प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय मंगलबार पदमुक्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मन्त्री रायलाई पदमुक्त भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता होमप्रसाद घिमिरेले जानकारी दिए।
पदमुक्त रायले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले सम्हाल्ने छन्। मुख्यमन्त्री राउतले मंगलबार कात्तिक ३० गते प्रदेश प्रमुख हरिशंकर मिश्रलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड(ख) बमोजिम मन्त्रिपरिषद्को उद्योग, पर्यटन तथा वन मन्त्रीबाट रामनरेश राय पदमुक्त भएको सिफारिस पत्र पठाएको थियो। प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिस सदर गर्दै मन्त्री रायलाई पदमुक्त गरेका हुन्।
मन्त्री रायलाई मुख्यमन्त्री राउतले दुई दिन अघि कात्तिक २८ गते मुख्यमन्त्रीले निवासमै बोलाएर पदबाट राजीनामा गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर उनले मुख्यमन्त्रीको आग्रह अस्वीकार गरेका थिए।
एकीकृत समाजवादीलाई सरकारमा भित्र्याउन मन्त्री रायलाई राजीनामा गर्न मुख्यमन्त्रीले आग्रह गरेको बताइएको छ। उक्त मन्त्रालय एकीकृत समाजवादीलाई दिने सहमति भएको छ।
एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने लालबाबु नेतृत्वको सरकारको तयारी छ। यद्यपि अर्को मन्त्रालय कुन दिने टुंगाो लागिनसकेको स्रोतले जनायो।
प्रदेशसभामा १३ सांसद रहेको एकीकृत समाजवादीलाई उद्योग, पर्यटन, वन तथा वातावरण र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिइने मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महेन्द्र यादवको कोटामा मन्त्री बनेका राय हाल जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति सदस्य छन्। संघ सरकारमा महेन्द्र यादव मन्त्री भएपछि उनको कोटामा मन्त्री बनेका रायलाई हटाइएको बताइएको छ।
एकीकृत समाजवादीलाई कुन कुन मन्त्रालय दिने टुंगो नलागेपनि यसै साता प्रदेश सरकारमा सहभागी गराउने गरी छलफल भइरहेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले बताए।
सरकारमा सहभागी हुनेबारे पार्टीमा छलफल भए पनि मन्त्रालयको टुंगो लाग्न नसकेको एकीकृत समाजवादीको संसदीय दलका नेता शत्रुधन महतोले बताए। ‘सामाजिक विकास र अर्थ मन्त्रालय माग्दा मुख्यमन्त्रीले समस्या देखाएका छन्,’ महतोले भने, ‘सरकारमा जाने नै हो। तर, मन्त्रालयबारे छलफल हुन सकेको छैन। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले राजीनामा दिए संसदीय दलको बैठक बसेर मन्त्रीको नाम टुंगो लगाउने छौं।’
एकीकृत समाजवादीबाट संसदीय दलका नेता महतोको नाम मन्त्रीमा टुंगो लागे पनि अर्का मन्त्रीको नाम टुंगो लाग्न बाँकी छ।