राष्ट्रिय जनमोर्चाले एमालेसँग कुनै पनि स्तरमा सहकार्य नगर्ने
०१ मंसिर २०७८
•
१ मिनेट पाठ
राष्ट्रिय जनमोर्चाले एमालेसँग कुनै पनि स्तरमा सहकार्य नगर्ने
राष्ट्रिय जनमोर्चाले प्रतिगमनको पक्षमा रहेका राजावादी र एमालेसँग कुनै पनि स्तरमा सहकार्य नगर्ने नीति पारित गरेको छ। पार्टीको बुटवलमा सम्पन्न बैठकले सो निर्णय गरेको हो। बैठकपछि प्रेस वक्तव्य जारी गर्दै जनमोर्चाले देशमा अझ पनि प्रतिगमनको खतरा कायम रहेकोले त्यसका विरुद्ध लड्न तथा देशलाई प्रतिगमतर्फ जान नदिन ५ दलीय गठबन्धनको अहिले पनि आवश्यकता र औचित्य भएको स्पष्ट पारेको छ।




अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित सो वक्तव्यमा ५ दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको समेत उल्लेख छ।

‘अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमनतर्फ लैजाने उद्देश्यले काम गरेको छ। नेपाली काँग्रेस एमसीसीको पक्षमा रहेको छ। नेपाली काँग्रेसभित्रबाट तथा अमेरिकी साम्राज्यवादबाट नेकाको नेतृत्वमाथि दबाब रहेको छ। त्यसका वाबजुत पनि ५ दलीय गठबन्धनमा आवद्ध माओवादी र एकिकृत समाजवादी एमसीसीलाई संशोधन नगरी संसदबाट पारित गरिनु हुन्न भन्ने पक्षमा छन् भने हाम्रो पार्टी दृढ रुपमा एमसीसीका विरुद्ध रहेको छ। त्यसैले गर्दा ५ दलीय गठबन्धनमा फुट पार्ने गरी तत्कालका लागि एमसीसी संसदमा प्रस्तुत गर्न र त्यसलाई पारित गर्न ने।का। का लागि त्यति सजिलो छैन। त्यो कारणले नै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत एमसीसीको कुनै उल्लेख नगर्नु त्यसैको परिणाम हो।’ विज्ञप्तिमा भनिएको छ।
अर्को समाचार
अखिल छैटौंमा विवाद:बुटवल र धनगढीमा छुट्टाछुट्टै सम्मेलन
२५ असोज २०७८
•
२ मिनेट पाठ
अखिल छैटौंमा विवाद:बुटवल र धनगढीमा छुट्टाछुट्टै सम्मेलन
सुदूरपश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भ्रातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) २२औं राष्ट्रिय सम्मेलन पनि विवादमा तानिएको छ। केन्द्रीय समितिका महासचिव महेशराज जोशीको नेतृत्वमा कैलालीको धनगढीमा राष्ट्रिय सम्मेलन सकिएसँगै केन्द्रीय अध्यक्ष विमल पोख्रेलको नेतृत्वमा बुटवलमा सम्मेलन भइरहेको छ।




निवर्तमान महासचिव जोशीको नेतृत्वमा धनगढीमा भएको राष्ट्रिय सम्मेलनले महेशराज जोशीको अध्यक्षतामा उमेश कँडेल महासचिव रहेको ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ।उता निवर्तमान अध्यक्ष पोख्रेलको नेतृत्वको बुटवलको सम्मेलनले देवेन्द्र कुँवरको अध्यक्षतामा सुवास जिसी महासचिव रहेको ३५ सदस्यीय समिति चयन गरेको बताइएको छ।अखिल छैटौं केन्द्रीय समितिका नवनिर्वाचित अध्यक्ष जोशीले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा गरेका थिए।

‘हामीले २३ गते धनगढीमा गरेको राष्ट्रिय सम्मेलनमा देशभरका १ सय २ प्रतिनिधिको उपस्थितिमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्‍यौं,’ अध्यक्ष जोशीले भने, ‘देशभरका साथीहरूको उपस्थितिमा धनगढीमा गरिएको २२औं सम्मेलन नै आधिकारिक हो। हाम्रोमा अध्यक्ष पोख्रेल उपस्थित हुनुभएन।’

यसअघि गत साउन १९ गते केन्द्रीय समितिको बैठकले पाल्पामा २२औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको बताउँदै जोशीले भने, ‘अध्यक्ष पोख्रेलले गुटगत राजनीति गर्न खोजेर केन्द्रीय कमिटीलाई थाहै नदिई स्थान परिवर्तन गर्ने, जिल्ला सम्मेलनबाट निर्वाचित समितिलाई छलेर अवैधानिक व्यक्तिहरूलाई सम्मेलनको प्रतिनिधि बनाएको विषयलाई हामीले विरोध गरेर धनगढीमा सम्मेलन गरेका हौं ।’ 

उता बुटवलमा अहिले अखिल छैटौंको राष्ट्रिय सम्मेलन भइरहेको निवर्तमान अध्यक्ष पोख्रेलले बताए।उनले भने, ‘बुटवलमा २२औं राष्ट्रिय सम्मेलन भइरहेको छ। पदाधिकारी पनि चयन भइसकेका छन्, घोषणा गर्न मात्रै बाँकी छ। तर, धनगढीमा के भएको छ त्यो थाहा भएन, हाम्रो महासचिव बुटवलको कार्यक्रममा अनुपस्थित हुनुहुन्छ।’

यसअघि भदौ ८ र ९ गते सुदूरपश्चिम प्रदेशमा र भदौ २८ गते प्रदेश २ मा समेत राष्ट्रिय जनमोर्चाको समानान्तर प्रदेश कमिटी गठन भइसकेका छन्। समानान्तर कमिटी गठन भएसँगै जनमोर्चा फुटको संघारमा पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन्। पार्टीको केन्द्रीय तहले विधि विधानविपरीत कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेशका जनमोर्चाका कार्यकर्ताहरूले विद्रोह गरेका थिए। 

धनगढीमा प्रदेश स्तरीय दुई दिने भेला गरेर राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूले केन्द्रले विधि विधानविपरीत काम गरेको भन्दै विद्रोहको घोषणा गरेका थिए। उनीहरूको विद्रोहको घोषणा गरेको दुई महिना नपुग्दै पार्टीको भातृ संगठनको केन्द्रीय स्तरमा समेत सांगठनिक विवाद चुलिएको छ।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस