राप्रपा महाधिवेशन :बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु
१६ मंसिर २०७८
•
१ मिनेट पाठ
राप्रपा महाधिवेशन :बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपति शम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ।




छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन्। यसलगत्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने नेता भुवन पाठकले जानकारी दिए।

महाधिवेशन प्रतिनिधिको सुझावका आधारमा आज साँझसम्म संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ। सोहीअनुसार उम्मेदवारको मनोनय दर्ता, नामावली प्रकाशन तथा निर्वाचन गरिने छ। नेता सुन्दर पाण्डेका अनुसार देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्।

महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारी सहित  १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुनेछ। उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्नेछ। यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा शुरु भएको महाधिवेशन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ। (रासस)
अर्को समाचार
ओलीको कार्यकालमा जनताको भलो भएन अब राजसंस्था कायम गर्नुपर्छः अध्यक्ष जबरा
०१ वैशाख २०७८
•
२ मिनेट पाठ
ओलीको कार्यकालमा जनताको भलो भएन अब राजसंस्था कायम गर्नुपर्छः अध्यक्ष जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताएका छन्। ‘केपी शर्मा ओली प्रधानमन्त्री भएको साढे तीन वर्षमा नेपाली जनतालाई भलो भएको देखिन्न। स्पष्ट बहुमतका बाबजुद राजनीति, समय अन्योलमै बित्यो। दुईतिहाइ बहुमतको अवसर त्यसै खेर फालियो,’ राप्रपा अध्यक्ष राणाले बुधवार भने।




नव वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राणाले भने, ‘कोरोना महामारी, गिर्दो अर्थतन्त्र, नैतिक ह्रास र अस्थिरताबीच हामी नव वर्ष २०७८ मा प्रवेश गर्दैछौं। अब के हुन्छ भन्नेमा अन्योल कायम नै छ।’

उनले भने, ‘अहिलेकै अवस्थामा देश, राजनीति चल्दैन भन्ने जनभावनाबीच राप्रपाप्रति आकर्षण स्वभाविक बढेको छ। यसैबीच पार्टी महाधिवेशनलाई संगठन निर्माण गर्ने आधारको रुपमा हामीले लिएका छौं।’

राजसंस्थाको अभिभावकीय भूमिकामा जोड दिँदै अध्यक्ष राणाले भने, ‘दलीय प्रतिनिधिबाट राष्ट्रप्रमुखको निष्पक्ष भूमिका निर्वाह हुन्न भन्ने यथार्थ अवस्था अनुभवबाटै स्थापित भएको छ। त्यसैले प्रजातन्त्र, राष्ट्रियता सुढृद तुल्याउन, दलभन्दा माथि रहने उही पुरानो संस्था, राजसंस्थालाई निष्पक्ष राष्ट्रप्रमुख कायम गर्नु पर्छ भन्ने हाम्रो विश्वास हो। सनातन सापेक्ष हिन्दुराष्ट्र कायम गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो।’

सूचना प्रविधिको वर्तमान परिवेशमा स्वार्थको चलखेल नै हुँदैन भन्न सकिन्न, सन्देशमा राणाले भने। ‘यद्यपि विभिन्न स्वार्थका अतिरिक्त राष्ट्रवादी शक्ति अघि बढ्ने हो, राष्ट्रवादी शक्तिले नै आफ्नो विचार कायम गराउने हो। परिवर्तन अन्तत्वगत्वाः नेपाली तत्वबाटै प्राप्त हुने हो।’

उनले भने, ‘यही मनोकामनासहित आगामी दिनमा राष्ट्रिय स्वार्थ, राष्ट्र हित कायम हुन्छ भन्ने विश्वास राखौं। नयाँ वर्ष २०७८ को पुनित अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीलाई सफलता, सुकीर्तिको हार्दिक शुभकामना।’
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस