एमाले ताप्लेजुङ जिल्ला अधिवेशनः अध्यक्षका लागि ४ जना आकाँक्षी
२० पौष २०७८
•
२ मिनेट पाठ
एमाले ताप्लेजुङ जिल्ला अधिवेशनः अध्यक्षका लागि ४ जना आकाँक्षी
पुस २३ र २४ गते हुने नेकपा एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनमार्फत अध्यक्ष बन्न ४ जना आकाँक्षी देखिएका छन्। जिल्ला संयोजक तथा प्रदेश सांसद बलबहादुर साम्साहोङ, सहसंयोजक तथा संविधानसभा सदस्य भूपेन्द्र थेबे, एमाले नेताद्धय केशरकुमार सुब्बा र राधाकृष्ण पौडेल आकाँक्षी देखिएका छन्।




अर्का नेता सन्तोष खतिवडाले सहमति बनेको अवस्थामा आफू अध्यक्षको दौडमा नरहने बताएका छन्। सुब्बा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष समेत हुन्। उनी एमालेको दशौं जिल्ला अधिवेशनमार्फत जिल्ला सचिवमा निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बिबाद तथा पछि एमाले र माओवादी केन्द्र फरक–फरक दलको हैसियतामा पुगेपछि बनेका दुई समानान्तर कमिटी मध्ये एक पक्षको उपाध्यक्ष पौडेल थिए। नेकपा र एमाले बिबाद कायम रहँदा अध्यक्ष केपी शर्मा ओली निकट रहेको थेबे अध्यक्ष, पौडेल उपाध्यक्ष र दीपेन्द्र पोमू(दीपेन)सचिव रहेको एमालेको एउटा कमिटी बन्यो।

दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित साम्सोहाङ, उपाध्यक्ष मातृकाप्रसाद भट्टराई, सचिव केशरकुमार सुब्बा र उपसचिव मंगलसिंह केदेम रहेको समिति अर्कोतर्फ क्रियाशील थियो। बिबादका बीच दुई पार्टी कमिटी र दुई पार्टी कार्यालय रहेको एमाले ताप्लेजुङलाई एक बनााउने प्रयास स्वरुप साम्सोहाङ संयोजक र थेबे सहसंयोजक रहने गरी दुबै कमिटीमा रहेका अन्य पदाधिकारी तथा माओवादी केन्द्रसहित अन्यबाट एमाले प्रवेश गरेका समेत समेटेर जिल्ला अधिवेशन नहुँदासम्मका लागि ८ सदस्य सचिवालय बनाइएको छ। दुबै कमिटीमा रहेका सदस्यहरु जिल्ला सम्मेलन आयोजक कमिटीमा रहने गरी पार्टी कमिटी समायोजन गरिएपनि दुई पार्टी कार्यालय भने यथावत् चलिरहेका छन्।

एमालेको नयाँ विधान अनुसार कुनै एक कमिटीमा रहेको व्यक्तिले अर्को कमिटीमा रहने गरी उम्मेदवारी दर्ता गर्ने बित्तिकै साविकको कमिटीको हैसियत गुमाउने एमालेको नयाँ विधानको व्यवस्था रहेको छ। सोहि अनुरुप जिल्ला कमिटीमा रहेका व्यक्ति पालिका कमिटीमा पनि आबद्ध भएको अवस्थामा जिल्ला कमिटीमा रहने छैनन्। एमाले ताप्लेजुङका इञ्चार्ज तथा पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले भने सहमतिमै नेतृत्व चयन गर्न बिभिन्न चरणमा नियमित छलफल भइरहेको र निश्कर्षमा भने पुग्न नसकिएको जानकारी दिए। ‘सहमतिको प्रयास गरिरहेका छौं, हेरौं के हुन्छ’, उनले भने।
अर्को समाचार
एमालेको जिल्ला अधिवेशन पुस २३ गते
२० पौष २०७८
•
३ मिनेट पाठ
एमालेको जिल्ला अधिवेशन पुस २३ गते
नेकपा एमालेले पुस २३ गते देशभर एक साथ जिल्ला अधिवेशन गर्ने भएको छ। दशौं महाधिवेशनपछि एमालले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो। पहिला जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मंसिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको अधिवेशन गर्न लागेको हो।




एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरपार्टी निर्देशन (अपानी)मा पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गरिसक्नु पर्ने उल्लेख थियो। सोही निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको एमालेले जनाएको छ। एमालेका अधिकांश जिल्लाको अधिवेशन तयारी पूरा भएकाले २३ गते उद्घाटन र पुष २४ गते नेतृत्व चयन गरिने बताइएको छ। अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र जिल्लाको व्यवस्थापनको तयारी समेत सकेको एमाले केन्द्रमा रिपोर्टिङ आएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘एकाध हिमाली जिल्ला बाहेक सबै जिल्लामा एक साथ अधिवेशन सम्पन्न हुनेछ,’ विभागका उपप्रमुख रिजालले भने।

एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन दिएको छ। सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले मातहत कमिटीलाई निर्देशन गरेको हो। पुस २३ गते हुने जिल्ला अधिवेशन तथा माघ ८ मा हुने प्रदेश अधिवेशका लागि केन्द्रीय कार्यालयको तर्फबाट पठाइएको लिखित मापदण्डअनुसार निर्वाचनको प्रक्रियामा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अवलम्बन गर्न भनिएको छ। जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ।  

मौसमका कारण कतिपय हिमाली जिल्लामा अधिवेशन गर्न असम्भव भएमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ। मनाङ, मुस्ताङ, डोल्पा, हुम्लासहित केही जिल्लामा भने केन्द्रीय कार्यालयको परामर्शमा अधिवेशन हुनेछ। अन्य जिल्लामा २३ गते नै जिल्ला अधिवेशन तयारी भएको छ। दशौं महाधिवेशनपछि जिम्मेवारी पाएका केन्द्रीय सदस्यहरू अहिले जिल्ला अधिवेशनको तयारीमा जिल्ला जिल्लामै रहेका छन्। उनीहरूकै निर्देशनमा जिल्ला अध्यक्ष र जिल्ला कमिटीहरूले काम गरिरहेको एमालेले जनाएको छ।

एमालेको जिल्ला अधिवेशन सकिएको लगत्तै सात वटै प्रदेश सम्पर्क कमिटीको अधिवेशन हुने भएको छ। सो अधिवेशनबाट पनि नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ। पुस ३० गते प्रदेश सम्पर्क कमिटीको अधिवेशन हुने एमालेले जनाएको छ। त्यसका लागि प्रतिनिधि छनोट गर्न मातहतका कमिटीलाई निर्देशन दिइसेकेको छ। त्यसैगरी माघ ८ गते प्रदेश संगठन कमिटीको अधिवेशन हुने भएको छ। पुस २३ गते जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालले जनाएको छ।  

यससँगै एमालले त्यसमूनिका कमिटीहरूको पनि अधिवेशन तीव्र रूपमा थालेको छ। माघ २२ गते सम्पर्क मञ्चहरूको सम्मेलन तथा त्यही क्रममा जनवर्गीय संगठनहरूको सम्मेलन गर्ने पनि तयारी गरेको छ। अहिले एमाले पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले देशभर अधिवेशन गरिरहेको छ। धेरैजसो जिल्लामा अधिवेशन सकिएको चौतारीले जनाएको छ। प्रेस चौतारीको पनि माघमै सम्मेलन गर्ने तयारी गरेको छ। त्यस्तै विद्यार्थी, महिला लगायतका जनवर्गीय संगठनहरूले पनि जिल्ला अधिवेशन गरिरहेका छन्।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस