एमसीसीको विरोधमा आठ वटा पार्टी र मोर्चाले विरोध प्रदर्शन गरेका छन्। विरोध कार्यक्रमअन्तर्गत आज (मंगलबार) उनीहरूले प्रतिनिधिसभा भवन घेराउ गर्ने कार्यक्रम रहेको छ। माइतीघरबाट सुरु भएको विरोध कार्यक्रम प्रतिनिधिसभा भवन बानेश्वर घेराउ गरेर सकिने बताइएको छ। बानेश्वरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल कम्युनिस्ट पार्टी (मसाल), राष्ट्रिय जनमोर्चा लगायत विभिन्न आठ राजनैतिक दलद्वारा एमसीसीको विरोधमा विरोध प्रदर्शन गरेका हुन्।
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।
बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...