एमाले पार्टी केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भइसक्यो: माधव नेपाल
२६ भदौ २०७८
•
१ मिनेट पाठ
एमाले पार्टी केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भइसक्यो: माधव नेपाल
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) पार्टी केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भइसकेको ठोकुवा गरेका छन्।




केपी ओलीले क्रान्तिकारी ज्वाला निभाईसकेको अध्यक्ष नेपालको जिकिर छ। पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश स्तरीय भेलालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै नेपालले ओलीको प्राइभेट कम्पनीमा कम्युनिस्ट पार्टीका लागि हुनुपर्ने कुनैपनि गुण नभएको बताए।  

केपीले कम्युनिस्टको सिद्धान्त परित्याग गरिसकेको अध्यक्ष नेपालको आरोप छ। 'केपीके कम्युनिस्टको सिद्धान्त, मार्क्सवादको सिद्धान्त सबै त्यागिसकेका छन,' उनले भने, 'त्यहाँ ब्यक्तिवाद छ, त्यहाँ गुट छ।' 

ओलीले मनपरी गरेर पार्टीलाई विभाजनको स्थितिमा पुर्‍याएको नेपालले बताए।
अर्को समाचार
‘एमाले ओलीको प्राइभेट कम्पनी भइसक्यो’
२७ भदौ २०७८
•
२ मिनेट पाठ
‘एमाले ओलीको प्राइभेट कम्पनी भइसक्यो’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको एमाले पार्टी अब प्राइभेट कम्पनीमा परिणत भइसकेको ठोकुवा गरेका छन्। ओलीले नेतृत्व गरेको पार्टी ओरालो दिशामा अगाडि बढेको उनको भनाइ छ।  




नेकपा (एस)निकट युवा संघ नेपालले शनिबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अब ओलीसँग कम्युनिस्ट पार्टीमा हुनुपर्ने कुनैपनि गुण नरहेको बताए। ‘केपीले कम्युनिस्टको सिद्धान्त, माक्सवादको मूल सिद्धान्त सबै त्यागिसकेका छन्,’ उनले भने ‘त्यो पार्टीमा व्यक्तिवाद छ, गुट मात्र छ।’ व्यक्तिवादले पार्र्टी चल्न नसक्ने र एमाले पार्टीभित्र अब इमान्दार कार्यकर्ताको भविष्य नरहेको बताए।  

केपी ओलीले क्रान्तिकारी ज्वाला निभाइसकेको नेपालले जिकिर पनि गरे। केपीले कम्युनिस्टको सिद्धान्त परित्याग गरिसकेको बताउँदै उनले अगाडी भने, ‘केपी ओलीले पार्टीका सबै विधि, विधानलाई लत्याइदिए, जसले गर्दा पार्टीभित्र व्यक्तिवाद हावी भयो, प्राइभेट कम्पनीमा रूपान्तरण हुन पुग्यो।’ ओलीले मनपरी ढंगबाट पार्टीलाई विभाजनको स्थितिमा पुर्‍याएको नेपालले बताए।  

ओलीले एकलौटी रूपमा एमाले पार्टी कब्जा गरेको र चारैतिरबाट ढोका थुनेका कारण आफूहरूले नयाँ पार्टी स्थापना गरेको बताए। ‘एकलौटी रूपमा पार्टी कब्जा गर्ने काम गरियो, पार्टीको विधि, विधान जति सबैलाई लत्याउने काम ओलीले गरे,’ उनले भने, ‘जनताले दिएको मतको सदुपयोग नै गरिएन, ओलीको दम्भले एमाले पार्टीलाई यो अवस्थामा पुर्‍यायो।’ तत्कालीन समयमा एमाले र माओवादीबीच भएको सहमतिलाई समेत ओलीले कार्यान्वयन नगरेको नेपालको आरोप छ। ‘पार्टीले गलत बाटो रोजेपछि राष्ट्रलाई नोक्सान पुर्‍याउन थाल्यो, जनतालाई नोक्सान पुर्‍याउन थाल्यो, त्यसपछि हामीले आवाज उठाउन थालेका हौं,’ उनले स्मरण गर्दै भने। जनआन्दोलनको माध्यमबाट राजतन्त्रलाई फाल्न सकिन्छ भनेर कसैले कल्पना पनि नगरेको अवस्थामा त्यो सम्भव भएको स्मरण गराउँदै अध्यक्ष नेपालले भने, ‘समयको माग छ, भने विचार स्पष्ट छ, भने संकल्प गर्नुपर्छ, दृढ हुनुपर्छ, असम्भव भन्ने कुरा केही छैन, न्यायको जित हुन्छ, त्यसैले हामीले हामीले पनि नयाँ संकल्प गरेका छौं।’ नयाँ संकल्प स्वरूप नेकपा(एकिकृत समाजवादी) पार्टीको जन्म भएको बताए।  

सो क्रममा नेकपा(एकिकृत समाजवादी)का केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य दलबहादुर सुनार, जिल्ला अध्यक्ष अशोक कोइराला, युवा संघका केन्द्रीय अध्यक्ष नरेशकुमार शाही लगायतले सम्बोधन गरेका थिए। अध्यक्ष नेपाल शनिबार दिनभर पार्टीका विभिन्न कार्यक्रममा ब्यस्त भए। उनले पार्टीको बाँकेस्थित सम्पर्क कार्यालय उद्घाटन गर्नुका साथै विभिन्न ठाउँमा पुगेर कार्यकर्तालाई सम्बोधन गरेको जिल्ला अध्यक्ष कोइरालाले जानकारी दिए।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस