तत्काल मिति नतोके आन्दोलनः एमाले
१६ माघ २०७८
•
४ मिनेट पाठ
तत्काल मिति नतोके आन्दोलनः एमाले
नेकपा एमालेले स्थानीय तहको निर्वाचन मिति सोमबारभित्र घोषणा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ। पाँचदलीय सत्ता गठबन्धनले वैशाखमा गर्नुपर्ने स्थानीय तहको निर्वाचन पर सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै एमालेको मोर्चा संगठनले यस्तो ‘अल्टिमेटम’ दिएको हो।




मोर्चा संगठन संयन्त्रको शनिबार बसेको बैठकले सरकारले निर्वाचन मिति तोक्न आनाकानी गरेको भन्दै त्यसविरुद्ध देशव्यापी आन्दोलनमा जाने निर्णय पनि गरेको छ। ‘हामी अब आन्दोलनमा लाग्याैं। सरकारले भनेको बुझोस्। जनताले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्नु छ। जनादेशमा नजाने षड्यन्त्र हुँदा आन्दोलनमा जानुपर्छ। अब सिठी फुकेर लाग्यौं’, मोर्चा संगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले भने। उनका अनुसार मोर्चा संगठनको बैठकले २२ वटै जनवर्गीय संगठनलाई आन्दोलनमा उत्रिन निर्देशन दिएको छ। ढकालले शनिबारदेखि नै आन्दोलन सुरु भैसकेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचन समयमै गराउन सरकारलाई दबाब दिन देशव्यापी जनपरिचालन गर्न निर्देशन दिएलगत्तै मोर्चा संगठन संयन्त्रले यस्तो निर्णय गरेको हो। पार्टी मोर्चा संगठनका प्रमुख, विभिन्न विभागका प्रमुख तथा इन्चार्ज र जनसंगठनका अध्यक्षलाई ओलीले बालकोट निवासमा बोलाएर सरकारमाथि दबाब सिर्जना गर्न निर्देशन दिएका थिए। पार्टी जनसंगठन समन्वय प्रमुख ढकालका अनुसार स्थानीय तहको निर्वाचन निर्धारित समयमा गर्न दबाब दिने विषयमा छलफल गर्न मोर्चा संगठन संयन्त्रको बैठक भक्तपुरस्थित एक पार्टी प्यालेसमा बसेको हो। बैठकले निर्वाचन मिति तत्काल तोक्न सरकारलाई दबाब दिने निर्णय गरेको छ।

बैठकमा सहभागी युवा संघका इन्चार्ज महेश बस्नेतका अनुसार निर्वाचन मिति तत्काल घोषणाका लागि दबाब दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र दिने निर्णय पनि बैठकले गरेको छ।  

आगामी सोमबारसम्म मिति घोषणा नभए देशका विभिन्न भागमा विरोध प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसअघि एमाले जनवर्गीय संगठनका तर्फबाट ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने बस्नेतले बताए।

स्थानीय चुनाव सारे ‘खतरा’

संविधानविद्हरूले सत्ता र शासकीय सुविधा वा कुनै दलको स्वार्थलाई हेरेर स्थानीय चुनाव सारिए गैरसंवैधानिक हुने र त्यसले संविधान पनि खतरामा पर्र्ने बताएका छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा संविधानविद् टीकाराम भट्टराईले सत्ता गठबन्धनको स्वार्थ र अमूक दलको सबलीकरणका लागि संविधानको धाराको व्याख्या गर्न नपाइने बताए। ‘स्थानीय तहको निर्वाचनबारे संविधानमा नै तोकिएपछि तलमाथि गर्न सकिँदैन, संविधानमा संघ, प्रदेश र स्थानीय तहको अलगअलग अस्तित्वसहित पाँचवर्षे अवधि तोकिएको र विगतको अनुभवका आधारमा संविधानमा स्थानीय तह कहिल्यै भंग नहुने र केन्द्र सरकारले चाहेर पनि भंग गर्न सक्ने अधिकार राखिएको छैन,’ उनले भने। उनले स्थानीय सरकार अविछिन्न उत्तराधिकारीवाला संंस्था भएकाले एक निमेष पनि रिक्त नहुने परिकल्पना संविधानमा गरिएको बताए। ‘रिक्त हुने परिकल्पना गरिएको भए संविधानमा नै रिक्त भए के गर्ने भन्ने प्रावधान पनि हुन्थ्यो,’ उनले भने।

संविधानको धारा २२५ मा रहेको पालिकासभाको व्यवस्थालाई अन्य धारा निष्क्रिय हुनेगरी व्याख्या गर्नु असंवैधानिक हुने धारणा उनले राखे। उनका अनुसार त्यसलाई प्रयोग गर्ने हो भने संविधानका धारा २२०, २१६, २१५ र आवधिक निर्वाचनलगायतका प्रावधान निष्क्रिय हुन्छन्।

अर्का संविधानविद् सुनिल पोखरेल पनि स्थानीय सरकारको पदावधिसँग सम्बन्धित नै नहुने धारा २२५ को कुरा तेस्र्याएर २०५४ सालपछिको स्थिति सिर्जना गर्न खोजिएको बताए। उनले विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको अवस्थालाई हेरेर वर्तमान संविधानमा स्थानीय तहको कार्यकाल पाँच वर्ष तोकिएको बताए। संविधानअनुसार स्थानीय तहको निर्वाचन तयारी अघि बढाउनुपर्नेमा सत्ता स्वार्थकै कारण धारा २२५ को अपव्याख्या गरी अड्काउने काम भएको उनले बताए। ‘त्यो भनेको गाउँसभा र नगरसभाको पदावधिको कुरा हो, जो जनप्रनिनिधि प्रत्यक्ष निर्वाचित भएपछि गठन हुन्छ। अहिले त्यसैको अपव्याख्या गरियो,’ उनले भने, ‘स्थानीय तह खाली हुँदैन, यसमा कामचलाउ गर्न पाइँदैन।’

वैशाखमा भए पनि आपत्ति छैन: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसद्को निर्वाचनसम्म सत्ता गठबन्धन कायमै रहने भएकाले स्थानीय निर्वाचन आगामी वैशाखमा भए पनि आपत्ति नभएको बताएका छन्। उनले चुनावबाट आफूहरू नआत्तिएको र जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताए। काठमाडौंमा शनिबार आयोजित पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन्।

नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचनअघि नै सत्ता गठबन्धन फुटाउने तानाबाना बुन्न लागिपरेको आरोप पनि लगाए। तर, त्यो प्रयास सफल हुन नदिने उनको भनाइ थियो। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरू सत्ता गठबन्धन कायमै राखेर निर्वाचनमा जान प्रतिबद्ध रहेको पनि बताए।

अध्यक्ष नेपालले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०७९ असोज २ गते पूरा हुने भएकाले त्यसपछि मात्रै निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दाबीसमेत गरे। संवैधानिक व्यवस्थाअनुसार चुनाव हुनेमा शंका नगर्न उनले आग्रह गरे।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१५ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस