नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि बिहीबार भएको दोस्रो चरणको मतदानमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाश बमलाई पराजित गर्दै भट्टले जिल्ला सभापति पदमा विजयी भएका छन्।
भट्टले एक हजार ३ सय ५९ मत ल्याउँदै विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी बमले १ हजार ९६ मत पाएका छन्। बिहीबार भएको मतदानमा २ हजार ४ सय ६७ जनाले मतदान गरेका थिए भने १२ मत बदर भएका छन्। बिहान ९ बजेदेखि भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो।