३२ वर्षे दाहालराजको निरन्तरता
२० पौष २०७८
•
५ मिनेट पाठ
३२ वर्षे दाहालराजको निरन्तरता
नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टीको आठौं महाधिवेशन सकिएको भोलिपल्ट सोमबार ललितपुरमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले दाहाललाई अध्यक्ष बनाएको हो। दाहालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा कृष्णबहादुर महरा थिए।




२०४६ सालमा नेकपा मसालको महामन्त्री नियुक्त भएयता दाहाल निरन्तर नेतृत्वमा रहँदै आएका छन्। २०४८ सालमा नेकपा (एकता केन्द्र) को महामन्त्री, २०५१ सालमा नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकमार्फत पार्टीको नाम परिवर्तन गर्दैै नेकपा (माओवादी) को महामन्त्री हुँदै उनी २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भएका थिए।

२०६९ सालमा हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका उनी २०७० मा विराटनगरमा भएको एकता महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका थिए। निरन्तर ३२ वर्षदेखि नेतृत्वमा रहेका दाहाल हालै सम्पन्न आठौं महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्। २६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन्। पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन्। पार्टी शान्तिप्रक्रियामा प्रवेशसँगै संसदीय प्रणालीलाई स्वीकार गरेका दाहालले खुला राजनीतिको डेढ दशकसम्म पनि पार्टीभित्र एकछत्र राज गर्दै आएका छन्।

२६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन्। पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन्।

२६ वर्षदेखि माओवादीको नेतृत्व गरेका दाहाल पार्टीमा स्वघोषित अध्यक्ष बन्दै आएका छन्। पार्टीले लोकतान्त्रिक अभ्यासलाई स्वीकार गरे पनि उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई नै निरन्तरता दिँदै आएका छन्।
पार्टीभित्र फरक मत राख्ने समकालीन मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेलजस्ता महत्वपूर्ण सहकर्मीलाई साथमा राख्न असमर्थ दाहाल बरु पार्टीको आकार साँघुरो बनाउन तयार भए तर नेतृत्व अरूलाई सुम्पन तत्पर भएनन्। आठ दिनसम्म सञ्चालन भएको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूले मुख्य नेतृत्व अर्थात् दाहालको विकल्पबारे सामान्य बहससमेत गरेनन्।

बरु, दाहालपछिका पदाधिकारीका आकांक्षीहरूले नेतृत्वका लागि दाहाल निर्विकल्प रहेको र उनको विचारलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै उनलाई खुसी बनाउनमै तल्लीन देखिए।  

दाहालको राजनीतिक प्रतिवेदनमाथि फरक मत राख्ने र पार्टीभित्र लोकतान्त्रिक अभ्यास आवाज उठाउनेहरूसमेत दाहालले खल्तीबाट केन्द्रीय सदस्य घोषणा गर्दा र उनको प्रतिवेदन परिमार्जनबिनै पारित गर्दा प्रतिवादमा उत्रन सकेनन्।

दाहालले केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा आफूले चाहेर भन्दा पनि नेता–कार्यकर्ताको आग्रहमा पार्टीको नेतृत्व गर्नुपरेको बताएका थिए। दाहालको यो भनाइलाई कतिपयले पार्टीभित्र आफूलाई निर्विकल्प बनाइराख्न आफूपछिको नेतृत्व विकास नगरेको आरोप लगाउने गरेका छन्।

को हुन् दाहाल?

दाहाल २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी लेवाडेमा जन्मिएका हुन्।

उनी बाबु मुक्तिराम र आमा भवानीका जेठा छोरा हुन्। प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका दाहालले २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर माविबाट एसएलसी उत्तीर्ण गरे। दाहालको परिवार २०१९ सालमा चितवन बसाइँ सर्‍यो। उनको बाँकी शिक्षादीक्षा लिने कार्य चितवनमै भयो। २०२७ देखि २०२९ सालसम्म पाटन बहुमुखी क्याम्पसमा अध्ययन गरेका उनले त्यहीबाट आइएस्सी पूरा गरे। २०३१ देखि २०३३ सालमा रामपुर कृषि क्याम्पस पढे। त्यहाँबाट उनले बिएस्सी उत्तीर्ण गरे। उनी २०३८ देखि २०६३ सालसम्म भूमिगत राजनीतिमा सक्रिय रहे। पूर्णकालीन राजनीतिमा सक्रिय हुनुअघि केही समय उनी शिक्षण पेसामा पनि आबद्ध थिए।

२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता लिएर आफ्नो राजनीतिक जीवन सुरु गरेका दाहालले रामबहादुर थापा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए। २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका उनी २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० सालमा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए। उनी २०४१ सालमा नेकपा (मसाल) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने। २०४२ सालमा पोलिटब्युरो सदस्य हुँदै उनी २०४६ सालमा महामन्त्री बनेका थिए। २०४८ सालमा नेकपा (एकता केन्द्र) को महामन्त्री भएका उनी २०५१ सालमा तत्कालीन एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि बनेको नेकपा माओवादी केन्द्रका महामन्त्री बने। त्यसयता उनी निरन्तर उक्त पार्टीको नेतृत्वमा रहँदै आएका छन्।

२०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी खुला राजनीतिमा आएका दाहाल २०६५ साउनमा गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री बने। २०७३ साउन १९ गते उनी दोस्रोपटक प्रधानमन्त्री भए। हाल उनी पाँच दलीय सत्ता गठबन्धनमा एक महत्वपूर्ण नेतृत्वकर्ता रहँदै आएका छन्।

पदाधिकारी चयनमा विलम्बः अर्काे बैठक २५ गते

पार्टीको आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षसहित अन्य १४ पदाधिकारीको पनि चयन गर्ने बताइएको थियो। तर सोमबार अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेन। पार्टीले पदाधिकारी चयन गर्न यही पुस २५ गते अर्काे बैठक डाकेको छ। माओवादी केन्द्रमा अध्यक्षपछिको महत्वपूर्ण पद महासचिवका दाबेदारसमेत रहेका नेता वर्षमान पुन हाल उपचारका लागि चीनमा छन्। उनी मंगलबार अस्पतालबाट डिस्चार्ज हुन लागेकाले तत्काल पदाधिकारी चयन रोकिएको माओवादी केन्द्रले जनाएको छ।

पार्टीका केन्द्रीय सदस्य इन्द्रजित थारूका अनुसार पुनको समेत सहभागितामा पदाधिकारी चयन गर्न हाललाई यो प्रक्रिया थाती राखिएको हो। ‘उहाँ मंगलबार अस्पतालबाट डिस्चार्ज हुँदै हुनुहुन्छ। त्यसैले उहाँको समेत सहभागितामा पदाधिकारी चयन गर्न अर्काे बैठक २५ गतेका लागि डाकिएको हो,’ थारूले भने। पुनको समेत सहभागितामा पदाधिकारी चयन गर्दा भावनात्मक हिसाबले पनि उपयुक्त हुने भन्दै पदाधिकारी चयनको प्रक्रियालाई थाति राखिएको थारूले बताए। २५ गतेसम्म मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको पनि टुंगो लाग्ने र पूर्ण केन्द्रीय सदस्यको उपस्थितिमा पदाधिकारीको टुंगो लगाइने उनका भनाइ छ।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
२४ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस