एमसीसीले नेपाल भूराजनीतिक द्वन्द्वमा पर्‍यो: उपभापति गुरुङ
०१ फागुन २०७८
•
३ मिनेट पाठ
एमसीसीले नेपाल भूराजनीतिक द्वन्द्वमा पर्‍यो: उपभापति गुरुङ
नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्दै काँग्रेस उपसभापति धनराज गुरुङ। तस्बिर: संगम/नागरिक
नेपाली काँग्रेसका उपभापति धनराज गुरुङले एमसीसीको विषयमा राष्ट्रिय सहमती कायम गर्नुपर्ने बताएका छन्। राजनीतिक उपयोगका लागि एमसीसीलाई मुद्दा बनाउँदा अहिले नेपाल भूराजनीतिक द्वन्द्वमा फसेको उनको भनाई छ। नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्न आईतबार बागलुङ आएका उपभापति गुरुङले राष्ट्रिय सहमतिमा एमसीसी कार्यन्वयन गर्ने या फिर्ता गर्ने निर्णय हुनुपर्ने बताए।  




‘विगतमा एमसीसी नेपाल सरकारले नै छनोट गरेको योजना हो,’ उनले भने,‘२०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदादेखि सबै सरकारले यो परियोजनालाई अगाडि बढाउँदै आएका हुन्। अहिले आएर यो विषय राजनीतिक रुपमा पेचिलो बनेको छ। राष्ट्रिय सहमति कायम हुनुपर्ने देखिएको छ।’ एमसीसीलाई नेपालमा राजनीतिक मुद्दाको रुपमा आफ्नो फाईदाका लागि उपयोग गर्न खोज्दा अहिले भूराजनीतिक द्वन्द्वमा नेपाल फस्दै गएको उनको टिप्पणी थियो।  

‘दुई शक्ति राष्ट्रहरु अमेरिका र चीनका भूराजनीतिक चपेटामा एमसीसीका कारण नेपाल पर्ने अवस्थामा पुगेको छ,’ उनले भने,‘हामी चाहेर नचाहेर अब शक्ति राष्ट्रको टकराब बन्ने अवस्थामा देखिएकाले विवेकपूर्ण ढङ्गबाट निर्णय गर्नुपर्ने छ।’ २०६८ सालपछिका सबै सरकारले परियोजना अगाडि बढाएको उनको तर्क छ। ‘सन् २०११ देखि प्रक्रिया सुरु भएर २०१७ मा काँग्रेस नेतृत्वको सरकार हुँदा ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ,’ गुरुङले भने,‘पछि २०१९ मा नेपाल सरकारको तर्फबाट युवराज खतिवडाले योजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। एमाले, माओवादी, काँग्रेस सबै सरकारमा हुँदा यो परियोजना अगाडि बढेको हो।’  

आफै प्रधानमन्त्री हुँदा अगाडि बढाएको योजनाको विषयमा भोटको राजनीतिका लागि प्रचण्डले यो कार्यान्वयन गर्न नहुने तर्क पेश गरेको उनले दाबी गरे। ‘हामी जानेर वा नजानेर यो विषयलाई बहसमा ल्याउन सकेनौं, अहिले काठमाडौंका महलमा बस्नेदेखि गाउँमा झुपडीमा बस्नेसम्मले एमसीसी राष्ट्रघाति हो भन्न थालेपछि हामीलाई भोटको माया  लागेर भोटको राजनीति गर्न थालेका छौं। प्रचण्डजी नेतृत्वको सरकारले पनि यो योजना अगाडि बढाएकै थियो,’ उनले भने। एमसीसीको विषयमा निर्णय गर्नुपूर्व एमसीसी अस्वीकार गर्ने श्रीलङ्का र एमसीसी कार्यान्वयन गरेको मंगोलियाको अध्ययन गर्नुपर्ने उनले बताए।  

आगामी वैशाखमा हुने स्थानीय निर्वाचनतर्फ संकेत गर्दै नेता गुरुङले पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध जाने जो कोहीलाई अन द स्पट कारबाही गर्ने बताए। ‘हाम्रो विगत राम्रो छैन, त्यसैले हामीले केन्द्रदेखि जिल्लासम्म पार्टीको अनुशासन समिति बनाउँछौं, निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध जाने जो कोहीलाई तत्काल अन द स्पट कारबाही हुन्छ,’ उनले भने। निर्वाचन हारेपछि सबैले असहयोग गरेको भन्दै कारबाहीको सिफारिस हुने गरेका कारण पनि निर्दोषलाई कारबाही नहुने र दोषी सजायको भागीदार हुनेगरी निर्वाचनकै समयमा तत्काल कारबाही गर्ने परिपाटी अगाडि बढाउने उनको भनाई थियो।

उनले पार्टीको जिम्मेवारीका लागि भएको आन्तरिक प्रतिस्पर्धामा जो जता भए पनि सबै काँग्रेस एकढिक्का भएर विपक्षी दल विरुद्ध निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे। उनले निर्वाचनमा टिकट दिंदा योग्य सक्षम र न्यायपूर्ण तवरले उम्मेदवार बनाउन आग्रह समेत गरे। 
अर्को समाचार
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
८ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।




इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।

‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।

प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।

बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’

विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस