मेरो उपस्थितिले केपी ओलीको सातो गएको छः नेपाल
०६ पौष २०७८
•
२ मिनेट पाठ
मेरो उपस्थितिले केपी ओलीको सातो गएको छः नेपाल
नेकपा (एकीकृत समाजवादी) गण्डकीको प्रदेश स्तरीय भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः उमेश पुन/नागरिक
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले केपी ओलीको सातो गएको बताएका छन्।




नेकपा एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय बृहत प्रशिक्षण भेलालाई मंगलबार पोखरामा प्रशिक्षणात्मक मन्तव्य दिदै उनले संसदमा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका हुन्।

आफू संसदमा भएका बेला केपी ओलीले संसदमा आँट नगर्ने तर आफू नभएको बेला छिर्न सक्ने भन्दै उनले भने, ‘म न भएको मौका पारेर केपी ओली छिर्न बेर छैन संसदमा। कमसेकम मेरो उपस्थितिले केपीको संसदमा सातो गइरहेको छ नि!।’ उनले केपीको सातो गएपनि केहि मतलब नभएको बताए। उनले भने, ‘नेपाली जनताको सातो कायम रहनुपर्छ, नेपाल राष्ट्रको गरिमा माथि उठ्नु पर्छ। कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी नेकपा एमाले भएको बताए। ‘केपी ओलीले कब्जा गरेको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी भएको छ, शत्रुको रुपमा रहेको छ,’ उनले भने। आफ्नो अनुहार हेर्दिन भन्दापनि केपीले आफूलाई हेर्नुपरेको भन्दै उनले भने, ‘हाम्रो अनुहार पनि हेर्दिन भन्थे, तर कस्तो सञ्जोग! कांगेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्‍यो, रमाइलो भयो।’  

उनले कांग्रेसको कार्यक्रममा एउटै स्टेजमा बस्न हुने तर संसदमा भने आफू र आफ्नो पार्टीलाई छुवाछुतको व्यवहार केपी ओली र उनको प्रवृत्तिले गरिरहेको बताए।
एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी खोलेका नेता नेपालले एमालेले संसद अबरुद्ध गरेर संविधान, निर्वाचन आयोग र सर्वोच्च अदालतको अपमान गरेको आरोप लगाए। कार्यकर्तालाई संसदमा नारा लगाउन सिकाएको भनेर टिप्पणी गरेका उनले भने, ‘उनीहरुको नारा छः संसदीय मर्यादा पालना गर, संसदको सर्वोच्चता कायम गर, संविधानको सम्मान गर भन्ने, तर के केपी ओली गुटको एमालेले संसदीय मर्यादा पालना गर्‍या छ? छैन।’

उनले संविधान अनुसार आफूहरुलाई संसदबाट हटाउन नसक्ने दाबी गरे। ‘के संविधान र कानूनले त्यस्तो दिएको छ? छैन। अनि कसरी हटाउन सक्छन,’ उनले भने। सभामुखले संविधानको मर्म अनुसार नै काम गरिरहेको भन्दै आगामी दिनमा पनि एमालेसँग नडराई संसदको कामकारवाही अघि बढाउन आग्रह गरे। उनले भने, ‘एमालेसँग तपाईं डराउनु पर्दैन, हामी छौं तपाईंको साथमा।’

भेलामा नेकपा समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले भर्चुअल रुपमा प्रशिक्षण दिनेछन् भने उपाध्यक्ष प्रमेश हमाल, केशवलाल श्रेष्ठ, महासचिव वेदुराम भुसाल लगायतले प्रशिक्षण दिँदैछन्।
अर्को समाचार
एमाले हाम्रो पार्टीको प्रमुख प्रतिद्वन्द्वी होः माधव नेपाल
०६ पौष २०७८
•
१ मिनेट पाठ
एमाले हाम्रो पार्टीको प्रमुख प्रतिद्वन्द्वी होः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बतएका छन्।




पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गएपनि आफूहरुको ध्येय भने कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको बताए।

मंगलबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाएपनि कहिल्यै सम्मान नगरेको दावी गरे। एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो। उनले एमालेले संसदबाट आफूहरुलाई हटाउन दवाव दिएपनि त्यो अधिकार कसैलाई नरहेको बताए।

अध्यक्ष नेपालले एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको पनि बताए। उनले एमाले ओलीको प्राईभेट कम्पनीमा रुपान्तरण भईसकेको दोहोर्‍याए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस