प्रधानन्यायाधीशको राजीनामाबारे एमाले तथस्ट बस्छ: ओली
०९ कार्तिक २०७८
•
२ मिनेट पाठ
प्रधानन्यायाधीशको राजीनामाबारे एमाले तथस्ट बस्छ: ओली
प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा आली। तस्बिरः चुमन बस्नेत/नागरिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  प्रधानन्यायाधीशको राजीनामाका विषयमा एमाले तथस्ट बस्ने बताएका छन्। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीशको राजीनामा सम्बन्धमा कतैपट्टी पनि पक्षधरता नदेखाउने बताए।  




उनले भने, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने र नपर्ने विषयमा एमाले  कतैपट्टी पनि पक्षधरता देखाउँदैन।’ ओलीले सर्वोच्च अदालतका नाममा राजनीति भइरहेको टिप्पणी गरे। सर्बोच्च अदालत भित्र परमादेश अघि देखि नै अशोभनिय गुटबन्धी र राजनिती भइरहेको उनले बताए। 

ओलीले न्यायलय प्रधानन्यायाधीशको इच्छाबमोजिम नभई संविधान बमोजिम चल्नुपर्नेमा जोड दिए।‘ न्यायदलयले संविधान कार्यान्वयन गर्नेकी प्रधानन्यायाधीशको इच्छा पूर्ति गर्ने?’ उनले भने ‘अदालत भित्र अशोभनिय गुटबन्धी गर्ने नभई  संविधान अनुसार न्ययालय चल्नुपर्छ।’ न्यायलय लोकतन्त्रको स्तम्भ भएकाले निक्ष्पक्ष, स्वतन्त्र र शक्ती पृथकिकरणको सिद्धान्त अनुसार न्यायलय चल्नुपर्छ।

कानुन अनुसार पार्टीले कारबाही गरेर निश्काशित गरिसकेका ग्रैर सांसद बैठकमा उपस्थित हुन्जेल संसद अवरोध जारी रहने बताए। ओलीले भने ‘संसद नियमावलीले कोही पनि गैर सांसदलाई राखेर प्रतिनिधिसभा चलाउन पाईदैन भनेर स्पष्ट व्यवस्था गरेकाले गैर सांसद उपस्थित हुन्जेल सभामा अवरोध जारी रहन्छ।’ ओलीले सभामुखले संसदमा पक्षपातपूर्ण व्यवहार गरिरहेकोसमेत आरोप लगाएका छन्। 

सभामुखले कुनै दलको मतियार बनेर एमाले विरोधी गतिविधि गरिरहेको उनले बताए। ‘कुनै दलका एकजना सांसद मात्रै उभिदा पनि संसद बैठक स्थगित गर्ने तर, सबैभन्दा ठूलो दल नेकपा एमालेका सबै सांसदले बिरोध गरिरहंदा देखेको नदेखेझैगरी  झ्यालबाट छिरेर संसद चलाउनुले सभामुख एमाले विरोधी गिरोहको मतियार बनिरहनुभएको छ।’  

ओलीले अहिलेको गठबन्धनको काम राजनीतिक प्रणाली माथि प्राहार गर्ने भएकाले सिस्टममाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाए। ओलीले गठबन्धनको सरकारले कुनै पनि सकारात्मक काम गर्न नसकेको टिप्पणी गरे।
अर्को समाचार
राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन कि व्यवस्थापन?
१० वैशाख २०८१
•
३ मिनेट पाठ
राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन कि व्यवस्थापन?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिएको नौ महिनापछि पार्टीले ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गर्ने भएको छ। एमालेले पार्टी स्थापनाको हीरक महोत्सवमा सोमबार पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो।




२०७९ फागुनमा राष्ट्रपतिबाट बिदा भएकी भण्डारी फेरि सक्रिय राजनीतिमा आउन सक्ने चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले गत साउनको अन्तिम साता एउटा कार्यक्रममा राष्ट्रिय सम्मान लिएर बस्नु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए। भण्डारीलाई फेरि एमाले राजनीतिमा ल्याएर अध्यक्ष बनाउनुपर्ने भन्दै ‘लबिइङ’ गरिरहेका केही नेता ओलीको तारोसमेत बनेका थिए।

ललितपुरको गोदावरीमा पार्टी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। यसबाट उनलाई राजनीतिमा तान्न खोजिएको हो वा व्यवस्थापन गर्न सहज होस् भनेर ‘गणतन्त्र गौरव’ पदक दिन लागिएको हो भन्ने कौतूहलता उब्जेको छ।

पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्ने प्रस्ताव प्रतिनिधि परिषद् बैठकले अनुमोदन गरेको छ। परिषद्को आइतबारको बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टी स्थापना दिवसका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको प्रस्ताव प्रस्तुत गरेका थिए। एमालेले सोमबार पार्टी स्थापनाको ७५औं वर्षगाँठ मनाउँदैछ। यही अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीका तर्फबाट गणतन्त्र गौरव पदक प्रदान गर्न लागिएको हो।

भण्डारीलाई एमाले जनवर्गीय संगठनले आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिसकेको छ। गत साता जनसंगठन समन्वय संयन्त्रको बैठकले जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने र पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको हो। यसले पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा पुनरागमनको संकेत गर्छ।

एमालेभित्रका केही नेताले वामपन्थी पार्टीहरूबीच एकताका लागि सहज हुने भएकाले भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर पनि लबिइङ गरिरहेका छन्। गत वर्ष भण्डारीले आफ्नै निवासमा केही पत्रकारहरूसँगको भेटमा पार्टीभित्र समस्या आए आफू टाढाबाट टुलुटुलु हेरेर नबस्ने बताएकी थिइन्।

शीतलनिवासबाट बिदा हुँदा उनल सरकारी सेवासुविधासमेत नलिने बताएकी थिइन्। सुरक्षामा नेपाली सेना खटिए पनि उनले अन्य सरकारी सेवासुविधा फिर्ता गरिसकेकी छिन्। उनले सरकारले दिएको गाडी २०७९ फागुन २९ मै फिर्ता गरेकी थिइन्।

शीतलनिवासबाट बिदा भएपछि उनी आफ्नै निवासमा एमाले नेता तथा कार्यकर्तासँग निरन्तर संवादमा छन्। यसै विषयलाई लिएर गत साउनमा २८ मा अध्यक्ष ओलीले ‘भेट्नु ठुलो कुरा होइन तर राजनीतिमा कसैले निम्तो दिनुहुन्न’ भनेर टिप्पणी गरेका थिए। अहिले उनै ओलीको चाहनामा भण्डारीलाई पार्टीका तर्फबाट गणतन्त्र गौरव पदले सम्मान गर्न लागिएको हो।

बलियो शक्ति बन्ने संकल्प

एमालेले देशभरका अगुवा नेता–कार्यकर्ताहरूको भेलाबाट मिसन ८४ सफल पार्ने संकल्प गरेको छ। पार्टीको शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले आउँदो तीन वर्षमा बलियो राष्ट्रिय शक्ति बन्ने संकल्प पास गरेको हो।  
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस