महाशक्ति राष्ट्र प्रमुखसमक्ष देउवाको गर्विलो उपस्थिति
१८ कार्तिक २०७८
•
४ मिनेट पाठ
महाशक्ति राष्ट्र प्रमुखसमक्ष देउवाको गर्विलो उपस्थिति
प्रधानमन्धी शेर बहादुर देउवा ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप २६) मा भाग लिइ आज विहीबार नेपाल फर्किएका छन्। २० जनाको जम्बो प्रतिनिधिमण्डल लिएर बेलायत आएका देउवाले सम्मेलनमा जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणा प्रष्ट रुपमा राखे। 




एक सयभन्दा बढी देशका प्रमुख उपस्थित रहेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले जलवायु परिवर्तनको क्षेत्रमा भोगेको प्रभावको चर्चा गर्दै पर्वतीय क्षेत्रमा हिमनदी पग्लिनु समस्या नेपालको मात्र नभएर विश्वभरको लागि चुनौती रहेको बताए। उनले नेपालमा हिमनदी पग्लिदा समुद्रको सतह बढ्ने र टापु देशहरुको अस्तित्व नै संकटमा पर्ने बताए। प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिले विश्वका नेताहरुको समेत ध्यानार्कषण गरेको थियो। प्रधानमन्त्री देउवा नोभेम्वर १ र २ तारिख ग्लास्गोमा रहदाँ साइडलाइन वार्ताहरुलाई प्रभावकारी बनाउन सशक्त रुपमा प्रस्तुत भए। 

प्राप्त अवसरहरुलाई पूर्णरुपमा सदुपयोग गरे। उमेरले ७५ नाघेका देउवाले भ्रमणको क्रममा अमेरिकी राष्ट्र प्रमुख वाडेन, बेलायत प्रधानमन्त्री बेरिस जोन्स्न, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका महाशक्ति राष्ट्रप्रमुख समक्ष देशमा भएका जलवायुसम्बन्धी समस्यालाई उच्च आत्मविश्वासका साथ प्रस्तुत गरेका थिए। देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत मंगलवार ग्लास्गोमा गरेको द्धिपक्षीय भेटवार्ताले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। दुई प्रधानमन्त्रीबीचको भेटवार्ताले दार्चुलाको तुइन प्रकरण, लिम्पियाधुरा सीमाविवाद लगायतका कुटनीतिक तथा राजनीतिक विषयमा व्यापक छलफल गरेर अघि बढ्न दुबै मुलुकलाई थप सहज भएको छ। 

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको मुद्दामा उठाएको प्रसँगले जति चर्चा पो त्यसरी नै उनको प्रस्तुति (वडिल्याङवज, हाउभाउ) को चर्चा समेत सामाजिक संचालनमा चर्चा पायो। त्रिभुवन विमान स्थलमा तामझाम नगरी बेलायत निस्किएका देउवाको सरलपनलाई बेलायतस्थित नेपाली समुदायले निकै रुचाएको थियो। समान्यतयाः धेरै नबोल्ने र बोली हाले पनि रिसाई हाल्ने स्वभावका प्रधानमन्त्री देउवा बेलायतमा भने निकै हसिलो मुद्रामा प्रस्तुत भएका थिए। विश्वका महाशक्ति राष्ट्रको अघि देउवा निकै हसिलो मुद्रामा प्रस्तुत भएका थिए। प्रधानमन्त्री देउवासँग खिचेको फोटोलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च प्रथामिकताका साथ आफ्नो समाजिक सञ्जाल फेसबुक टाइमलाइनमा राखेका थिए। यस्तै देउवाले बेलायत प्रधानमन्त्री वोरिस जोन्स्नलाई भेट्दा गरेको बेलायतशैलीको अभिनन्दन (कुइनो ठोकाई) लाई आमसञ्चार माध्यमले मन पराएँ। देउवाले सम्मेलनका क्रममा लगाएका पोशाकहरु समेत आर्कषकको केन्द्रमा रहेका थिए। 

सम्मेलनलाई सम्बोधन गर्दा उनले भादगाउले कालो टोपी, खैरो दौरासुरवाल र निलोकोट लगाएका थिए। बेलायती प्रधामन्त्री जोन्सनलाई भेट्दा उनी ओभरकोटमा सजिएका थिए। जोन्सनले नेपालको बारेमा पूर्णरुपमा जानकार रहेको बताएका थिए। अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेटमा कालो टोपी र निलो कोटमा उपस्थित थिए– देउवा। वाइडेनले देउवाको टोपीबाटै नेपालको प्रधानमन्त्री भनेर चिनेका थिए। भेटमा वाइडेनले यसअघि नेपाल आएको स्मरण गर्दै नेपाल सुन्दर देश रहेको प्रतिक्रया दिएको देउवाले बताएका छन्। २९ अक्टोेवर साँझ अवेर लण्डनस्थित हित्रो विमान स्थलमा उत्रिएका देउवाले अक्टोवर ३० र ३१ तारिखको समय बेलायतस्थित नेपाली समुदाय र बेलायती सरकारी उच्च अधिकारीसँगको भेटमा बेथित गरेका थिए। 

उनले बेलायतस्थित सर्वदलीय संसदीय समिति, गैरआवासीय नेपाल संघ, भूपुगोर्खा लगायत आधा दर्जन भन्दा बढी संघसंस्थाका गुनासा र माग सुन्न भ्याए। धेरै सुन्ने र कम बोल्ने देउवाले संघसंस्था प्रतिनिधिहरुले उठाएका मागहरु ध्यानपूर्व सुन्थे र दुई मिनेटभित्रै आफ्ना भनाइ राखेर टुंगाई दिन्थे। परराष्ट्र सचिव भरतराज पौडेलसहित उच्च अधिकारीसहित लन्डन पुगेका देउवा समक्ष नेपाली समुदायले राखेका मुद्दाहरुलाई मन्त्रालयका कर्मचारीले कहिकतै लिखित रुपमा अभिलेख राख्ने वा डेप्लोमेटिक नोट लेख्ने चासो समेत देखाएनन्। उनीले भ्रमणका क्रममा प्रधानमन्त्रीसँगको पाएको समयलाई बढी रुपमा व्यक्तिगत सम्बन्ध सुधारमा ध्यान केन्द्रीत गरेका थिए। 

मन्त्रालयका कर्मचारीहरुले सार्वजनिक कार्यक्रममा बोल्ने बिषयमा ब्रिफिङ नगर्दा प्रधानमन्त्री गैरआवासीय नेपाली संघ यूकेले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा चिप्लिएका थिए। उनको गैरआवासीय नेपाली संघ सामाजिक संस्था भएको भ्याउ नपाउँदा आमनिर्वाचनमा जस्तै आफ्नो पार्टीका उम्मेदवारलाई चुनाव जिताउन आब्हान गरेका थिए। भ्रमणकै क्रममा उनले बेलायत रक्षामन्त्रीसँग भूपुगोर्खाहरुको मागलाई सम्बोधन तत्काल गर्न निर्धक्कसँग आफ्नो अडान प्रस्तुत गरेका थिए।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१ घण्टा अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस