मधेस प्रदेशसभामा रिक्त तीन समितिका सभापतिका लागि प्रदेशसभा सचिवालयमा सोमबार विभिन्न दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा (एमाले)ले गठबन्धनबाट लोसपाका प्रह्लाद गिरीले सार्वजनिक लेखा समिति र एमालेबाट कृषि भूमि व्यवस्थापन समितिमा जगतारैन देवीले मनोनयन दर्ता गराएका छन्।
सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका नरेशकुमार यादव र कृषि, भूमि व्यवस्थापनमा नेकपा (एकीकृत समाजवादी)का मदनसेन श्रीवास्तावले मनोनयन दर्ता गराएका छन्।
प्राकृतिक स्रोतत तथा वातावरण समिति सभापतिमा जगत यादवको एकल मनोनयन दर्ता भएपछि उनी निर्विरोध चयन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।
दुईवटा समितिको सभापति चयनका लागि मनोनयन दर्ताको प्रस्तावबारे मंगलबार समितिमा छलफल हुनेछ। मंगलबार दुवै समितको बैठक बोलाइएको सचिव यादवले बताए।
मंगलबारको समिति बैठकमा उम्मेदवारको प्रस्ताव राखिने छ। प्रस्तावमा समितिको सदस्यले मतदान गर्ने छन्। दुई तिहाइ आएको प्रस्तावको उम्मेदवार सभापति बन्ने व्यवस्था छ। कुनै एकको प्रस्तावमा दुई तिहाइ आए अन्य प्रस्ताव स्वतः रद्द हुने छन्। दुई तिहाइ नआएको खण्डमा पुनः यही प्रक्रियाअनुसार दलहरू अगाडि बढ्ने यादवले बताए।
माघ १९ गते प्रदेश सभा सचिवालयले रिक्त समितिको सभापति चयन प्रक्रिया अघि बढाएको थियो। प्रदेश सरकार गठन भएको चार वर्ष बितिसक्दा पनि अहिलेसम्म सार्वजनिक लेखा समितिको सभापति चयन हुन सकेको छैन।
माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि रामचन्द्र मण्डलको सांसद पद गुमेको थियो। मण्डल प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति थिए। कृषि तथा भूमि व्यवस्था समितिको सभापति विरेन्द्र सिंह मन्त्री बनेपछि पद रिक्त छ।
सातवटा समिति रहेकोमा तीनको सभापति जसपाको भागमा परेको छ। अर्थ तथा योजना समितिमा जसपाका मनिषकुमार सुमन, विकास समितिमा शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा अशोक यादव चयन भैसकेका छन्। प्रमुख प्रतिपक्षी दल लोसपाका जैनुल राइन महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापति छन्।