नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनलाई महायज्ञको रुपमा लिन सर्वसाधारणलाई आग्रह गरेका छन्।
रौतहटको वृन्दावन नगरपालिकास्थित विश्रामपुरमा विष्णु महायज्ञको मंगलवार उद्घाटन गर्दै नेता पौडेलले सरकारले वैशाख ३० मा एकै चरणमा देशभर स्थानीय तहको निर्वाचनको घोषणा गरेकोले यसलाई महायज्ञको रुपमा सफल बनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
नेता पौडेलले लोकतन्त्रमा निर्वाचनलाई यज्ञको रुपमा लिने प्रचलन रहेको बताउँदै देशभर एकै चरणमा निर्वाचन हुन गइरहेकोले महायज्ञको रुपमा लिनु उचित हुने बताएका छन्।
'जसरी महायज्ञमा सबैतिरको सकारात्मक सहयोग हुन्छ त्यसरी नै निर्वाचनलाई सफल बनाउन सबैतिरबाट सबैले सबै किसिमको सकारात्मक सहयोग गर्नुपर्ने हुन्छ,' नेता पौडेलको भनाइ छ।
आगामी स्थानीय तहको निर्वाचनमा संविधानको पक्षमा काम गर्ने जनप्रतिनिधिलाई विजयी गराउन नेता पौडेलले आग्रह गरेका छन्। साथै नेता पौडेलले आफ्नो गाउँठाउँको विकास गर्ने जनप्रतिनिधिलाई चयन गर्न पनि आग्रह गरेका छन्।
वृन्दावनको विश्रामपुरमा नौ दिनसम्म विष्णु महायज्ञ र धार्मिक मेला लागेको छ।