदवार बंशलाल तामाङलाई पराजित गर्दै उनी नेतृत्वमा पुगेका हुन्।
१४ औँ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा जंगबहादुरले बंशलाललाई ६४ मतान्तरले पराजित गरे। सभापतिमा विजयी जंगबहादुरले ९ सय १२ मत पाए। प्रत्यासी बंशलालले ८ सय ४८ मत ल्याए। पहिलो चरणमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले बहुमत प्राप्त नगरेपछि दोस्रो चरणको मतदानबाट नेतृत्व टुंगो लागेको हो। दोस्रो चरणमा १ हजार सात सय ७४ मत खसेको थियो। यसअघि पहिलो चरणमा जंगबहादुर, बंशलाल र डा. प्रेमध्वज लामाबीच प्रतिस्पर्धा भएको थियो।
तेस्रो भएका लामा प्रतिस्पर्धाबाट बाहिरिएपछि दोस्रो चरणमा जंगबहादुर र बंशलालबीच प्रतिस्पर्धा भएको थियो। कांग्रेस विधानमा जिल्ला सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत प्राप्त गर्नै पर्छ। सभापतिमा निर्वाचित जंगबहादुर पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। पराजित बंशलाल नेता शेखर कोइराला समूहका हुन्। लामा भने संस्थापनबाटै बागी उम्मेदवार बनेका थिए। दोस्रो चरणमा लामाले बंशलाललाई सघाएका थिए। उनले लामाले पहिलो चरणमा पाएको सबै मत पाउन सकेनन्।
यसअघि क्षेत्रीय सभापति भइसकेका जंगबहादुर रामचन्द्र पौडेल–कोइराला खेमामा थिए। चौधौँ महाधिवेशनको मुखमा उनले खेमा परिवर्तन गरेका थिए। उनी निर्माण व्यवसायी पृष्ठभूमिका हुन्। बलियो खेमा समाउँदा सक्रिय पार्टी राजनीतिमा आवद्ध भएको दशककै बीचमा उनी नेतृत्वमा पुग्न सफल भएका हुन्। दुई दशकअघि नै जिल्ला सचिवको जिम्मेवारी सम्हालेका पराजित उम्मेदवार बंशलाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष हुन्। उनी गाउँपालिका राष्ट्रिय महासंघका महासचिव पनि छन्।
‘गुट, उपगुट भत्काएर पार्टीलाई एक ढिक्का बनाउँछु,’ आइतबार मध्यराति सभापतिमा निर्वाचित भएको घोषणापछि कार्यकर्तालाई सम्बोधन गर्दै जंगबहादुरले भने। सभापतिका प्रत्यासी बंशलालले सबैलाई समेटेर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरे।