आफ्नो पक्षीय उम्मेदवार नभएपछि गच्छदारले सारे निर्वाचन मिति
०९ असोज २०७८
•
२ मिनेट पाठ
आफ्नो पक्षीय उम्मेदवार नभएपछि गच्छदारले सारे निर्वाचन मिति
काँग्रेसका नेता बिजयकुमार गच्छदारको गृहनगर सुनसरी दुहवीमा चुनावी प्रतिस्पर्धा हुने भएपछि निर्वाचन मिति सारिएको छ। दुहवी नगरपालिकामा काँग्रेसको १४ औं महाधिवेसनका लागि सभापतिका आकांक्षी दुई जनाबाहेक गच्छदारले शुक्रबार रातभर सहमति गराएर तेस्रो व्यक्तिलाई सर्वसहमत बनाउन प्रयास गरेपनि सम्भव नभएपछि चुनाव हुने मिति सारेका हुन्।




दुहवी नगर सभापतिको लागि शुरुवातदेखि नै मेयर बेदनारायण गच्छदार र खेम नारायण चौधरी सभापतिमा उठ्ने घोषणा गरेर चुनाबी प्रचारमा लागेका थिए। दुवै जना विजय गच्छदारका आफन्त हुन्। तर, पछिल्लो समय वेद भने वरिष्ठ नेता पौडेल पक्षीयमा लागेका छन्। ‘विजय दाईले वेद र खेमनारायण दुवैलाई बसाएर तेस्रो व्यक्ति टेकचन्द विश्वासलाई सभापति बनाउन सहमति गराउन लामो प्रयास गरेपनि वेदले त्यसलाई अस्वीकार गरे,’ दुहवीकै काँग्रेसका अगुवा नेताले भने। विजय काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर हुन्। विजयले आफ्नो पकड भएको क्षेत्रमा आफ्नै समूहलाई मात्र स्थान दिने गरेका छन्।

वेदले विजयको प्रस्ताव अस्वीकार गरेसँगै निर्वाचनलाई प्रभावित पार्नका लागि मिति सारिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिले सुनसरीको जिकिर छ। दुहवीमा वेदले विजयको प्रस्ताव अस्वीकार गरेसँग चार जनामा सभापतिको लागि उम्मेदवारी परेको निर्वाचन अधिकृत सूर्य निरौलाले बताए। सभापतिमा वेद, टेकचन्द विश्वास, तारिकचन्द सरदार र रमेशकुमार चौधरीको उम्मेदवारी परेको हो। जसमा वेद र टेकचन्दबीच प्रतिस्पर्धा हुने भएको छ। तारिकचन्द र रमेश भने गुटगत रुपमा कम खुलेका छन्।

सुनसरीमा पछिल्लो समय पार्टी आन्तरिक चुनावका लागि ‘हेबी वेट’ का नेता सक्रिय छन्। यहाँ हेबी वेटका नेता बिजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मिन विश्वकर्मा, नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइराला, नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगानालगायतका नेता क्षेत्रीय प्रतिनिधी रिझाउन नेताहरु सक्रिय भएका छन्।

हेबी वेटका आफू अनुकुल नभएकै कारण सुनसरीको भोक्राहा(नरसिंह गाउँपालिकामा दुवै पक्षबीच विवाद र झडप हुँदा निर्वाचन स्थगित भएको छ। भोक्रहा(नरसिंह काँग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्र कार्कीको निर्वाचन क्षेत्र अन्तर्गत पर्छ। यहाँ देउवा समूहले आफ्नो उम्मेदवार जिताउन हेबी वेटका नेता सक्रिय हुनु र भोक्राहा नरसिंह देउवा इतर समूहको पकड हुँदा दुई पक्षीय विवाद र झडपको स्थिति भएको हो।

जिल्ला सभापति राजीव कोइरालाका अनुसार विवाद साम्य पार्न प्रयास गरेपनि सम्भव नभएको बताए। जिल्लाका अन्य स्थानमध्ये बर्जु गाउँपालिकामा कृष्ण संग्रैला, गढीमा कमलनारायण चौधरी र हरिनगरमा नुनु अनसारी सर्वसहमत विजयी भएका छन्। कोशीमा सुलेमान अनसारी विजयी भएका छन् भने अन्य स्थान धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बराह, इनरुवा तथा रामधुनी नगरपालिकामा भएको निर्वाचनको मतगणना सुरु भएको छ।
अर्को समाचार
ललिता निवास जग्गा प्रकरणमा प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो: गच्छदार
०६ असोज २०७८
•
१ मिनेट पाठ
ललिता निवास जग्गा प्रकरणमा प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो: गच्छदार
नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपसभापति गच्छदारले आफूमाथि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाउनु असान्र्दभिक रहेको बताएका हुन्।  




उनले प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने गुरुयोजना आफू मन्त्री हुनुभन्दा अगाडीदेखि नै प्रारम्भ भएको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार प्रक्रिया अगाडी बढाइ मन्त्रीपरिषद्ले सामुहिक निर्णय गरेको भएपनि आफूलाई पूर्वाग्रही रुपमा भ्रष्टाचारको मुद्दा चलाइएको बताए। उनले आफूमाथि लगाइएको भ्रष्टाचारको मुद्धा प्रतिशोधपूर्ण रहेको पनि बताए।  

उपसभापति गच्छदारले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने स्पष्ट पारे। उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच सौहार्दपूर्ण वातावरणमा मिलेर अगाडी बढ्नको निम्ति आफूले भुमिका निर्वाह गरेको बताए।  

आफू नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनको निम्ति कांग्रेससँग एकिकरण गरेको भन्दै उनले कुनैपनि गुट वा समुहको पक्षमा वकालत नगर्ने बताए। उपसभापति गच्छदारले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष मुद्दा नचलाइ छानीछानी मुद्दा चलाइएको बताए। 

अरुलाई दलीय संरक्षण प्रदान गरी आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भएको पनि उनले उल्लेख गरे। उनले तत्कालीन कम्युनिष्ट सरकारले संवैधानिक निकायहरुलाई दबाबमा पारी प्रतिपक्षलाई तर्साउने षड्यन्त्रस्वरुप मुद्दा चलाएको बताए।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस