‘पेलान’ सहन नसकेपछि कांग्रेसबाट जितेका वडाध्यक्ष एमालेमा
२२ फागुन २०७८
•
२ मिनेट पाठ
‘पेलान’ सहन नसकेपछि कांग्रेसबाट जितेका वडाध्यक्ष एमालेमा
बाह्रविसे नगरपालिका–२ का वडाध्यक्ष बमबहादुर तामाङ नेकपा (एमाले) प्रवेश गरेका छन्। २०७४ मा भएको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए। एमालेकै उम्मेदवारलाई पराजित गरेर उनी वडाध्यक्ष बनेका थिए।




‘नेतृत्वको व्यक्तिवादी स्वार्थको कारण वाक्कदिक्क भएर चार दशक रगत पसिना बगाएको पार्टी त्यागेको हुँ,’ तामाङले आइतबार नागरिकसँग भने। बाह्रविसेमा आयोजित कार्यक्रममा एमाले स्थायी समिति सदस्य शेरबहादुर तामाङले शनिबार उनलाई पार्टीमा स्वागत गरेका थिए। त्यसको दुई दिनअघि मात्र उनले प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस त्यागेको घोषणा गरेका थिए।

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पेलान सहन नसक्दा बाध्य भएर बिकल्पमा एमाले रोजेको तामाङले खुलाए। नेता बस्नेत बाह्रविसेकै हुन्। बस्नेतकै प्रेरणामा उनी २०४२ देखि कांग्रेसमा क्रियाशील बनेका थिए। ‘उहाँ (बस्नेत) ले नै कांग्रेस बनाउनु भएको हो। पछिल्लो समय उहाँकै चरम पेलानमा परेँ। शान्ति दिएनन्। भित्तामै पुर्‍याउन खोजे बस्नेतले,’ उनले पार्टी छोड्नुको कारण सुनाए।

कांग्रेसमा रहेर तामाङले विभिन्न समयमा गाउँ, नगर, क्षेत्र र जिल्ला पार्टीमा जिम्मेवारी सम्हालेका थिए। गएको जिल्ला अधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए। प्रतिनिधिमा बस्नेतले नै हराएको आरोप लगाउँदै उनले भने, ‘कहिल्यै माथि जान नदिने, सँधै हराउने मात्र भएपछि अपमान सहि रहन सकिएन।’

बाह्रविसे नगरको प्रमुख निमफुञ्जो शेर्पा छन्। उनी एमालेका हुन्। कांग्रेस नेता बस्नेत र शेर्पाबीच व्यक्तिगत टकराव छ। यही टकरावका कारण नगरपालिकाको नगरसभा लगायत कार्यक्रम प्राय: बिथोलिइरहन्छ। नगरसभामा कांग्रेसको बहुमत छ। बहुमत सदस्य कांग्रेस नेता बस्नेतका निर्देशनमा एकाकार हुँदा वडाध्यक्ष तामाङले भने सुरुदेखि नै प्रमुख शेर्पालाई साथ दिँदै आएका थिए। स्थानीय तहको चुनावपछि नै शेर्पा–तामाङ सम्वन्ध प्रगाढ बन्दै आएको थियो। शेर्पासँगको सम्बन्धपछि उनी ढिलोचाँडो एमाले बन्ने आंकलन काग्रेस कार्यकर्ताले नै गर्दै आएका थिए।

तामाङले दाबी गरे जस्तै बस्नेतको पेलान सहन नसकेर उनी अन्यत्र जान बाध्य भएको कांग्रेस नेता नै स्वीकार्छन्। ‘सकिन्जेल पार्टीमै रहेर पेलानका बीच पनि सक्रिय हुनु भयो तामाङजी। अति भएपछि खति हुन्छ भनेको यही हो,’ कांग्रेसका एक जिल्ला नेताले भने। वडा नं. २ मा समेटिएको साविक कर्थली गाविसमा तामाङले पकड जमाएर कांग्रेस नेतृत्व गर्दै आएका थिए। कांग्रेस भएकै कारण द्वन्द्वकालमा तत्कालीन बिद्रोहीले उनलाई गोली हानेका थिए। उनले भागेर ज्यान जोगाएका थिए।

व्यक्तिगत सम्मान र राजनीतिक संरक्षणका लागि एमाले राजेको वडाध्यक्ष तामाङ बताउँछन्। ‘राजनीतिक प्राणी भएकाले अब एमालेमै क्रियाशील रहन्छु। तर औपचारिक कुनै पनि जिम्मेवारीमा लिन्न,’ उनले भने।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
यो पनि पढौँ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस