ओली र दाहाललाई चुनावी चटारो
०८ असोज २०७८
•
४ मिनेट पाठ
ओली र दाहाललाई चुनावी चटारो
प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्। 




एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार फरकफरक स्थानमा दिएका अभिव्यक्तिले यी दुवै दल निर्वाचनबारे चिन्तित हुन थालेको संकेत गरेको छ।  

दुईदुईपटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष ओलीका हरेक अभिव्यक्ति चुनावमय हुने गरेका छन्। उता माओवादी अध्यक्ष दाहालका अभिव्यक्ति पनि चुनाव केन्द्रित भएर आउन थालेका छन्। 

एमाले अध्यक्ष ओलीले देशव्यापी रूपमा संगठन निर्माणका क्रममा आगामी निर्वाचनमा बहुमत ल्याउने दाबीसहित अभिव्यक्ति दिइरहेका बेला बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि जनवर्गीय संगठन वाइसिएलको कार्यक्रममा निर्वाचन केन्द्रित अभिव्यक्ति दिए।  

बिहीबारको कार्यक्रममा ओलीले सबै विकास निर्माणको स्वरूप आफ्नो सरकार भएका बेला तयार पारेकाले वर्तमान सरकारले स्विचमात्रै थिच्ने काम गरेको दाबी गरे। यस्तो कामले वर्तमान सरकारको कुनै अस्तित्व नहुने उनको जिकिर थियो।

विकास निर्माणदेखि सबै कार्यले गर्दा अन्य दलहरू आफ्नो पार्टीको छेउमा कम्मरमुनि मात्रै आउने दाबीसमेत उनले गरे। ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न सक्दैनौ। मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक किन लगाउनु। एमालेविरुद्ध केके न गरेको भन्छन्।

एमालेलाई खुब नोक्सान पारेको भन्छन्। तर सबै मिल्दा पनि कति छन् ? हाम्रो कम्मर–कम्मरआइपुग्छन्, त्यत्ति न हो’, ओलीले भने। उनले गठबन्धन मिलेर आए पनि एमाले एक्लै निर्वाचनमा जान सक्षम रहेको दाबी गरे।  

उता माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि अबको निर्वाचन २०६४ को जस्तै बनाउनुपर्ने भन्दै वाइसिएललाई त्यसै अनुसार तयारी गर्न निर्देशन दिए। ‘मतपत्रको बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्न खोज्नेलाई लखेट्नुपर्छ। हामीले त्यो बेला कति गरेका थियौं, तपाईंहरूले कति गर्नुभयो २०६४ मा। गर्नुपर्ने पनि गरियो, नगर्नुपर्ने पनि गरियो र पो जितियो।

अब पनि त्यही परिस्थिति निर्माण हुँदैछ नत्र गुन्डाहरूले जे पनि गर्नेछन्’, दाहालले भने। त्यही क्रममा उनले आफूलाई सच्याएर रूपान्तरण हुने जनाए। ‘पहिला म सच्चिनुपर्छ, मेरो रूपान्तरण हुनुपर्छ त्यसकारण म आफैं सच्चिँदै छु’, दाहालले भने। यति बेला ओली र दाहाल एकअर्कालाई गाली गर्न व्यस्त देखिएका छन्।  

ओलीले दाहालका विरुद्ध विष बमन गर्ने र दाहालले ओलीका विरुद्ध विष बमन गर्ने क्रम बढिरहेको छ। बिहीबार दाहालले आफूले केपीजस्तो बुद्धि नभएको नेता नदेखेको बताए। ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो तर गिदीमा गोबर भरिएपछि के गर्ने !’ दाहालले भने। 

उनले ओलीलाई दम्भी, अहंकारी सामन्ती भएको आरोप लगाए। ‘केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्तवादी प्रवृत्ति भएको नेता हो, उसले मेरो क्षेत्रमा राम, सीता, लक्ष्मण, हनुमानको मन्दिर स्थापना गरिदियो। अब म ती हनुमानहरूसँग चुनाव लड्नु’, उनले भने।  

माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँचखालमा ओलीलाई भगौडा भनिरहँदा काठमाडौंमा ओलीले गठबन्धनलाई बलियो बनाएर मात्रै एमालेसँग भिड्न तयार हुन चेतावनी दिए। गठबन्धन सरकारलाई सिस्नुको संज्ञा दिँदै ओलीले भने, ‘सरकार सिस्नोजस्तै छ, जता छोयो त्यतै पोल्छ। 

आउँदो चुनावसम्म यसलाई तातोपानी लगाएर ठीक पार्नुपर्छ नत्र पोलिरहने भयो।’ दाहालले नेकपा विभाजित गरेर आफ्नो गुट लिएर हिँडे पनि एमाले सग्लै रहेको ओलीको भनाइ थियो।

उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको समेत चर्को आलोचना गरे। उनले भने, ‘चोइटिएर गएको पार्टीको नाम एकीकृत राखेको छ। शेरबहादुर देउवाको पछि लागेर हिँड्नेले चुनावमा एमालेसँग भिड्ने कुरा नगरेकै राम्रो।’

नेकपा एसको जम्बो कमिटी  

एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीले भूगोलमा आफ्नो उपस्थितिको ख्याल नगरी केन्द्रमा एमालेको भन्दा ठूलो कमिटी निर्माण गरेको छ। बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। यसअघि नेकपा माओवादीले चार हजार जनाको केन्द्रीय कमिटी बनाएको थियो भने नेकपा कालमा ४ सय ४५ जनाको केन्द्रीय कमिटी थियो।  

नेकपा एसले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ। जसमा उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ३, सचिव ४ र वरिष्ठ नेता एकजना छन्। त्यस्तै ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्युरो, ७ सय १ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। 

बैठकले प्रदेश इन्चार्जहरू पनि तोकेको छ। यस्तै केन्द्रीय विभागहरू २५ सदस्यीय, सल्लाहकार समिति १५१ सदस्यीय बनाउने निर्णय गरेको छ। ज्येष्ठ कम्युनिस्ट मञ्च १५१ सदस्यीय हुने र केन्द्रबाहेक सबै कमिटीमा दुई अध्यक्ष रहने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले सबैलाई समेट्न खोज्दा ठूलो कमिटी बनेको बताए।
अर्को समाचार
प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता
२० वैशाख २०८१
•
१ मिनेट पाठ
प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।




सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो।

उनीहरुबीच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत वैशाख १५ मा सम्पन्न इलाम– २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस