एमसिसीले सत्ता गठबन्धनमा ध्रुवीकरण
२३ भदौ २०७८
•
४ मिनेट पाठ
एमसिसीले सत्ता गठबन्धनमा ध्रुवीकरण
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा सहभागी दलहरूबीच ध्रुवीकरण सुरु भएको छ। सरकारले एमसिसीबारे उठेका प्रश्नमा स्पष्ट पार्न संस्थाको मुख्यालयलाई यही भदौ १८ मा पत्र पठाएको थियो। यो पत्रसँगै सरकार एमसिसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गराउने बाटोमा अघि बढेको छ। यही विषयलाई लिएर सत्ता गठबन्धनका सदस्य दलबीच ध्रुवीकरण सुरु भएको हो।  




प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसिसी संसद्बाट अनुमोदन गर्ने उद्देश्यका साथ गृह मन्त्रालयलाई सुरक्षाको तयारी थाल्न निर्देशन दिइसकेका छन्। उनले मंगलबार संसदीय दलको बैठक राखेर एमसिसी देशको हितमा रहेको र विरोधीहरूको भ्रम चिर्न निर्देशन दिएका छन्। तर सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले एमसिसी पास हुन नसक्ने धारणा राखेका छन्। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का भ्रातृ संगठनहरूले पनि एमसिसीको विरोधमा आन्दोलन गरिरहेका छन्।  

माओवादी केन्द्रका अध्यक्ष दाहालले मंगलबार वाइसिएल केन्द्रीय समितिको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै सरकारले एमसिसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई पठाएको कूटनीतिक नोटको सकारात्मक जवाफ नआए त्यो सम्झौता पारित नहुने बताए।

‘सरकारले पठाएको कूटनीतिक नोटमा अमेरिका सकारात्मक नभए एमसिसी पास हुँदैन। सकारात्मक जवाफ नआए एमसिसी पास हुने कुरा हुँदैन,’ उनले भने। माओवादी केन्द्रका अधिकांश केन्द्रीय नेताले यसको विरोध गरिरहेको र जनवर्गीय संगठनहरूले पनि विरोधका कार्यक्रम सार्वजनिक गरेका बेला दाहालको यस्तो धारणा आएको हो।  

सरकारले एमसिसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर प्रस्ट पार्न पत्र पठाएको थियो। स्पष्ट जवाफ आएपछि एमसिसी सम्झौता अगाडि बढाउने तयारीमा सरकार छ। सरकार संसद्बाट एमसिसी अनुमोदन गर्ने तयारीमा लागेपछि एमाले उपाध्यक्ष भीम रावलले चर्काे विरोध गरेका छन्। २०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिका भ्रमणका क्रममा एमसिसी परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। अहिले त्यही परियोजनालाई देउवा सरकारले संसद्बाट अनुमोदन गर्ने तयारी गरेको हो।  

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अमेरिकी सरकारले एमसिसी सम्झौतालाई लिएर उठेका प्रश्नलाई स्पष्ट पारेपछि मात्रै प्रक्रिया अघि बढाउँदा राम्रो हुने केही दिनअघि आयोजित एक कार्यक्रममा बताएका थिए। ‘पब्लिकमा उठेका विषयबारे क्लेरिफिकेसनका लागि सरकारले पहल गरिरहेको छ। स्पष्ट क्लेरिफिकेसन आएपछि यसले पनि एउटा ल्यान्डिङ गर्छ भन्ने मलाई लाग्छ’, डा. महतले भदौ १९ मा आयोजित एक कार्यक्रममा भनेका थिए। 

तर प्रधानमन्त्री देउवाले मंगलबार कांग्रेस संसदीय दलको बैठकमा एमसिसी पास गर्ने आशयसहितको भनाइ राखे। नेकपा (एकीकृत समाजवादी) प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफ्नो पार्टी परिमार्जनसहित एमसिसी पारित हुनुपर्ने पक्षमा रहेको बताए। उनले यसअघि झलनाथ खनाल नेतृत्वको कार्यदलले सरकारलाई दिएका सुझाव कार्यान्वयनपछि मात्रै एमसिसी पास गर्नुपर्ने बताए। ‘नेकपा हुँदा नै झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएका सुझावका आधारमा एमसिसी संशोधन भएमात्र स्वीकार गर्न सकिन्छ नत्र स्वीकार गर्न सकिँदैन’, खतिवडाले भने।

पहिलो एमसिसीको विरोधमा रहेका माओवादी केन्द्रका नेताहरू अहिले अलमलमा देखिन्छन्। नेकपा छँदा नेताहरू देव गुरुङ, पम्फा भुसाल, जनार्दन शर्मा, लीलामणि पोखरेल एमसिसीको विरोधमा थिए। एमाले नेता रावल र एमाले छाडेर नेकपा एसमा गएका वेदुराम भुसाल पनि एमसिसीको विरोधमा थिए। अहिले माओवादी केन्द्रबाट ऊर्जामन्त्री बनेकी पम्फा, नेता पोखरेल र गुरुङ भने यस विषयमा मौन छन्। सत्ता गठबन्धनलाई समर्थन गरिरहेको र सत्तामा जान खोजिरहेको नेकपा एस निकटको विद्यार्थी संगठन एमसिसीको विरोधमा उत्रिएको छ। नेकपा एसको जनवर्गीय संगठनका तर्फबाट सुदेश पराजुलीले कुनै पनि हालतमा एमसिसी पास हुन नदिने बताएका छन्।  

एमसिसीविरुद्ध विभिन्न दलले आफ्नो अनुकूलमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन्। सामाजिक सञ्लालमा पनि एमसिसीको विरोध भैरहेको छ। अमेरिकी दूतावासअघि एमसिसीविरुद्ध प्रदर्शन भएपछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर त्यसो नगर्न चेतावनी दिएको थियो। सरकारसँग छलफलका लागि एमसिसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन्। 

सरकारले बुधबार सुरु हुनेगरी संसद् अधिवेशन पनि बोलाएको छ। सुमारको सुरक्षालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा बस्न भनेको छ। सत्ता साझेदार दलका जनवर्गीय संगठनहरू एमसिसीको विरोधमा उत्रेपछि शीर्ष नेताहरू आन्दोलनलाई मत्थर गराउने प्रयासमा छन्।  

एमसिसी सम्झौता संसद्बाट अनुमोदन भए नेपालले ५० करोड अमेरिकी डलर (करिब ५५ अर्ब रूपैयाँ) सहायता प्राप्त गर्नेछ। पाँच वर्षको अवधिमा लप्सीफेदी–बुटवल–गोरखपुर हाइभोल्टेज प्रसारण लाइन विस्तार गर्न यो अनुदान प्राप्त हुनेछ, जसमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर थप्नुपर्नेछ। तीन सय १५ किलोमिटर लामो उक्त प्रसारण लाइनको क्षमता ४०० केभिएको हुनेछ। त्यस्तै, दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म पूर्व पश्चिम राजमार्ग स्तरोन्नति (मुख्य काम कालोपत्रे) गर्न पनि एमसिसी परियोजनाको रकम खर्च हुनेछ।
अर्को समाचार
सन्धिहरूको संसदीय अनुमोदन
०४ माघ २०७८
•
८ मिनेट पाठ
सन्धिहरूको संसदीय अनुमोदन
नेपालका तत्कालीन अर्थमन्त्री र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नामक एक अमेरिकी संस्थाका कायममुकायम कार्यकारी प्रमुखद्वयबाट ५० करोड अमेरिकी डलर नेपाललाई अनुदान दिइने सम्झौतामा २०१७ सेप्टेम्बरमा दस्तखत भएको थियो (एक अमेरिकी दातृसंस्थाका कायममुकायम कार्यकारी प्रमुखले दस्तखत गरेको सम्झौतामा नेपालका मन्त्रीबाट समकक्षतामा तल झरेर किन दस्तखत गरे भन्ने प्रश्न अनुत्तरित छ)। उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्छ भनिनाले संसदीय अनुमोदनबारे सर्वत्र चासो बढेको छ र यही कारण एमसिसी सम्झौता थप विवादास्पद बनेको छ।




संवैधानिक व्यवस्था

नेपालको संविधानको धारा २७९ को उपधारा (१) मा नेपाल पक्ष रहेको सन्धि, सम्झौता संसद्ले अनुमोदन, सम्मिलन, स्वीकृत वा समर्थन संघीय कानुनबमोजिम हुने व्यवस्था छ। (२) मा निम्न विषयमा गरिएका सन्धि, सम्झौता संघीय संसद्का दुवै सदनमा तत्काल कायम सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतले अनुमोदन, सम्मिलन, स्वीकृत वा समर्थन गर्नुपर्ने सर्त छः  (क)शान्ति र मैत्री, (ख)सुरक्षा एवं सामरिक सम्बन्ध, (ग)नेपाल राज्यको सिमाना र (घ) प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँट।

तर राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर नपर्ने साधारण प्रकृतिका सन्धि वा सम्झौता प्रतिनिधिसभाको बैठकमा उपस्थित सदस्यको साधारण बहुमतबाट गर्न सकिन्छ। संघीय कानुनबमोजिम हुने भनिएको छ तर कानुन बनाइएको छैन। त्यस्तै कस्ता सन्धि, सम्झौताले राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर पर्छ र कस्तालाई सामान्य प्रकृतिका मानिने भन्नेबारे पनि कानुनले तोकेको छैन।

उपधारा (२) मा उल्लिखित ४ विषयबाहेकका अन्यमा भएका सन्धि सम्झौता संसद्बाट अनुमोदन, सम्मिलन, स्वीकृत वा समर्थन गर्नुपर्दैन। यसअनुसार सरकारले गरेका सन्धि सम्झौताले राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर पर्ने भए पनि संविधानतः संसदीय अनुमोदन आवश्यक छैन।

इतिहास

भारत सरकाले गरेको कुनै पनि सन्धि सम्झौता भारतीय संसद्ले अनुमोदन गर्नुपर्दैन र भारत सरकारलाई नै प्राधिकार छ। पञ्चायती व्यवस्थामा देशको सार्वभौमसत्ता राजामा निहित रहने र कार्यकारिणी, व्यवस्थापिका र न्यायसम्बन्धी सबै अधिकार राजाबाट निसृत हुने हुनाले २०१९ सालको संविधान लागु रहँदासम्म तत्कालीन सरकारले दस्तखत गरेका सन्धिहरूको संसदीय अनुमोदन गरिँदैनथ्यो।

त्यसअघि पनि अनुमोदन गर्न पर्दैनथ्यो। २०४७ सालको संविधानमा सरकारले गर्ने केही विषयका सन्धि सम्झौता सम्बन्धमा सरकारमाथि अङ्कुश लगाउन धारा १२६ मा संसदीय अनुमोदनको प्रावधान राखियो। २०७२ को संविधानको धारा २७९ मा त्यसैलाई अक्षरशः राखियो। २०५२ सालमा नेपाल–भारतबीच सम्पन्न महाकाली सन्धि २०५३ साल (सन् १९९६) मा संसद्बाट दुईतिहाइ बहुमतबाट अनुमोदन गरियो।

त्यस क्रममा ४ बुँदे संकल्प प्रस्ताव पनि पारित गरिएको थियोः १) महाकाली मूलभूतरूपमा सीमा नदी हो (तर सन्धिमा अधिकांश भागमात्र सीमा नदी हो भनिएको)। २) सिङ्गोे महाकाली नदीको पानीमा नेपाल र भारतको बराबर हक लाग्छ (तर सन्धिको धारा ३ मा विद्यमान उपभोग्य उपयोगबाहेक नेपाल र भारतको बराबर हक लाग्छ भनिएको)। ३)पञ्चेश्वर आयोजनाबाट उत्पादित बिजुलीको मूल्य निर्धारण गर्दा ‘विस्थापित मूल्य’ सिद्धान्तको आधारमा गरिनुपर्छ (तर सन्धिको धारा ३ को उपधारा ४ मा मूल्य पछि पारस्परिक सहमतिबाट निर्धारण गरिनेछ भनिएको) र ४) महाकाली नदी आयोगमा नेपालको तर्फबाट समावेश हुने प्रतिनिधिहरू नेपाल सरकारद्वारा प्रमुख विपक्षीलगायत राष्ट्रिय मान्यता प्राप्त दलहरूको सहमतिमा तोकिनुपर्ने (सन्धिले नेपाल सरकारको तजबिजमा छाडेको)।

संसद् रबरको छाप होइन

महाकाली सन्धि अनुमोदन गर्दा माथि उल्लिखित संकल्प प्रस्ताव पारित गरिएबाट प्रष्ट हुन्छ कि संसद् सरकारले प्रस्तुत गरेको सन्धि, सम्झौता यथावत पारित गर्ने रबरको छाप होइन। ऐन निर्माणका क्रममा पनि सरकारले प्रस्तुत गरेका विधेयकसमेत संसद्ले यथावत पारित नगर्न सक्छ। संसद् तथा संसदीय समितिहरूमा व्यापक छलफल गरिन्छ र सांसदहरूले संशोधन प्रस्ताव गर्छन्।

कतिपय विधेयक संशोधन गरेर ऐन जारी गरिन्छ। सांसदहरूले महाकाली सन्धि संसद्बाट दुईतिहाइ बहुमतले पारित गर्दा पूर्णतः बुद्धि/विवेक प्रयोग गरेर संकल्प प्रस्तावसहित अनुमादन गरेका छन् र संसद् भनेको फगत रबरको छापमात्र नभएको सिद्ध गरेका छन्। संविधानमा संसदीय अनुमोदन व्यवस्था भएपछि नेपाल सरकारले धेरै सन्धि सम्झौता गरेको छ तर ती कुनै पनि संसद्बाट अनुमोदन गरिएका छैनन्। सरकाले गरेका केही सन्धिः

दोहोरो कर नलाग्ने सम्झौताः यो सम्झौता नर्वे, थाइल्यान्ड, श्रीलंका, अस्ट्रिया, चीन, पाकिस्तान, दक्षिण कोरिया, कतार, भारत, मरिसस र बंगलादेशसमेत ११ देशसँग भएका छन्। अधिकांश सम्झौतामा अन्त्य हुने तिथि नतोकिएकाले दीर्घकालीन प्रकृतिका छन्।  

लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौताः सन् २०११ अक्टोबरमा नेपालमा व्यापक विरोध भए पनि भारतसँग द्विराष्ट्रिय लगानी प्रवद्र्धन तथा सुरक्षा (बिप्पा) सम्झौता गरिएको थियो। यस अतिरिक्त संयुक्त अधिराज्य, फिनल्यान्ड, जर्मनी, फ्रान्स, कतार र मरिसससमेतका देशसँग यी सम्झौता भएका छन्।  

व्यापार तथा पारवहन सम्झौताः भारतसँगको पारबहन सम्झौता म्याद सन् १९८९ मार्चमा सकिएपछि नवीकरण नगरिँदा भारतले १६ महिना नेपालमाथि नाकाबन्दी (तेस्रो) गरेको थियो। यसबाट यो सम्झौता कति व्यापक र गम्भीर महत्वको हो भन्ने प्रष्टिन्छ। हाल प्रचलनमा रहेको पारबहन सम्झौता सन् १९९९ मा ७ वर्षका लागि गरिएकामा ७/७ वर्षमा स्वतः नवीकरण हुँदै सन् २०२० मा पुनः नवीकरण गरियो। यस अतिरिक्त अमेरिका, बेलायत, चीनलगायत १६ देशसँग यस्तो सम्झौता भएका छन्। यी कुनै पनि संसद्बाट अनुमोदन गरिएका छैनन्।

जलस्रोतसम्बन्धी सन्धि/सम्झौता

सन् १९९१ मा भएको टनकपुर सम्झौतामा विवाद हुँदा सर्वोच्च अदालतले सन् १९९२ मा संवैधानिक व्यवस्थाअनुसार संसद्बाट अनुमोदन वा समर्थन गराइनुपर्छ भनेर फैसला गरेकामा सरकारले उक्त सम्झौता संसद्मा अनुमोदन वा समर्थनका लागि प्रस्तुत नै गरेन। त्यसपछि टनकपुरसम्बन्धी सम्झौतामा भएका प्रावधानहरूसमेत समावेश गरेर महाकाली सन्धि गरेको थियो।

सन् १९९७ मा भारतसँग भएको ऊर्जा व्यापार सम्झौताको धारा ८ अनुसार संसद्बाट अनुमोदन गरिनुपर्ने थियो तर यस्तो प्रयासै गरिएन। सन् २०१४ मा भारतसँग अर्को ऊर्जा व्यापार सम्झौता गरियो। यसलाई पनि संसद्बाट अनुमोदन गराइएन। जबकि ऊर्जा उत्पादन भनेको प्राकृतिक स्रोत (जलस्रोत) को उपयोग हो भने यसको व्यापार गर्नु भनेको यसको उपयोगको बाँडफाँट हो र यस विषयका सन्धि सम्झौता अनुमोदन गर्नैपर्ने व्यवस्था संविधानको धारा २७९ को उपधारा (२) को खण्ड (घ) ले गरेको छ।

त्यस्तै पश्चिम सेती, अरूण तेस्रो, माथिल्लो कर्णाली, माथिल्लो मस्र्यांगदी आदि जलविद्युत् आयोजना निकासीमूलक हुने गरेर विदेशी निजी क्षेत्रसँग सम्झौता गरिए तर संसद्बाट अनुमोदन गराइएन। यी आयोजनाका लागि भारत सरकारसँग सम्झौता गरिएको भए सर्वोच्च अदालतबाट टनकपुर मुद्दामा सन् १९९२ मा प्रतिपादित नजिर लागु हुन्थ्यो र संसदीय अनुमोदन अनिवार्य हुन्थ्यो। नेपाल मामिलाका जानकर मानिएका भारतीय प्राध्यापक सुकदेव मुनीले संसदीय अनुमोदन प्रक्रिया छल्नकै लागि निजी क्षेत्रलाई नेपालको जलस्रोत क्षेत्रमा संलग्न गराएको स्वीकारेका छन्।

वैदेशिक सहायता

नेपालले विभिन्न देश र दातृनिकायबाट खरबौँ रूपैयाँ अनुदान लिएको छ। तर कुनै अनुदान सम्झौता संसद्बाट अनुमोदन गरिएको छैन। गत आर्थिक वर्षमात्र १ अर्ब ७५ करोड ६० लाख अमेरिकी डलर वैदेशिक सहायता प्राप्त भएको थियो।

यस्तै नेपालको वैदेशिक ऋण ८ खरब ५ अर्ब पुगेको आँकडा छ। यसरी विभिन्न विदेशी संस्थाबाट ऋण लिन पटक पटक भएका सम्झौता पनि संसद्बाट अनुमोदन गरिएका थिएनन्। एमसिसीबाट वार्षिक १२ अर्ब ‘सित्तैँ’ पाइने भनिएको अनुदान लिन संसद्बाट अनुमोदन गरिनुपर्ने भए आगामी पुस्ताले समेत बोझ बोक्नुपर्र्नेे दीर्घकालीन असर हुने गरेर ऋण लिँदा भने संसद्बाट अनुमोदन गर्नु नपर्ने भाष्य हाँस्यास्पद हो।

एमसिसीको संसदीय अनुमोदन

संसदीय अनुमोदन सम्बन्धमा संविधाको धारा २७९ ले किटानी व्यवस्था गरेको (माथि उल्लिखित) सन्धि सम्झौता मात्र संसद्बाट अनुमोदन गरिनुपर्छ। त्यसैले अन्य सम्झौताको संसदीय अनुमोदन आवश्यक छैन। दीर्घकालीन असर हुने प्रकृतिका माथि उल्लिखित विभिन्न सन्धि संसद्बाट अनुमोदन गराइएन।

जलस्रोतसम्बन्धी सम्झौतासमेत निजी क्षेत्रसँग गरिएको भनेर संसदीय अनुमोदन गराइएन। एमसिसी सम्झौतामा अर्धविराम, पूर्णविरामसमेत परिवर्तन हुन नसक्ने त्यसका पदाधिकारीको अडान छ। यस्तोमा संसद्ले यथावत अनुमोदन गर्नु भनेको संसद्लाई रबरको छाप बनाउनु हो।

फेरि एमसिसी संसद्बाट अनुमोदन गरिए नजीर कायम हुन गएर सबै वैदेशिक दातृनिकायले आआफ्ना अनुदान सम्झौता नेपालको संसद्बाट अनुमोदन गरिनुपर्छ भन्ने माग गर्न सक्छन् र संसदको काम नै यस्ता सम्झौता अनुमोदनका नाममा रबर छाप लगाएर बस्नमा सीमित हुनेछ। दातृनिकायले यस्तो माग राखे भने संसद्ले अनुमोदन नगरेसम्म अनुदानको रकम निकासा नभएर देशमा गम्भीर आर्थिक संकट सिर्जना हुन्छ। किनभने नेपालको बजेटको ठूलो हिस्सा वैदेशिक अनुदानबाट पूर्ति हुन्छ।

सावैभौमिकता

सार्वभौमिकताका धेरै आधारमध्ये राजनीतिक सार्वभौमिकता, भौगोलिक सार्वभौमिकता र आर्थिक सार्वभौमिकता मुख्य हुन्। यहाँ राजनीतिक सार्वभौमिकता सान्दर्भिक छ। नेपालको संविधानको धारा २ मा ‘नेपालको सार्वभौमिकता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ’ भनिएको छ र नेपाली जनतामा निहित रहेको सार्वभौमिकता र राजकीय सत्ता नेपाली जनताले मतदान गरेर निर्वाचित संसद्मा प्रतिबिम्बित हुन्छ।

अनि केही अर्ब रूपैयाँ अनुदान लिन संसद्लाई रबरको छाप बनाएर सम्झौता अनुमोदन गराइँदा संसद्मा निहित सार्वभौमिकतामा आँच आउँछ र संसद्को मानमर्दन हुन्छ। साथै संविधानतः सरकारलाई स्वीकृत गर्ने प्राधिकार दिएको विषयमा संसद्ले अनुमोदन गर्दा त्यो प्राधिकार संसद्लाई फिर्ता जान्छ र त्यो हदसम्म संविधान नै वस्तुतः संशोधन हुन जान्छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस