पदमबहादुरको राजनीतिक यात्रा: विद्यार्थी राजनीतिदेखि कर्णालीको भौतिकमन्त्रीसम्म
२४ माघ २०७८
•
४ मिनेट पाठ
पदमबहादुरको राजनीतिक यात्रा: विद्यार्थी राजनीतिदेखि कर्णालीको भौतिकमन्त्रीसम्म
जुम्ला सिँजा क्षेत्रका पदमबहादुर रोकाया कर्णाली प्रदेश प्रदेश क्षेत्र (ख) जुम्लाका निर्वाचित सांसद हुन्। संघीय व्यवस्था कार्यन्वयन संगै प्रदेश सांसदको रुपमा निर्वाचित रोकाया जुम्लाको प्रतिनिधित्व गर्दै कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री बनेका छन्। यसअघि रोकायालाई पटक पटक मन्त्री हुने अवसर नमिलेको होइन। कहिले पार्टी भित्रको गुटगत समस्या त कहिले नेताको मनभित्र बस्न नसक्दा मन्त्री हुन सकेनन्।  




मन्त्री हुने रोकायाको धोको पुरा हुन सकेको थिएन।  जेष्ठताका हैसियतमा कर्णाली प्रदेशसभाको पहिलो बैठकमा अध्यक्षता गरेका सांसद रोकाया लामो समय विधायन समितिमा रहेर काम गरे। उनी संधै जनताको हितको लागि अग्रसर भए। सांसद विकास कोषदेखि विकास योजना बाँडफाँडमा समानुपातिक हिसावले प्रस्तुत भए। विकासमा कसैलाई काखा र कसैलाई पाखा गरेनन्। मागको आधारमा भन्दा पनि आवश्यकताको आधारमा विकास बजेट विनियोजन गर्नुपर्छ भन्ने ध्याय राखे। फलस्वरुप उनले कर्णालीको भौतिक योजना तथा शहरी विकासमन्त्री बन्ने अवसर पाए।  

तत्कालिन नेकपा एमालेबाट सांसदमा निर्वाचित रोकाया एमाले भित्रको फुट संगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीमा समाहित भए। अहिले एकीकृत समाजबादीको केन्द्रीय सदस्य हुन्। जुम्ला जिल्लाको पार्टीको सह– इन्चार्ज पनि। मन्त्रालयको कार्यभार संम्हाल्दै रोकायाले समग्र कर्णालीको विकासका लागि एकाकार भएर लाग्ने प्रण गरे। 

उनले भने,‘कर्णालीको भौतिक पुर्वाधारमा जोड दिनेछु। आफूले सकेजतिको काम गर्न तयार रहनेछु। जनता प्रति उत्तरदायी र कर्तव्य निर्वाह गर्दा इमान्दार भएर प्रस्तुत हुनेछु। जनताको हीतलाई सर्वोपरी ठान्नेछु।’सांसद रोकाया कनकासुन्दरी गाउँपालिका ५ रोकायाबाडामा आमा नानी रोकाया र बुबा दत्तबहादुर रोकायाको कोखबाट बिक्रम संवत २०१० असार १० गते जन्मिएका थिए।  

उनले २०१० साल देखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गरे। २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिए। २०३९ सालमा पञ्चायत विरुद्धको अभियानमा जुटे। गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवारी प्रस्तुत गरे। युवा संगठनको सभापतिमा निर्वाचित भए। २०४४ सालमा उपप्रधानपञ्च निर्वाचित भए। पञ्चायत विरुद्धको अभियानलाई छोडेनन्। धेरै पटक राजनीतिक रुपमा जनसेवा गर्ने मौका पाइसकेका सांसद रोकायाले कहिले पनि व्यक्तिगत स्वार्थलाई सर्वोपरी ठानेन। बरु सामुहिक स्वार्थ प्राप्तिका लागि व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिए।  

२०४६ सालमा सांसद रोकाया नेकपा मालेको संस्थापक सदस्यकारुपमा चुनिए। २०४७देखि २०४९ सम्म नेकपा एमालेको जिल्ला समिति सदस्यका रुपमा काम गरे। २०४९ देखि २०६६ सम्म जिल्ला सचिवालय सदस्य बने। २०६७ देखि २०७१ सम्म नेकपा एमाले जिल्ला समिति जुम्लाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए। उनको जीवनकालमा राजनीतिमा निकै उतारचढाव आए। तर उनी कहिले थाकेनन। अहोरात्र खटिरहे। राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बनाए।  

२०६० सालमा जिल्ला विकास समितिको बोर्ड सदस्यमा रहेर काम गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचन आयोगको बन्द सुचीमा एमालेको समानुपातिक उम्मेदवारका रुपमा छनौट भए। तर संविधानसभा सदस्य बन्ने धोको पुरा हुन सकेन।  

२०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा उनी नेकपा एमालेबाट संविधानसभा सदस्यका लागि उम्मेदवार बने। नेपाली काँग्रेसका ललितजङग शाहीदेखि २५७ मतान्तरले पराजित भए। पार्टी भित्रको विश्वासघातले आफु पराजित भएको पटक पटक सुनाउँछन्। नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेर वामगठबन्धन बन्यो। २०७४ सालको निर्वाचनमा प्रदेश क्षेत्र (ख) जुम्लाको उम्मेदवार बनेर चुनाव लडे। उनी बिजय बने। नेपाली काँग्रेसका उम्मेदवार भिमनिधि हमाललाई झण्डै दोब्बर मतले पराजित गर्न सफल भए। बर्षौ देखिको सांसद बन्ने धोको पुरा भयो।  

साढे २ बर्ष कर्णाली प्रदेशसभा कानुन विधायन समितको सभापति भएर कार्य गरे। त्यसपछि कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिको सभापति बने। प्रमाणपत्र तह अध्ययन गरेका सांसद रोकाया सबैको प्यारो बन्न चाहन्छन। उनी कोरा भाषण भन्दा पनि कामलाई प्राथमिकता दिन्छन। मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा रहेको मन्त्रीपरिषदमा भौतिक पुर्वाधार तथा शहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन्। कर्णाली प्रदेशसभामा कर्णालीको भोकमरी,अशिक्षा,बेरोजगारी,पछौटेपनको अन्त्यको लागि आवाज बुलन्द गर्दै आएका सांसद रोकाया गृहजिल्लामा आइपुगेपछि सबै क्षेत्रमा घुमफिर गरेर फर्कन्छन्।  

कसैलाई सानो ठुलो नभनेर बराबर सम्बन्ध राख्ने सांसद रोकाया कर्णाली प्रदेश सभामा मन्त्री नियुक्त भएपनि जुम्लाबासीमा खुसीयाली छाएको छ। कर्णाली प्रदेश सभामा जुम्लाका तीन जनाले प्रतिनिधित्व गर्छन। प्रदेश क्षेत्र(क)बाट निर्वाचित नेकपा माओबादी केन्द्रका नरेश भण्डारी,नेपाली काँग्रेसका समानुपातिक सांसद दीनबन्धु श्रेष्ठ र एकीकृत समाजवादीका प्रदेश क्षेत्र (ख)का पदमबहादुर रोकाया। काँगेसका श्रेष्ठ र माओबादी केन्द्रका सांसद नरेश भण्डारी मन्त्री भइसकेका छन। भण्डारी पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री र श्रेष्ठ पूर्व जलस्रोत तथा उर्जा विकासमन्त्री भइसकेका छन्। सांसद रोकाया यसपटक भौतिक पुर्वाधार तथा शहरी विकासमन्त्री बनेका छन्। जुम्लाबाट प्रतिनिधित्व गर्ने तीनै जना सांसद मन्त्री हुनु निकै सुखद भएको जुम्लाबासी बताउँछन्।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४२ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस