जसपामा बढ्दै खटपट
१४ फागुन २०७८
•
४ मिनेट पाठ
जसपामा बढ्दै खटपट
सात महिनाअघि मात्र विभाजित जनता समाजवादी पार्टी (जसपा) फेरि फुटको संघारमा पुगेको छ।




यद्यपि पार्टीभित्रको विवाद टुंग्याउन र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे संस्थागत धारणा बनाउन शुक्रबारदेखि जसपा कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पहिलो दिनको बैठकमा विषयमात्र प्रवेश भएको र एमसिसीलगायत विभिन्न विषयमा शनिबार औपचारिक छलफल सुरु हुने कार्यकारिणी समितिका सदस्य मनीष सुमनले बताए।

एमसिसीबारे जसपाका नेताहरू दुर्ई कित्तामा बाँडिएका छन्। सुमनका अनुसार शुक्रबारको बैठकमा १२ वटा अजेन्डा राखिएका छन्। ती अजेन्डामा स्थानीय निर्वाचन, समसामयिक राजनीति, संगठन विस्तार, एमसिसी, विधान अधिवेशन, पद बाँडफाँट र कार्यविभाजन, कार्यकारिणी समितिलाई पूर्णता दिनेलगायत छन्। एमसिसी सम्झौता प्रतिनिधिसभामा टेबुल भएसँगै त्यसमा पार्टी धारणा बनाउन सदस्यहरूलाई सम्झौतापत्र बाँडिएको छ।

दुई कित्तामा बाँडिएका नेताहरूबीच शुक्रबारको बैठकको प्रारम्भमै चर्काचर्की भएको थियो। यद्यपि नेताहरूको त्यस्तो चर्काचर्की अजेन्डामा नभई बैठक व्यवस्थापनको विषयलाई लिएर भएको बताइएको छ। पार्टीभित्र आफ्नो बहुमत देखाउन संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

बैठकमा यादव पक्षले भने यही विषयलाई जोडतोडले उठाउने भएको छ। भट्टराई पक्षले सुरु गरेको हस्ताक्षर अभियानप्रति यादव पक्षीय नेताहरू सशंकित बनेका छन्। पार्टी फुटाउन या पार्टी कब्जा गर्न हस्ताक्षर संकलन गरिएको भन्ने बुझाइ यादव पक्षधर नेताहरूको छ।

भट्टराईनिकट कार्यकारिणी समिति सदस्य गंगानारायण श्रेष्ठले जसपाको केन्द्रीय समितिको बैठक बोलाउन दबाब दिन केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको बताए।  

‘पार्टीको विधानमा २५ प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर गरी माग गरेको अवस्थामा बैठक बोलाउनुपर्ने व्यवस्था छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको हो।’ अहिलेसम्म कतिजनाले हस्ताक्षर गरे भन्नेबारे उनले खुलाउन चाहेनन्।

भट्टराई पक्षका अर्का एक नेताले आफूहरूले उठाएको मुद्दामा पार्टीभित्र कसकसको समर्थन छ भनी देखाउन पनि हस्ताक्षर संकलन गरेको बताए। ‘हस्ताक्षर संकलनबाट पुष्टि हुन्छ कि बहुमत केन्द्रीय सदस्य हामीले उठाएको मुद्दामा सहमत हुनुहुन्छ,’ उनले भने। ती नेताका अनुसार आधाभन्दा बढी केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गर्ने भट्टराई पक्षको योजना छ।

जसपा केन्द्रीय समितिको पछिल्लो बैठक गत भदौ १ र २ गते काठमाडौंमा बसेको थियो। केन्द्रीय समितिमा ४ सय ९९ सदस्य छन्। भट्टराईलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समिति अध्यक्ष बनाउन उनी पक्षधर नेताहरूले माग गरेका छन्। उनीहरूले अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग पनि अघि सारेका छन्।

उनीहरूले भन्ने गरेको समावेशी नेतृत्व प्रणालीको अवधारणामा भट्टराईलाई कार्यकारिणी समितिको पहिलो अध्यक्ष, उपेन्द्र यादवलाई दोस्रो अध्यक्ष तथा अशोक राईलाई संघीय परिषद्को अध्यक्षमा मनोनयन गर्नुपर्छ भन्ने माग हो। महन्थ ठाकुरले पार्टी छाडेपछि उनले ओगटेको कार्यकारिणी समितिको पहिलो अध्यक्ष पद खाली छ।

त्यस पदमा भट्टराईलाई ल्याउनुपर्छ भन्ने मत उनी पक्षधर नेताहरूको छ। जसपाको विधानमा पनि कार्यकारिणी समितिमा दुई अध्यक्ष हुने व्यवस्था छ। तर यादव पक्षीय नेताहरूले ठाकुरले पार्टी छाडेपछि जसपामा दुई अध्यक्ष हुन नसक्ने बताउँदै आएका छन्। दुई अध्यक्षीय प्रणाली जसपा मात्र नभई अरू पार्टीमा पनि पूर्ण रूपमा असफल भएको उनीहरूको तर्क छ।

भट्टराईलाई अहिले महेन्द्र यादव, इस्तियाक राई, प्रदीप यादवलगायत नेताहरूले पनि साथ दिएका छन्। यसअघि उनीहरू यादवसँग नजिक थिए। यादव पक्षकै केही नेताले भट्टराईलाई साथ दिएपछि जसपाको कार्यकारिणी समितिमा अहिले उनी बहुमतमा रहेको दाबी गरिएको छ।

भट्टराईलाई ‘सेरेमोनियल’ अध्यक्षका रूपमा संघीय परिषद्को नेतृत्व दिइएकोमा असन्तुष्टि पार्टीमा रहेको छ। सबै कार्यकारी अधिकार यादवसँग रहेकोमा भट्टराई पक्षधर नेताहरू असन्तुष्ट भएका हुन्। भट्टराई र यादव पक्षबीच अहिले कार्यकारिणी अधिकार प्रयोगको विषयलाई लिएर विवाद हुँदै आएको छ।

अध्यक्ष यादव पक्षका नेताहरूले भने विधानअनुसार नै अध्यक्षले पार्टीलाई अघि बढाएको र आवश्यकताअनुसार बैठक पनि भइरहेको बताउँदै आएका छन्। गत साउनमा जसपा विभाजन भएको थियो। जसपाबाट अलग भई ठाकुर, राजेन्द्र महतोलगायतले लोसपा गठन गरेका हुन्। पार्टी विभाजनपछि जसपा कार्यकारिणी समितिमा ३४ सदस्य छन्।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
५ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस