संसद्मा पार्टी नीतिविपरीत रावल
३० फागुन २०७८
•
३ मिनेट पाठ
संसद्मा पार्टी नीतिविपरीत रावल
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले गत भदौदेखि सभामुखअघिको वेलमा नाराबाजी गर्दै आएको छ। एमालेको एक मात्रै माग भनेको १४ जना ‘गैरसांसद’ लाई सभामुखले मान्यता दिएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने रहेको छ। तर एमालेका नेता भीम रावल भने नाराबाजीमा सहभागी हुँदैनन्।




उनले नाराबाजीबीचमा प्रतिपक्षको सिटमा बसेर दुई वटा संसद् बैठकमा आफ्ना भनाइ राखिसकेका छन्। सभामुखले पनि नेता रावललाई बोल्न चाहेमा भनाइ राख्न समय दिने गरेका छन्। फागुन १५ गते प्रतिनिधिसभामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) निर्णयार्थ प्रस्तुत गर्दा उनले त्यसको विपक्षमा भनाइ राखेका थिए, मतदान पनि विपक्षमा गरेका थिए। त्यतिबेला एमालेका अन्य सांसदले भने वेलमा नाराबाजी गरिरहेका थिए। पार्टी नीतिअनुसार उनीहरू मतदानमा सहभागी भएनन्।

त्यसपछि संसद्का तीनवटा बैठक बसेका छन्। २२ गतेको संसद् बैठकमा नेता रावल एक्लै सिटमा बसिरहेका थिए। संसद्को आइतबार बसेको बैठकमा उनले समय लिएर आफ्नो भनाइ राखे। उनले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहँदा सरकार नबोल्नु लाजमर्दो विषय भएको बताए। उनले यसबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरे। ‘भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु लाजमर्दो कुरा हो। नेपाल सरकारको यसतर्फ गम्भीर रूपले ध्यानाकर्षण गराउँछु र म माग गर्न चाहन्छु, नेपाल सरकारका तर्फबाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ’, उनले भने।

यसअघि रावलले १५ गतेको संसद् बैठकमा समय लिएर एमसिसीविरुद्ध भनाइ राख्दा संसदीय दलको नेतासमेत रहेका एमाले अध्यक्ष केपी ओलीले नेता रावल हिरो हुन खोजेको टिप्पणी गरेका थिए। त्यसको जवाफ रावलले सामाजिक सञ्जालबाट यसरी दिए, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरूप संसद्मा बोल्दा मैले हिरो हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर महाहिरो हुनुभएको भए म खुसी नै हुनेथिएँ। देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरैमाथि हुन्छ, चेतना भया।’

उनले एमाले महाभियोग सिफारिस समितिमा सहभागी भएको विषयमा पनि आफ्नो तर्क सामाजिक सञ्जालमा राखे। उनले लेखे, ‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसिसी सम्झौताबारे संसद्मा बोल्न नहुने तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने, यो कस्तो नीति हो ? कसरी बुझ्ने? संसद् अवरोध के भयो त अब?’

रावलले एमालेको नाराबाजीमा एकपटक पनि भाग लिएका छैनन्। बरु उनी संसद् बैठकमा अनुपस्थित हुने गरेका छन्। उनले भने, ‘मैले पार्टीको नीतिविपरीत कुनै काम गरेको छैन’, उनी भन्छन्, ‘संसद् साँच्चिकै अवरोध हो भने सदनका सम्पूर्ण काम बन्द हुनुपर्छ। सरकारको काम खुरुखुरु गर्न दिने ? जनताको आवाज बन्द गर्न मिल्दैन। त्यसैले संसद्मा जनताको आवाज बोलेको हुँ। यो मैले सही गरेको छु।

राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता पार्टीभन्दा माथिका विषय हुन्। यो विषयमा बोल्दा पार्टीसँग अनुमति लिइरहनुपर्दैन।’

यसरी पार्टीको नीतिविरुद्ध बोल्दा रावलविरुद्ध एमालेका माथिल्लो तहका नेताहरू रुष्ट बन्दै आएका छन्। यसबीचमा उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता गरेका थिए। राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषयमा उनले छलफल गरेका थिए।

एमालेका एक नेताले भने, ‘सभामुखले गैरसांसदलाई मान्यता दिएको विषयमा सदन अवरुद्ध गरिएको हो। रावलले १४ जनालाई मान्यता दिएको सही हो भन्ने अर्थ लगाउने काम गर्नुभएको छ। यसबारे पार्टीले मूल्यांकन गरिरहेको छ।’ तर नेता रावललाई कारबाही गर्नेबारे पार्टीले के गरिरहेको छ भन्ने भने बताउन चाहेनन्। उनले भने, ‘नेता रावलको क्रियाकलाप पार्टीको नीतिविरुद्ध छ।’
अर्को समाचार
१० बूँदे कार्यान्वयनमा देखिएका समस्या हल गरेर अघि बढने एमालेको निष्कर्ष
१२ असोज २०७८
•
२ मिनेट पाठ
१० बूँदे कार्यान्वयनमा देखिएका समस्या हल गरेर अघि बढने एमालेको निष्कर्ष
फाइल तस्बिर
नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बूँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढने निष्कर्ष निकालेको छ। आन्तरिक एकता कायम गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो।




बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायहरुको बारेमा छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए। उनले भने, ‘विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदेको कार्यान्वयनको सम्बन्धमा देखिएका समस्याहरु समाधानका लागि एउटा नीतिगत व्यवस्था गरेर तदनुकूल नै त्यस्ता समस्या समाधान गर्ने कुरा गरेका छौं। दश बूँदेको कार्यान्वयनमा धेरै ठाउँमा भइसकेको छ। जुन ठाउँमा त्यसको कार्यान्वयन हुन सकेको छैन। त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने कुरा भएको छ। सुदूरपश्चिम प्रदेशको इन्जार्चको विषयमा देखिएको विवाद पनि १० बूदे कार्यान्वयनको सन्दर्भमा नै आउँछ।’

बैठकमा कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक एकता अझै मतबुत बनाउने गरी १० बूँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। त्यसका लागि २०७५ साल जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरुको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढने विषयमा पनि छलफल गरिएको कार्य दलका सदस्य लेखराज भट्टले बताए। उनले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दावी समेत गरे।  

संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ। संयोजक रावलले सो विवाद पनि १० बूँदे सहमती कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरे।  

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्णु पौडेल, घनश्याम भुसाल,  स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन्। 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस