नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतको गीतलाई लिएर धेरै विरोध गरिराख्नु पर्ने जस्तो नलागेको बताएका छन्। पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सोमबार बिहानै धनगढी आइपुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मानिसले आफ्नो अनुभव, अनुभूति अनुसार गीत, कविता, नाटक बनाउँछन्। ‘डिभेट’ त हुन सक्छ, माओवादी आन्दोलनको एउटा पाटोको बारेमा कसैले चर्चा गर्यो भनेर धेरै हामीले आवेगमा आउनु पर्ने म ठान्दिनँ।’
प्रकाश सपूतले जसरी गीत बनाए त्यो आफूले अलिअलि मिडियामा मात्रै हेरेको प्रचण्डले बताए। उनले भने, ‘मैले प्रकाश सपूतको पूरै प्रस्तुति हेरेको छैन।’ अहिले यो विषय धेरै गहिरो छ भनेर आफूले नभन्ने उनले बताए। पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एउटा पाटोबाट मात्रै माओवादी युद्ध, नेतालाई र त्यसका कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ। यसका धेरै आयामहरु छन्। धेरै पक्ष छन्, धेरै मर्महरु छन्। नेतृत्वले शान्ति सम्झौतामा किन ल्यायो? कार्यकर्ताको व्यवस्थापन के भयो? के भएन? कति भयो? भएन? यो पचासौं वर्षपछि पनि त्यसको पक्ष र विपक्षमा तर्क वितर्क भइरहने छ।’
आफू भ्रमणको शिलशिलामा कतारमा जाँदा होस्, या मलेसियामा जाँदा जनयुद्धमा सहभागी लडाकुहरूको जीवन देखेको उनले बताए। ‘मैले विदेशमा रहेका पूर्व लडाकु जतिलाई भेटेँ उहाँ त्यस्तो दुःख गरेर पनि उहाँहरूले मलाई भन्नुहुन्थ्यो, कमरेड फेरि पनि तपाईंलाई असजिलो पर्यो भने भन्नुस् हैँ? हामी बिग्रिएका छैनौं, विचलित भएका छैनौं। देशको निम्ति शान्तिमा आउनै पर्थ्याैं, समावेशीतासँग सबै उत्पीडित वर्गले केही न केही हक अधिकार पाएका छन् भनेर गर्व गरेर बसेको पक्ष पनि छ। बर्बाद पार्यो माओवादी पार्टीले शान्तिमा ल्याएर भन्ने पनि छन्।’
जनयुद्धमा महिलाहरूले वीरता र कीर्तिमान कायम गरेको कुराहरू पनि रहेको प्रचण्डले स्मरण गराए। ‘महिलाहरूको हिजो जनयुद्धको बेलामा वीरता र त्यसका कीर्तिमान कायम गरेका कुराहरू पनि छ। राज्यका तर्फबाट गरिएका दमनका पक्ष पनि छन्,’ उनले भने, ‘यो विषय मेरो विचारमा अहिले उत्तेजित कोही हुनुपर्ने छैन। पक्ष/विपक्ष, तर्क/वितर्क हुन्छ त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ।’