सिके राउत नेतृत्वकाके जनमत पार्टीका कार्यकर्ताले मधेस प्रदेशसभा सदस्य सवार गाडीमा आक्रमण गरेका छन्। प्रदेशसभा सदस्य अशोक यादव सवार गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरका छन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाने क्रममा यादव सवार गाडीमा जनमत कार्यकर्ताले जानकी मन्दिर अगाडि आक्रमण गरी तोडफोड गरेका हुन्। जनमतको आक्रमणबाट सांसद यादवको हातको औंलामा समेत चोट लागेको छ।
प्रदेशसभा सदस्य यादव प्रदेश मामिला संसदीय समितका सभापति हुन्। सोही हैसियतमा उनलाई प्रदेश सभाले गाडी उपलब्ध गराएको छ। सोही गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेका हुन।
यसअघि जनमतका कार्यकर्ताले हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडीमा समेत तोडफोड गरेका थिए। धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार जनमतका कार्यकर्ताले दुई वटा गाडीमा तोडफोड गरेको बताए। तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिइएको उनले बताए।