वीरगन्ज महानगरमा बेतिथी बढेर सम्हाल्न नसक्ने भएको भन्दै नेपाली कांग्रेस आबद्ध युवाहरुको एउटा समुहले बीरगन्ज नगर कि आराध्य देवी गहवामाईलाई गुहारपत्र चढाएका छन्। ‘मौलाउँदो बेथिति, भ्रष्टाचार र अजराजकता हटाउने बिन्ती गर्दै आफुहरुले देवीलाई गुहार लगाएको सहभागीले बताए।
सांकेतिक विरोध कार्यक्रमको रुपमा प्राचीन गहवा माईको मन्दीरमा पुगी देवीलाई सहभागीहरुले गुहार पत्र चढाए। बीरगन्जलाई हालको महानगरपालिकाको नेतृत्वले बेतिथीको आखाडा बनाएको आरोप उनीहरुले लगाएका छन्।
नेपाली कांग्रेस पर्साका युवा नेता कञ्चन झाको अगुवाईमा र नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति म. सहाबुद्दीनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममार्फत काँग्रेसले पर्सामा स्थानीय चुनाव तह केन्द्रीत चुवानी अभियान सुरु गरेको हो। यहाँ जनता समाजवादी पार्टीका नगरप्रमुख विजय सरावगी निर्वाचित छन् । र, काँग्रेस नेतृ शान्ति कार्की नगर उपप्रमुख छिन्।
पहिलेको काँग्रेसी पृष्टभूमि रहेका सरावगी नगरप्रमुखको टिकट सुनिश्चित गर्दै अघिल्लो पटक तत्कालीन संघीय समाजवादी फोरम प्रेवेश गरेका थिए। काँग्रेसका जिल्ला सभापति अजयकुमार द्विवेदीलाई पराजित गर्दै सरावगी निर्वाचित भएका थिए।
सुरुको २ वर्ष नेपाली काँग्रेस वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकामा सशक्त प्रतिपक्षी भएर देखिएको थियो। तत्कालीन समयमा अस्वभाविक रुपमा बृद्धि गरिएको कर सम्बन्धी नीति तथा दर रेटलाई काँग्रेसले प्रतिवाद गरेर सच्याउन लगाएको थियो।
पछिल्लो २ वर्षमा भने काँग्रेस वीरगन्ज महानगरमा सिथिल देखिएको छ। प्रतिपक्षी रहेको काँग्रेसका नेताहरु ब्यक्तिगत लाभका लागि नगरप्रमुख सरावगीसँग ‘कम्प्रमाइज’ गरेको पार्टी भित्र र बाहिरबाट आरोप लागेको बेला अहिले चुनावी सरगर्मी आइपुगेको छ। महानगरपालिकाकै मुद्दा केन्द्रीत धर्ना प्रदर्शन चुनाव घोषषा हुनु केही सप्ताह पहिले पनि यहाँ काँगेस जिल्ला समितिकै सहभागीतामा भएको थियो।
चुनाव घोषणापछि भने महानगरपालिकाकै मुद्दा केन्द्रीत कार्यक्रम देवीलाई गुहारपत्र चढाएर काँग्रेसले यहाँ सुरु गरेको हो । ‘गुहार पत्र’ बुझाउनुअघि घण्टाघर चोकबाट गहवामाई मन्दिर परिसरसम्म र्याली निकालिएको थियो। ‘बीरगन्जको उत्थान गर्ने र वैभव फर्काउने दृढ संकल्प बोकेको क्षमतावान व्यक्ति अहिलेसम्म बीरगन्जले भेट्न नसकेका कारण बीरगन्जका यावत समस्याहरू यथावत रहेको छ,’ युवा नेता झाले भने, ‘कुनै उपाय नलागेपछि हामी युवाहरू नगरवासीको आस्थाको केन्द्र गहवा माईकोद्वारमा पुगी गुहार लगाएका हौं।’ बीरगन्जको गरिमामय अस्तित्व जोगाइराख्न र यहाँको वैभव फर्काउँदै समृद्धितर्फ अघि बढाउन आशीर्वाद प्रदान गर्नुहोस् भन्ने कुरा गहवा माईलाई चढाएको गुहारपत्रमा छ।
‘भगवान भरोसे चलिरहेको बीरगन्ज सहरको भलो होस् भनेर नगरकी देवी गहवा माईलाई गुहार पत्र बुझाउन निधो गरेका हौ,’ गुहार पत्र बुझाउनुअघि कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका नेता झाले भने, ‘देशका हरेक परिवर्तनमा जनाधीकारको पक्षमा सशक्त योगदान दिएको भोजपुरिया रानी सहर बीरगन्जको गर्विलो ईतिहास हुँदाहुँदै पनि पछिल्ला समयमा अन्योलग्रस्त भएको छ।’
कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति म. सहाबुद्दीनले जनप्रतिनिधिहरुको लापरवाहीका कारण सहरको ओज खस्केको र महानगरको विकास आपेक्षित रुपमा हुन नसकेको आरोप लगाए। पटकपटक ध्यानाकर्षण गराउँदा समेत कुनै परिणाम नआएपछि आज सांकेतिकरुपमा भगवान गुहार्न आईपुगेको उनको भनाई थियो। सहरको गरिमाका लागि युवाहरुमा जागरण र उनीहरुको सक्रियता आवश्यक रहेको भन्दै सहाबुद्दीनले भने। ठाकुरराम क्याम्पसका प्राध्यापक डा. हरेराम ठाकुर, बिभिन्न वडाका नेपाली कांग्रेस बुथ सभापतिहरु र युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।