मलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्छुः देउवा
२६ मंसिर २०७८
•
२ मिनेट पाठ
मलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्छुः देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताएका छन्। महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सभापति निर्वाचित हुन जरुरी रहेको उल्लेख गर्दै आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने बताए। उनले नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिबद्धतासमेत जनाए।




“हिजोको सरकार हुँदा कस्तो हालत थियो, तपाँइहरुलाई थाहा नै छ र अहिले कति हलुका भएको छ, त्यसैले अहिलेको बेला यो कांग्रेसले जित्न जरुरी छ, कांग्रेसले जितेको खण्डमा मात्रै देशलाई अघि बढाउन सकिन्छ, त्यसका लागि यो महाधिवेशन महत्वपूर्ण छ”, उनले भने, “सभापतिमा मैले पनि उम्मेदवारी दिएको छु, अत्यधिक बहुमतले मलाई जिताउनुभयो भने अवस्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु।”

उनले आफू पार्टी सभापति भएको खण्डमा अहिलेको सरकार टिकिरहने र राष्ट्रिय निर्वाचन पनि यही सरकारले गर्ने बताए। उनले भने, “म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिक रुपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नैपर्ने आवश्यकता छ।”

राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने र प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यो आफ्नो अन्तिम बेला भएको तथा सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नैपर्ने दबाब रहेको दोहोर्‍याए।

प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने बताए। “अहिलेको परिस्थितिमा मैले कसैलाई मेरो खिलापमा मेरो विरोध गरेको होइन, तर मेरो यो अन्तिम बेला हो, आफूले सभापतिमा जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरुको सहभागितामा सरकार बनाउन सक्नेछु”, उनले भने।

प्रधानमन्त्री देउवाले नेपालको संविधान बचाउन, आदिवासी, जनजातिको हकअधिकार सुनिश्चित् गर्न, महिलालाई उचित अधिकार प्रदान गर्न आवश्यक रहेको बताए। संविधानले देशमा भएका सबै जनजातिको भावनालाई समेटेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले पनि आदिवासी, जनजातीलगायतका सबैभन्दा पछाडि परेको कर्णाली, दलित, जनजाती, मुस्लिम, महिला सबैलाई आरक्षणको व्यवस्था गरेको बताए।
अर्को समाचार
मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य
२९ असोज २०७९
•
३ मिनेट पाठ
मधेस सरकारबाट कांग्रेस मन्त्री मात्र हटाइनुको अन्तर्य
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे। लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई टेलिफोन गरेर कांग्रेसका तीन मन्त्रीलाई हटाउन निर्देशन दिए।




अध्यक्ष यादवको निर्देशन स्विकार्दै राउतले कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई राजीनामा दिन आग्रह गरे। राजीनामा नगरे पदमुक्त गर्ने चेतावनी पनि दिइयो। तर यादव, शर्मा र सिंह राजीनामा गर्न तयार देखिएनन्। अन्ततः शुक्रबार मुख्यमन्त्री राउतले उनीहरूलाई पदमुक्त गरे।

मुख्यमन्त्री राउतको सिफारिसमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनै मन्त्रीलाई पदमुक्त गरेका थिए। केन्द्रमा प्रधानमन्त्री देउवाले झंै खाली भएका मन्त्रालय मुख्यमन्त्री राउत आफैंले राखेका छन्। तर मुख्यमन्त्री राउतले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मन्त्रीहरूलाई भने सरकारबाट हटाएनन्।

मधेस सरकारमा नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह गृह तथा सञ्चार मन्त्री, रुबी कर्ण सञ्चार राज्यमन्त्री छन् भने नेकपा एसबाट शत्रुधन महतो उद्योग, पर्यटन तथा वनमन्त्री, नागेन्द्र राय यादव राज्यमन्त्री तथा प्रमोदकुमार यादव कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री छन्।

जसपाका प्रवक्ता मनीष सुमनले क्रियाको प्रतिक्रियास्वरूप मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूलाई हटाइएको बताए। ‘केन्द्रमा कांग्रेसले हामीप्रति जस्तो व्यवहार गर्‍यो, मधेस सरकारमा हामीले त्यस्तै व्यवहार गरेका हौं,’ सुमनले भने, ‘केन्द्रमा हाम्रा मन्त्रीहरूलाई बर्खास्त गरिएकोमा यसको सबै दोष हामीले प्रधानमन्त्री देउवाको मात्र देखेका छौं।’ केन्द्रमा जसपाका मन्त्रीहरू बर्खास्त गरिनुमा माओवादी केन्द्र र नेकपा एसको कुनै हात नरहेको निष्कर्ष जसपाले निकालेको सुमनले बताए। ‘अझै पनि हामी माओवादी केन्द्र र नेकपा एससँग मिल्न सक्छौं। त्यो सम्भावना कायम राखेर नै हामीले मधेस सरकारबाट ती दलका मन्त्रीहरूलाई नहटाएका हौं,’ सुमनले भने।

केन्द्र सरकारबाट जसपाका मन्त्रीहरूलाई हटाउनु प्रधानमन्त्रीको अपरिपक्व निर्णय भएको उनको भनाइ छ।

स्रोतका अनुसार जसपा अध्यक्ष यादवले प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ मा माओवादीको भोट आकर्षित गर्न वा माओवादीको सहानुभूति लिन मधेस सरकारमा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरूलाई नहटाएका हुन्। सप्तरी–२ बाट उम्मेदवारी दिएका जसपा अध्यक्ष यादव अहिले ‘रेडजोन’मा छन्। त्यस क्षेत्रमा सत्तारूढ गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्। त्यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि उम्मेदवारी दिएका छन्।

सप्तरीका दुईवटा पालिकामा जनमत पार्टी विजयी भएको छ। त्यसैले सप्तरीमा जनमत पार्टीको पनि बलियो पकड छ। ‘त्यसैले सप्तरी–२ मा माओवादी केन्द्रको भोट निर्णायक मानिन्छ। पार्टी अध्यक्ष यादवले माओवादी केन्द्रको भोट लिन माओवादी केन्द्र र नेकपा एसलाई सरकारमै निरन्तरता दिएका हुन्,’ स्रोतले भन्यो।

२०७४ सालको निर्वाचनमा पनि जयप्रकाशले त्यहीँबाट उम्मेदवारी दिएका थिए। त्यसबेला उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। अहिले भने उनी लोसपाका मात्र उम्मेदवार छैनन्, सत्तारूढ गठबन्धनको समेत उनलाई समर्थन छ।

यादवका निकट कार्यकर्ताहरू भने सप्तरी–२ मा माओवादीले यादवलाई सहयोग गर्ने आशा गरेका छन्। पछिल्लो समय जसपा अध्यक्ष यादव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच राम्रो सम्बन्ध छ। जसपा विभाजन हुने बेला दाहालले यादवलाई सक्रियतापूर्वक साथ दिएका थिए। त्यो साथ चुनावमा पनि कायम रहने यादवनिकट नेताकार्यकर्ताको विश्वास छ। समर्थन लिने मनशायका साथ अध्यक्ष यादवले सार्वजनिक रूपमा माओवादीको आलोचना पनि गर्दैनन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस