कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना नहुने
२४ भदौ २०७८
•
४ मिनेट पाठ
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना नहुने
नेपाल सरकारले कालापनी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरिसक्दा पनि राष्ट्रिय जनगणना २०७८ मा यी क्षेत्रको जनगणना नहुने भएको छ। राष्ट्रिय केन्द्रीय तथ्यांक विभागले बुधबार एक कार्यक्रम आयोजना गरी ०७८ सालको जनगणना अगामी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मूल गणना कार्यक्रम सम्पन्न गरिने जनाएको छ।




विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले यसपटकको जनगण्नामा नेपाल सरकारले दाबी गर्दै आएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा वसोवास गर्ने नागरिकको तथ्यांक संकलन सम्भव नहरेको बताए। उनले यस विषयमा केन्द्र, प्रदेश, स्थानीय सरकार र सरोकारवालासँग छलफल भइरहेको भए पनि त्यस क्षेत्रमा भारतीय सैनिकको कब्जा रहेकाले जनगणना गर्न सम्भव नभएको अवस्था देखिएको उनको भनाइ छ।

‘तीनै क्षेत्रका भूभाग हाम्रो भए पनि ती क्षेत्रमा भारतीय सैनिकले कब्जा गरी २४ घण्टा गस्ती गरिरहेको सूचना हामीलाई प्राप्त भएको छ,’ महानिर्देशक श्रेष्ठले नागरिकसँग कुरा गर्दै भने, ‘भारतीय सैनिकले स्कटिङ गरिरहेको छ। हामीलाई सिमानामा छिर्न दिँदैन,’ उनले थपे, ‘विसं २०१८ सालको जनगणनामा वरिष्ठ पत्रकार भैरव रिसाल सरको सहभागितामा एकपटक मात्र त्यहाँ जनगणना गरिएको तथ्यांक छ। त्यसपछिको कुनै पनि गणनामा ती तीनवटै क्षेत्रका नागरिक नेपाली भए पनि गणनामा समेट्न सकिएको छैन। यसपटक हामी कसरी जानेबारे अझै छलफल भइरहेकै छ। तर भौतिक उपस्थितिमै गणना गरिने सम्भावना न्यून छ।’

१५ दिनभित्र सम्पन्न गरिने जनगण्नामा यसपटक ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक बेरोजगार युवाहरूलाई बनाइने सरकारी निर्णय भएअनुसार गणक र सुपरीवेक्षक छनौट र तालिम दिने काम सुरु भएको छ। विगतमा जनगणनामा तथ्यांक संकलनको काममा विद्यालयका शिक्षकहरू खटाइने गरिएको थियो। ‘गणकको शैक्षिक योग्यता १२ पास तोकिएको छ भने सुपरीवेक्षकको शैक्षिक योग्यता स्नातक तोकिएको छ,’ महानिर्देशक श्रेष्ठ भन्छन्, ‘७० लाख परिवार तथा तीन करोड जनसंख्याको गणना १५ दिनको कार्यावधिमा सम्पन्न गरिन्छ। जनगणनाका लागि सरकारले चार अर्बको बजेट छुट्याएको छ।’  

जेठ २५ गतेदेखि आसर ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने यसपटकको जनगणना कोभिड उच्च जोखिमका कारण स्थगन गरिएको थियो। हाल कोभिडको संक्रमण दर केही हदसम्म कम हुँदै गएपपछि तथ्यांक विभागले पुनः सञ्चालन गर्न लागेको हो।  

आधुनिक प्रविधिको प्रयोग काठमाडौं र विदेशिनेको हकमा मात्र

०७८ सालको जनगणना प्रविधिमैत्री बनाउने विभिन्न सरकारको पालनामा कुरा उठे पनि यसपटक भने काठमाडौंमा मात्र प्रविधिको प्रयोग गर्न सम्भव भएको विभागले जनाएको छ। यसपटकको गण्नामा विभागले काठमाडौं उपत्यकाको जनगणना गर्नका लागि करिब साढे दुई हजार ट्याब्लेट प्रयोग गरी गणना गर्ने तय गरेको छ। 

‘यसपटकको गणनामा हामीले काठमाडौंमा मात्र पहिलोपटक ट्याब्लेट प्रयोग गर्न सफल भयौं। विदेशिएका नेपाली र कूटनीतिक निण्योगमा कार्यरत नेपालीको गणना प्रविधिको प्रयोग गरी अनलाइनबाटै हुन्छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘नेपालभरि गणना गर्न ५० हजारभन्दा बढी ट्याब्लेट प्रयोग हुने रहेछ। जुन हाम्रो स्रोत र साधनले सम्भव छैन।’  

प्राविधिक र व्यावसायिक शिक्षा, जन्मदर्ता, पूर्खाको भाषाको सूचना समेटिने  

अक्सर वसोवासको आधारमा गरिने गणनामा यसपटक देशको बदलिँदो परिस्थितिअनुसार थप १२ नयाँ समेटेर कुल ८० प्रश्न सोधिने तय भएको छ। यसपटक जनगणनाले परिवारका सदस्यले हासिल गरेको प्राविधिक र व्यावसायिक शिक्षाको सूचना, पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता, भाषाको सन्दर्भमा यसपटक पूर्खाको भाषाबारे समेत सूचना संकलन गरिने छ। 

‘विगतका गणनाले मातृ भाषा र दोस्रो भाषाबारे मात्र सूचना संकलन गर्ने गरेको थियो,’ महानिर्देशक श्रेष्ठले नयाँ प्रश्नबारे बताए, ‘यसपटकको जनगणनाले इतिहासमै पहिलोपटक सामुदायिक प्रश्नावली तयार पारी सबै पालिकाको वडास्तरमै गएर आर्थिक, समाजक, धार्मिक र पूर्वाधार तथा जोखिमका सूचना, जाति समुदायको बाहुल्यता समेटेको छ।’ घरको प्रयोजनको लागि पहिलेभन्दा हाल फरक प्रश्न रहेको र यसपटक सिनेमा, उद्योग, रेस्टुरेन्ट, भूकम्पछि सरकारी अनुदानबाट घर निर्माणबारे सूचना संकलन हुने उनले बताए।  

यसका साथै हरेक परिवारमा बैंक वित्तीय खाता रहे नहरेको, महिला, पुरुषको तथ्यांकका साथै अन्यबारे पनि सूचना संकलन गर्नेछ। विगतमा नमुना छनोट गरी दुईखाले प्रश्न सोधिने परम्परा तोड्दै यसपटक ८० प्रश्नबाट ७० लाख परिवारको मुख्यतया जनसांख्यिक विवरण, जाति, भाषा, धर्म,वर्ग, लिंग तथा उमेर समूह, समाजक, आर्थिक तथा लैंगिक अवस्थाबारे विस्तृत सूचना प्राप्त गर्नु नै जनगणनाको मुख्य लक्ष्य रहेको विभागका सचिव केवलप्रसाद भण्डारीले बताए।

विश्वका धेरै देशमा जनगणना १०–१० वर्षमा गरिने चलनअनुसार नेपालमा पनि १०–१० वर्षकै अन्तरालमा हुँदै आएको छ। कोभिडकै कारण हाल ८७ देशमा गणना रोकिएको जनाउँदै नेपालले पुनः सञ्चालन गर्न लागेको छ। प्रत्येक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणना नेपालमा पहिलोपटक विसं १९६८मा चन्द्रशमशेर प्रधानमन्त्री भएको बखत भएको थियो। अगामी जनगणना १२औं शृंखला हुने छ।  

‘गणकलाई छिट्टै खोप लगाएर स्थलगत रूपमा पठाइने हो,’ सचिव भण्डारीले भने, ‘मास्क, स्यानिटाइजर र समाजक दुरी कायम गरी गणना हुन्छ। विदेशमा रहेका विद्यार्थी र श्रमिकलाईसमेत प्रविधिकै प्रयोग गरी समेटिने छ।’ उनले जनगणना सफलताकासाथ सम्पन्न गर्न विभिन्न तहका गरी कुल एक हजार सात सय ११ प्रशिक्षक तयार पािरएको र जिल्लाबाट आठ हजार पाँच सय सुपरीवेक्षकको भर्ना गरी पाँच दिनको तालिम दिएको जनाए।
अर्को समाचार
कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग
२० असोज २०७८
•
१ मिनेट पाठ
कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग
अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ।  




अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे।  

विज्ञप्तिमा भनिएको छ, 'जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिक्षक पठाउन जोडदार माग गर्दछौं।'१२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ। 
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस