नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ। जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
पहिलो चरणको निर्वाचनपश्चात् भएको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत ल्याएका छन्। उनले ११ सय ६९ मत पाए भने क सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका हुन्। अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने भएको हो।
सोमबार दिउँसोसाढे २ बजेदेखि मतगणना सुरु भएको थियो। आज सभापति पदको मात्रै मतगाणना भएको हो। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान गरिने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए। आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४ सय ८६ जना प्रतिनिधिले मत खसालेका थिए।
निर्वानमा संस्थापन पक्षकै नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा संस्थापन इतर पक्षबाट रामबहादुर कलेल होमिएका थिए। पहिलो चरणको निर्वाचनबाट संस्थापन इतरका कलेल बाहिरिएका छन् भने भट्ट र बम दोस्रो चरणको निर्वाचनमा जाने भएका हुन्।