नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड'ले न्यायलयमा देखिएको बेथिती हटाउन प्रधानन्यायधीशमाथि महाअभियोग दर्ता गराइएको बताएका छन्। न्यायलयमा निकै लामो समयदेखि अन्यौल, अराजकता र बेथिती देखिनु राज्य र जनताका लागि दुःखद भएको दहालको टिप्पणी छ।
'सत्ता गठबन्धनले न्यायलमा जारी विवादको समाधान गर्न पटकपटक प्रधानन्यायाधीश जबरालाई आग्रह गर्दा पनि उहाँले चासो देखाउनु भएन', दहालले अतइबार मधेस प्रदेश सरकारले जनकपुरधाममा आयोजित जनयुद्ध दिवस कार्यक्रम सम्बोधन गर्दै भने,‘न्यायालयको विवाद समाधान नभएपछि बाध्य भएर महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्यो।’
सर्वोच्च अदालतमा बार ऐसोसिएसन लगातका कानून व्यवसायीले आन्दोलन गरिरहेका छन्। प्रधानन्यायाधीशले आफै अग्रसरता लिएर विवाद समाधान र मार्ग प्रशस्त गर्नुपर्ने थियो दहालले भने,‘ त्यो नगरेपछि बाध्य भएर महाअभियोग प्रस्ताव ल्याइएको हो।’
महाअभियोग प्रस्तावलाई लिएर सत्ता गठबन्धनमा कुनै मतभिन्नता छैन उनले भने,‘सत्ता गठबन्धन दलको बैठक बसेर महाअभियोग प्रस्ताव ल्याउने निष्कर्ष निकालेको हो। न्यायालयको विवादलाई समाधान गर्ने एक मात्रै विकल्प महाअभियोग थियो, उनले थपे।’
अहिले पनि परिवर्तनलाई उल्टाउने षडयन्त्र भईरहेकोले प्राप्त परिवर्तनलाई जोगाउन सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो। महाअभियोगकै कारण सत्ता गठबन्धन नफुट्ने उनको दाबी थियो। उनले भने,‘ सहमतिमै प्रधानन्याधीश जबराविरुद्ध महाअभियोग लगाइएकोले गठबन्धन फुट्दैन।’ उनले भने,‘न्यायको क्षेत्रमा केहि समयदेखि देखिएका अन्योल, अराजकता र बेथिति किनारा लगाउँदा गठबन्धन फुट्ने कुरा हुँदैन्।’
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा आइतबार महाभियोग प्रस्ताव दर्ता गरेको उल्लेख गर्दै दहालले भने,‘यसकै कारण गठबन्धन तलमाथि नहुने दावी दोह¥याए।’ ‘महाअभियोग लगाएर गठबन्धन भत्किने होइन, बरु झन् बलियो हुन्छ,’ दाहालले भने।
कार्यक्रममा दाहालले १२ बुँदे सम्झौता र शान्ति प्रक्रिया नरूचाएका गृह र बाहृय दुबै शक्तिले सत्ता गठबन्धन तोड्ने र चुनावलाई ‘डिरेल’ गर्ने षड्यन्त्र बुनिरहेको बताएका छन्। उनले त्यस्ता तत्वविरूद्ध जनता फेरि आन्दोलित हुनुपर्ने परिस्थिति बन्नसक्ने बताए।
‘गठबन्धन उल्ट्याउने प्रयास अझै भइरहेको छ,’ दाहालले भने,‘डे वनदेखि नै गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको थियो। त्यो प्रयास भयो पनि। गठबन्धन तोड्न अहिले पनि प्रयास गरिरहेका छन्। तर, हामी गठबन्धनलाई अझ बलियो बनाएर लान्छौं। बलियो बनाउन लगातार प्रयत्नशील पनि छौं। केही तत्व गठबन्धन उल्टाउने, चुनावलाई डिरेल पार्ने र दुषित वातावरण बनाउने प्रयास गरिरहेको छ, उनले भने।’