नेकपा एसको निर्णयले अप्ठेरोमा माओवादी
०८ फागुन २०७८
•
६ मिनेट पाठ
नेकपा एसको निर्णयले अप्ठेरोमा माओवादी
सत्ता गठबन्धन धरापमा पर्ने भएपछि नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसद्मा टेबुल गर्न दिने भएको छ। एमसिसीको विरोध गर्दै आएको सो पार्टीले शनिबार यस्तो निर्णय गरेपछि माओवादी केन्द्रलाई भने अप्ठेरो परेको छ।




संयुक्त रूपमा विरोध गर्दै आएका सत्ताधारी दुई दलमध्ये नेकपा एसले एमसिसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेपछि माओवादी केन्द्र एमसिसीका सन्दर्भमा एक्लिएको छ।

एमसिसीकै कारण गठबन्धनमा दरार आउने भएपछि नेकपा एस मध्यमार्गी बाटो अपनाउँदै एमसिसीलाई टेबुल गर्न दिने निर्णयमा पुगेको हो। तर सभामुख अग्निप्रसाद सापकोटाले यो विषय टेबुल गर्न अनुमति दिनेनदिने विषयमा भने केही खुलेको छैन।

माओवादी केन्द्रले यसबारे मुख खोलिसकेको छैन। ‘नेकपा एसले एमसिसीलाई संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ। यसले माओवादीलाई लचिलो बन्न सहयोगी बनाएको छ। अध्यक्ष पुष्पकमल दाहालले एमसिसीलाई टेबुल गर्ने निर्णय गर्न पनि सक्नुहुन्छ,’ माओवादी केन्द्रका एक उच्च नेताले भने, ‘हाम्रो पार्टीका अध्यक्ष बेलाबेलामा लचिलो पनि बन्नुहुन्छ। भोलि उहाँले टेबुलचाहिँ गर्न दिने भन्नुभयो भने पनि आश्चर्य नमाने हुन्छ।’

एमसिसी सम्झौता संसद्मा छलफल गर्न दिने विषयमा नेकपा एसभित्र पनि फरक मत उत्पन्न भएको थियो। तर अध्यक्ष माधवकुमार नेपालले असंलग्न परराष्ट्र नीतिमा पार्टी प्रतिबद्ध रहने बताएपछि नेताहरू एमसिसी टेबुल गर्न दिनेमा सहमत भएका थिए। ‘हामी एमसिसीलाई कुनै पनि सेना र सुरक्षा नीतिको अंग हुन दिँदैनौं। छिमेकी देशको सुरक्षामा असर पार्ने कुनै काम हुन दिइनेछैन। कसैको पक्ष वा विपक्षमा हामी प्रयोग हुँदैनौं,’ बैठकमा उनले भने।

अध्यक्ष नेपाले अगाडि भने, ‘नेपाली भूमिमा हुने सबै कार्यमा नेपालको अधिकार सुरक्षित रहन्छ। नेपालभित्रको आयोजनाको रोजगारीमा नेपालीकै प्राथमिकता रहन्छ। नेपालमा उत्पादन भएको बौद्धिक सम्पत्तिमाथि नेपालकै अधिकार रहन्छ। कानुन लागु हुने विषयमा प्रचलित अभ्यास नै लागु हुन्छ। करलगायतको छुट विदेशीलाई दिन सकिँदैन।’ आर्थिक सहयोगका रूपमा एमसिसी स्वीकार गरिए पनि यथास्थितिमै त्यसलाई पारित गराउन नसकिनेमा उनी अडिग रहेका थिए। एमसिसी संशोधन गर्ने अधिकार पनि सदनलाई हुनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष नेपालले यसरी बुँदागत रूपमा व्याख्या गरेपछि बैठकले संसद्मा एमसिसी टेबुल गर्न दिने र त्यहीं नै आवश्यक छलफल गर्ने निर्णय गरिएको जनाइएको छ। ‘खासगरी एमालेले गठबन्धनभित्र खेल्न थालेपछि नेकपा एस यो निर्णयमा पुगेको हो। एमालेले गठबन्धन फुटाएर फेरि पनि सत्ताको सपना देख्न थालेपछि बैठकले एमसिसी संसद्मा टेबुल गर्न दिने र छलफलका लागि बाटो खोल्ने निर्णय गरेको हो,’ बैठकपछि नेकपा एसको स्थायी कमिटीका एक सदस्यले भने।

बैठकको निर्णयका सन्दर्भमा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले एमसिसी टेबल गर्न दिने सहमति नभएको बताए पनि महासचिव वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा एमसिसीलाई टेबुल गर्न दिने निर्णय गरिएको उल्लेख छ। ‘अहिलेलाई एमसिसी टेबुल गर्न दिने निर्णय भएको छ। अहिलेलाई यति कुरा बुझौं,’ उनले भने। स्थायी कमिटी बैठकमा धेरै फरक मत आएपछि अध्यक्ष नेपालले गठबन्धनलाई जोगाउनुपर्ने अहिलेको आवश्यकता महसुस गर्दै टेबुल गर्न दिने निर्णय गराएका हुन्।

नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संसद्मा टेबल गर्ने कुरामा आपत्ति नरहेको तर जस्ताको तस्तै पारित नहुने बताए। बैठकमा पनि सरकारमा सहभागी मन्त्रीहरूले एमसिसीका कारण गठबन्धन कुनै हालतमा टुट्न नहुने धारणा राखे पनि गठबन्धनमा बसेर विरोध गर्दा अप्ठेरो परेको बताएका थिए।

स्थायी कमिटी बैठकमा खनालले एमसिसीसम्बन्धी अध्ययन कार्यदलको रिपोर्ट पेस गरेका थिए। उनले कुनै पनि हालतमा यसलाई अघि बढ्न दिन नहुने बताए पनि अध्यक्ष नेपालले तत्कालको आवश्यकताका आधारमा टेबुलसम्म गर्न दिनुपर्ने तर यथास्थितिमा पारित गराउन नहुने धारणा राखेका थिए। बैठकको निर्णयका सन्दर्भमा नेताहरूका अलगअलग भनाइ आएपछि महासचिव भुसालले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा बैठकले एमसिसी जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसद्मा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको उल्लेख छ। ‘यथास्थितिमा पास नगर्ने तर संसद्मा टेबुल गरेर छलफलमा रोकतोक नगर्ने निर्णय भएको हो,’ प्रचार विभाग प्रमुख खतिवडाले भने।

प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसिसी टेबुल गर्ने पक्षमा उभिएपछि माओवादी केन्द्र र नेकपा एस अप्ठेरोमा परेका थिए। नेकपा एसले शनिबार स्थायी कमिटीको बैठकमा एमसिसी टेबुल गर्न दिने निर्णय गरेको भए पनि माओवादी केन्द्र भने यो विषयमा अझै अन्योलमै छ। पाँच महिनाअघि एमसिसी मुख्यालयलाई संयुक्त पत्र लेखेका कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल एमसिसी पारित गराउने दबाबमा भए पनि पार्टीभित्र विरोध भएपछि उनी विपक्षमा उभिएका थिए। माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य हरिबोल गजुरेलले यो विषयमा पूर्ववत् अडान कायमै रहेको जानकारी गराएका छन्।

नेकपा एसले एमसिसी टेबुल गर्न दिने निर्णय गरेपछि माओवादी केन्द्रले पनि लचकता अपनाउन सक्ने अनुमान गरिएको छ। ‘दुई नेता (दाहाल–नेपाल) बीच केही न केही छलफल भएरै नेकपा एसले यस्तो निर्णय गरेको हुनुपर्छ,’ माओवादी केन्द्रका एक नेताले भने। उनका अनुसार एमसिसीबारे अन्तिम निर्णय आइतबार बस्ने सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले निर्धारण गर्नेछ। बिहीबार कुनै निर्णय नभएपछि गठबन्धनको बैठक आइतबारलाई सारिएको थियो। त्यसबीचमा दाहाल र नेपालबीच पटकपटक कुराकानी भएको स्रोतले जनाएको छ।

बिहीबार बसेको गठबन्धनको बैठकमा नेता नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए। उनले त्यस दिन केही लचिलो हुने संकेतसमेत गरेका थिए। तर माओवादी केन्द्रले बिहीबारको बैठकमा पनि आफ्नो पूर्ववत् अडानलाई कायमै राखेको थियो। 

सो बैठकमा माओवादीका तर्फबाट अध्यक्ष दाहालका अतिरिक्त नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए। माओवादीभित्र एमसिसी विरोधी मत बलियो भएका बेला सत्ता र सडकमा सँगै रहेको नेकपा एसले सो निर्णय गर्दा गठबन्धनमा माओवादी एक्लो पर्ने अवस्था आएको छ।

एमसिसी टेबुल गर्न नदिने माओवादी केन्द्रको अडानपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थिए। माओवादीको दोहोरो चरित्र र संसद्मा सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको विषयलाई लिएर कांग्रेसभित्र पनि असन्तुष्टि बढिरहेका बेला देउवाले ओलीसँग छलफल गरेका थिए। बिहीबार राति ओलीसँगको भेटघाटपछि माओवादी केन्द्र र नेकपा एसका नेताहरूले पनि आपसमा घनीभूत छलफल गरेका थिए।

सोही छलफलपछि बसेको नेकपा एसको स्थायी कमिटी बैठकले एमसिसीलाई संसद्मा पेस गर्न दिने निर्णय गरेको हो। ‘एउटा आर्थिक परियोजनालाई संसद्मा छलफल गर्नु नै हुँदैन भन्ने मत त्यति सकारात्मक होइन। संसद्मा छलफल गरेपछि संसद्ले नै निर्णय गरोस् भन्ने धारणा पार्टीभित्र उठेपछि यसलाई पेस गर्न दिने निर्णय भएको हो,’ नेकपा एसका एक सदस्यले भने।

माओवादी केन्द्रले पनि एमसिसी संसद्मा टेबुल गर्न दिन सक्ने ती नेताको भनाइ छ। उनका अनुसार सरकारको प्रस्तावलाई विरोध गर्ने हो भने सरकारमा बस्नुको औचित्य नहुने भएकाले प्रधामन्त्री देउवाले एमसिसी पेस गर्ने निर्णय गर्दा विरोधी दलहरूले नैतिक रूपमा सरकारबाट बाहिरिनुपर्ने बुझाइ देखिएको छ। नेकपा एसको निर्णयपछि एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई बल पुगेको छ। अमेरिकाले चार वर्षअघि भएको एमसिसी सम्झौता फागुन १६ (फेब्रुअरी २८) भित्र संसद्बाट अनुमोदन गर्न दबाब दिँदै आएको छ।
अर्को समाचार
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
१० मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ।




शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्। सीमा विवादको विषयमा प्रवेश नै नगराई फर्कनुले प्रधानमन्त्री साहको दोहोरो चरित्र उदाङ्गो भएको पौडेलको भनाइ छ।

प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको मूल्याङ्कन कांग्रेसले गरेको उनले बताए। विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा साहले प्रस्तुत गर्ने अभिव्यक्ति कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखिएको पौडेलले उल्लेख गरे।

प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध र सीमाका विषयमा साहको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिका रूपमा लिएको उनले बताए। ‘लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो। राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो,’ महामन्त्री पौडेलले भने।

कूटनीतिक संवादमार्फत निर्णायक रूपमा विषय उठाउने अवसर प्राप्त गर्दा पनि ती विषय नउठेको स्थितिले हिजो कांग्रेसले गरेको अनुमान आज पुष्टि भएको उनको जिकिर छ। विगतमा साहले सीमासम्बन्धी अभिव्यक्ति लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टि भएको उनले बताए।

नेपाल-भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भए पनि सीमालगायत संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको पौडेलले बताए।

यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उनले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको धारणा राखे।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस