पुस २२ मा जिल्ला, माघ ८ मा प्रदेश सम्मेलन गर्दै एमाले
२६ मंसिर २०७८
•
४ मिनेट पाठ
पुस २२ मा जिल्ला, माघ ८ मा प्रदेश सम्मेलन गर्दै एमाले
नेकपा एमालेले संगठन निर्माण र नेतृत्व हस्तान्तरण अभियानअन्तर्गत पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ। एमाले केन्द्रीय कमिटीको शनिबार दिउँसो भक्तपुरको गट्ठाघरस्थित जर्मन पार्टी प्यालेसमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनवर्गीय संगठन, जिल्ला र प्रदेश कमिटीका सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएपछि बैठकले अधिवेशन मिति निर्धारण गरेको हो।




केन्द्रीय कमिटी बैठकबाट पदाधिकारीको वरीयताक्रम, कार्यविभाजन, स्थायी कमिटी तथा पोलिटब्युरो गठनलगायत १५ वटा विषयमा निर्णय गर्ने कार्यसूची छ। ६ उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवको वरीयताक्रम निर्धारण गरिनेछ। केन्द्रीय कमिटीको आइतबार बस्ने अर्को बैठकले पदाधिकारीहरूको वरीयताक्रम निर्धारण गर्ने बताइएको छ। त्यसैगरी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने तयारी पनि छ।  

अध्यक्ष ओलीको निवास बालकोटमा बिहान भएको छलफलले पदाधिकारीहरूको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरो गठनलाई टुंग्याउने निर्णय गरेको भए पनि अलि गृहकार्य गर्नुपर्ने भएकाले आइतबारको बैठकबाट यी विषयमा निर्णय लिइने नेताहरूले बताएका छन्।

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भएपछि नेताहरूले पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रामबहादुर थापालाई भेटेर आआफ्नो पक्षमा लबिङ गरेका छन्। एमाले विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो हुन्छ। असोजमा सम्पन्न विधान महाधिवेशनले निस्तेज पारेको पोलिटब्युरोलाई दसांै महाधिवहलले ब्युँताएको हो।

यसैगरी केन्द्रीय कमिटी बैठकले १० प्रतिशत केन्द्रीय सदस्य पनि मनोनयन गर्नेछ। यसमा पनि पनि नेताहरूले लबिङ गरिरहेका छन्। तर, केन्द्रीय सदस्यहरूको मनोनयन हुने नहुने भन्नेबारे केही टुंगिएको छैन। महाधिवेशनबाट निर्वाचित भएका नेताहरूबाटै स्थायी कमिटी र पोलिटब्युरो गठन हुने भएकाले केन्द्रीय सदस्यहरूले नै स्थायी कमिटीलाई पहिलो प्राथमिकतामा राखेका छन्। विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटीमा १९ पदाधिकारी स्वतः पर्नेछन्। बाँकी २६ पदमा करिब ५० जना आकांक्षी छन्। उमेर हदले अवकाश पाएबाहेक अघिल्लो स्थायी कमिटीमा भएका नेताहरू दोहोरिने सम्भावना छ। भीम रावललाई केन्द्रीय सदस्यमा मनोनयन गरेर स्थायी कमिटीमा लैजान दबाब परेको छ।

माओवादीबाट एमालेमा आएका नेताहरूले स्थायी कमिटीमा कम्तीमा पाँचजना सदस्य आफूहरूले पाउनुपर्ने दाबी गरिरहेका छन्। तर, प्रभु साहबाहेक अरू स्थायी कमिटीमा पर्ने सम्भावना कम रहेको स्रोतको दाबी छ। टंक आङ्बोहाङ, गौरीशंकर चौधरी, ज्वालाकुमारी साह, धर्म रेग्मी, दिनेश पन्थी, चन्द्रबहादुर खड्कालगायतले स्थायी कमिटीमा पर्न लबिङ गरे पनि उनीहरूलाई पोलिब्युरोमा लैजाने सम्भावना बढेको छ। अघिल्लोपटक स्थायी कमिटीमा भएर यसपटक पदाधिकारीमा नपरेका नेताहरू घनश्याम भुसाल, भीम आचार्य, किरण गुरुङ, रघुजी पन्त, मणिचन्द्र थापा गरी ६ जना स्थायी कमिटीमा स्वतः पर्नेछन्। लालबाबु पण्डितलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेर स्थायी कमिटीमा ल्याउने सम्भावना छ।  

स्थायी कमिटीमा भानुभक्त ढकाल, अग्नि खरेल, देवराज घिमिरे, गुरु बराल, कर्ण थापा, यामलाल कँडेल, राधा ज्ञवाली, शेरबहादुर तामाङ, शेरधन राई विन्दा पाण्डे, शिवमाया तुम्बनहाङ्फे, हिक्मत कार्की, श्रीमाया थकाली, थममाया थापा, राजन भट्टराई, उषाकला राई, वैजनाथ चौधरी, काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, देवेन्द्र दाहाल, गोकुल बाँस्कोटा, गोरखबहादुर बोगटी, पर्शुराम मेघी गुरुङ, महेश बस्नेत, सीता पौडेल, सुजिता शाक्य, ठाकुर गैरेलगायत आकांक्षी छन्। स्थायी कमिटी सदस्य बराबर अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष रहनेछन्।  

केन्द्रीय समितिको शनिबारको बैठकले एमाले सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको छ। अमृतकुमार बोहोरालाई परिषद् अध्यक्ष बनाइएको हो। यसअघि अनुशासन आयोगमा केशव बडाल, निर्वाचन आयोगमा डा. विजय सुब्बा, लेखा आयोगमा डा. पुष्प कँडेल चयन भइसकेका छन्। उनीहरू पनि स्थायी कमिटी सदस्यसरह बैठकमा भाग लिन र आफ्ना धारणा, मत राख्न पाउनेछन्। आयोगका प्रमुखबाहेक स्थायी कमिटी ४५ सदस्यीय हुनेछ।  

पार्टीको जित सुनिश्चित गर्न लाग्नुस्: ओली  

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकले केन्द्रीय कमिटी बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन पनि गर्ने भएकाले सबैले पाएको जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्नुपर्ने बताएका छन्। उनले एमालेमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउन र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गराउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका थिए। ‘अन्य पार्टीका कार्यकर्ता ल्याउने काम गर्नुस्, जनतालाई विश्वासमा लिने काम गर्नुस्, जसले गर्दा हाम्रो पार्टीप्रति जनतामा सकारात्मक धारणा बन्छ,’ ओलीले भने।

उनले आगामी निर्वाचनमा एमालेले कसैसँग मोर्चाबन्दी गर्नुनपर्ने बताएका थिए। ‘जनता एमालेका साथमा छन्, आगामी निर्वाचनमा विजयी हुन पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहनुपर्दैन’, ओलीले भने। उनले निर्वाचनलाई ध्यानमा राखेर संगठन सुदृढ र विस्तारमा लाग्न र त्यसको जानकारी समयसमयमा पार्टी केन्द्रलाई गराउन निर्देशन दिए। ‘जनताको चाहनाअनुसार विकासनिर्माणका कामलाई अघि बढाउनु हाम्रो पार्टीको दायित्व हो, अब सबै तहमा जाँदा त्यहाँको मुख्यमुख्य पाँचवटा कामबारे जनतालाई सोध्नुस् र केन्द्रलाई जानकारी गराउनुुस्। त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहनाअनुसार पार्टीले काम गर्न सक्नेछ’, ओलीले भने।
अर्को समाचार
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
१० मिनेट अघि
•
१ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।

लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।

उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।

‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।

उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।

लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।

‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।

उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।

प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस